रोल्पा समाचार साप्ताहिकको आर्थिक वर्ष २०७७÷०७८ को समीक्षात्मक बैठक


रोल्पा समाचारदाता
साउन ५ गते

This image has an empty alt attribute; its file name is rolpasamachar-.jpg

रोल्पा समाचार साप्ताहिकको बैठक तथा आर्थिक वर्ष २०७७÷७८ को समीक्षा कार्यक्रम मंगलबार रोल्पा समाचार साप्ताहिकको भवन लिबाङमा सम्पन्न भएको छ । बैठकले रोल्पा समाचार साप्ताहिकको सबै विभागहरु सक्रियमा काम गरिरहेको निष्कर्ष निकालिएको छ । साथै आर्थिक वर्ष २०७७÷०७८ समाचार प्रकाशन एवं व्यापार सेवा कोरोनाको बीचबाट भए पनि सेवा दिईएको समीक्षात्मक गरिएको थियो ।
बैठकमा रोल्पा समाचार साप्ताहिकका प्रकाशक एवं सम्पादक मानसिंह विश्वकर्माले रोल्पा समाचार सबै कार्यरत सदस्यहको सक्रियता एवं सहकार्यताले गर्दा उत्साहवर्दक रुपमा काम सञ्चालन भइरहेको बताउँदै आगामी दिनमा अझै त्यसलाई विकास एवं विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयोः–“रोल्पा समाचार साप्ताहिक एवं अफसेट प्रेस सबैको सहयोग तथा सदभावले गर्दा गर्दा विकास र विस्तार भएको छ । त्यसलाई बचाउनका लागि फेरी सबै लागी पर्नु पर्नेछ । सबैलाई धन्यवाद ब्यक्त व्यक्त गर्दछु । ”
रोल्पा समाचार साप्ताहिकको समाचार सेवा, व्यापार सेवा, अफसेट
सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउनको लागि सबैले अझै फेरी नयाँ ढंगले अगाडि बढ्नका लगि आग्रह गर्नुभयो । रोल्पा समाचार साप्ताहिकको लिबाङ, शाखा कार्यालय सुलिचौर लिबाङको रिपोटिङ गर्नुभएको थियो । सामाचारको तर्फबाट उपसम्पादक रेशम विश्वकर्मा, व्यापारको तर्फबाट खुविना सुनारी र अस्मिता बुढामगर, सुलिचौरको शाखा कार्यालयबाट शाखा प्रमुख रेनुका बुथाथोकी, सुलिचौर शाखाका समाचार प्रमुख चन्द्र रोकामगर, प्रेस अप्रेटर अमित बुढामगर लगायतले रिपोटिङ गरेका थिए ।
बैठकले रोल्पा समाचारका सबै क्षेत्र तथा सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, रोल्पा समाचारको टोलीको भ्रमण तथा तालिम व्यवस्थापन गर्ने लगायतको निर्णय गरेको छ । प्रकाशक एवं सम्पादक मानसिंह विश्वकर्माको अध्यक्षतामा बसेको बैठकको सञ्चालन उपसम्पादक रेशम विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।

You may also like