विश्व एड्स दिवस रोल्पामा पनि सम्पन्न

विश्व एड्स दिवस रोल्पामा पनि सम्पन्न
मङ्सिर १६ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is h-1024x768.jpg

“सबैको संयुक्त प्रयासले एच.आई.भि. नियन्त्रण र रोकथामका लागि अग्रसर बनौं”भन्ने मुल नारा सहित विश्व एड्स दिवस रोल्पामा आज सम्पन्न भएको छ ।
यस जिल्लामा संक्रमित सख्या ५५ जना एच.आई.भि.को संख्यामध्ये ३९ जनाले ए.आर.टि. औषधी सेवन गरिरहेका छन् । उपचार गर्न छोड्नेको संख्या ९ रहेको छ । हालसम्म यस जिल्लामा जिल्लामा एच.आई.भि. कारण ६ जनाले ज्यान गुमाउनु परेको छ । पाचँ वर्षमुनिका एच.आई.भि. संक्रमित बालबालिकाको संख्या २ रहेका स्वास्य कार्यलयलले जानकारी दिएको छ । स्वास्थ्य कार्यलय रोल्पा कर्यालय प्रमुख अनिल केसीको अध्यक्षतमा सम्पन्न दिवसमा रोल्पा अस्पताल रेउघाकी प्रमुख डाक्टर धनमाया घर्ती, डाक्टर प्रकाश बुढा, पत्रकार दिनेश सुवेदी सहित स्वास्थ्यकर्मीहरु सहभागि रहेको अस्पतालको सूचना अधिकारी सिनियर अहेब कुल बहादुर डाँगीले बताउनुभयो ।

You may also like