सुनिलस्मृति १ घोडागाउँमा कृषि अनुगमन सिचाईको अभाव रहेको किसानहरुको गुनासो

 

रोल्पा समाचार
चैत्र २  गते रोल्पा

 

       किसानहरुको बारी अनुगमन गर्दै ना.प्र.स. हिमा गरुङ

 

सुनिल स्मृति गाउँपालिका वडा नं. १ मा कृषि क्षेत्रको अनुगमन भएको छ । सो सो अनुगमनको क्रममा अनुगमन टोलीले सिंचाई अभावका बावजुत पनि कृषकहरुले उत्पादन गर्नका लागि महेनत गरेको बताउनुभयो ।


अनुगमनको क्रममा सुनिल स्मृति गाउँपालिका कृषि शाखाका ना.प्र.स. हिमा गुरुङको नेतृत्वमा गरिएको अनुगमनको क्रममा सुनिल स्मृति गाउँपालिका १ घोडागाउँको विभिन्न टोलहरुमा पुगेर अनुगमन गरिएको थियो ।अनुगमनको क्रममा किसानहरुको तोरी, प्लाष्टिक टनेलभित्र बेमौसमी तरकारी लगायतले बारी हरियाली बनाउँदै जीवीकोपार्जन र आय आर्जन गरिरहेको टोली प्रमुख हिमा गुरुङले बताउनुभयो । उहाँले तरकारी खेतीका लागि सिंचाईको अभाव रहेको र सिचाईबाट किसानहरुका बारी सिचाईयुक्त बनाउन सकेपछि अझै उत्पादनमा बृद्धि र किसानहरुको आयआर्जनमा बृद्धि गर्न सकिने बताउनुभयो ।


यसैगरी अनुमगनमा किसान अम्मरबहादुर खत्रीले सिचाई अभावका कारणले आफूहरुले सोचे जसरी काम गर्न नसकेको बताउनुभयो । उहाँले सरकारले सिचाई लिइ दिएपछि सहज रुपमा कृषि पेशाबाट आम्दानी गर्न सकिने बताउनुभयो । यस्तैगरी कृषक मानबहादुर खत्रीले पनि आफ्नो रोजाईको पेशा कृषि भएको बताउँदै किसान पेशालाई अगाडि बढाउनको लागि सिचाई अभाव रहेकोमा गुनासो व्यक्त गर्नुभयो ।
घोडागाउँमा उत्पादनका लागि माटो उर्वर भएपनि उर्वर भूमिसँगै सिचाईयुक्त भएमा किसानहरुलाई सहज हुन्थ्यो होला । त्यसैले किसान पेशामा लाग्नका लागि मुख्य आधार भनेको सिचाई नै हो । त्यसैले सिंचाईयुक्त बनाउनको लागि स्थानीयतहले ध्यान दिनुपर्दछ । सरकारले पनि हरेक किसानलाई उत्पादनको लागि उर्वर जमिन र सिचाईको व्यवस्था गरेपछि मात्रै देश समृद्धि बन्दछ । सरोकारवाला निकाय त्यस तर्फ लाग्ने की ?

You may also like