“मन्त्रालयको भन्दा सरकारको सफलतामा ध्यान दिएको छु ।” मन्त्री दीपेन्द्र कुमार पुनमगर


मानसिंह विश्वकर्मा
चैत्र २७ गते

This image has an empty alt attribute; its file name is sijal.jpg


लुम्बिनी प्रदेश सरकारका विना विभागिय मन्त्री तथा सरकारका प्रवक्ता दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले आफूलाई मन्त्रालयको भागबण्डामा भन्दा पनि जोखबहादुर महराको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउने लागि ध्यान दिएको बताउनुभएको छ ।
यस्तो कुरा मन्त्री पुनले बधाई ज्ञापन गर्न आउनु हुने कार्यकर्ता तथा शुभ चिन्तकहरुका माझमा देउखुरीमा बताउनुएको हो । उहाँलाई कार्यकर्ता तथा शुभ चिन्तकहरुले सोधिएको प्रश्नको जवाफमा भन्नुभयो ः–“मलाई कुन मन्त्रालय पर्दछ भनेर चिन्ता नलिनु बरु मैले जति सकिन्छ हाम्रो पार्टीको नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा रहेको सरकारलाई सफल बनाउने जिम्मेवारी छ, मुख्यमन्त्री जोखबहादुर महरालाई सहयोग गर्दछु । हाम्रो पार्टी र मुख्यमन्त्री सफल भएसी हामी त्यसै सफल भई हाल्छौँ त्यता तिर लाग्नेछु ।”
उहाँले सरकारलाई सफल बनाउनको लागि सरकारमा सहभागी सबै दलहरुको बैठक बसेर मन्त्रालयहरुको बाडफाड गरिने र सबैले तिव्र गतिका साथ काम अगाडि बढाउने समेत बताउनुभयो । उहाँले मन्त्रालयहरुको बाडफाड पनि सबै दलहरुको सहभागीतामा नै गरिनेछ । उहाँले सरकारले गरेका गतिविधिहरुलाई पनि सञ्चार मैत्री बनाएर लग्नुपर्ने बताउनुभयो ।

You may also like