रोल्पा नगरपालिका ७ नं. वडा स्तरीय थुर्पा माडी युवा क्लव गठन

रोल्पा नगरपालिका ७ नं. वडा स्तरीय थुर्पा माडी युवा क्लव गठन
साउन २ गते ।

This image has an empty alt attribute; its file name is d1-1-576x1024.jpg


रोल्पा नगरपालिका ७ नंं. वडा स्तरीय युवाहरुको २ गते सम्पन्न भेलाबाट वडा स्तरीय थुर्पा माडी थुपा युवा क्लव गठन भएको छ ।
भेलाबाट क्वलको अध्यक्षमा सुजन घर्तीमगर, उपाध्यक्षहरु कितान घर्तीमगर र मन बहादुर बाठामगर, महासचिव दिनेश बुढामगर, सचिव चन्द्र प्रकाश घर्तीमगर, कोषाध्यक्ष चेतना पुनमगर, सदस्यहरु जीवन बुढामगर, गणेश पुनमगर, मिना कुमारी पुनमगर, खुम बहादुर घर्तीमगर, दिनेश बुढामगर, राममाया घर्तीमगर, विरेन्द्र बि.क, अस्मिता पुनमगर, भुवन बाठामगर चयन हुनुभएको छ । क्वलको पहिलो बैठकबाट रोल्पा नगरपालिका कार्यालयमा वडा स्तरीय थुर्पा माडी युवा क्लवलाई दर्ता गर्नका लागि अध्यक्ष सुजन घर्तीमगर, महासचिव दिनेश बुढामगर र कोषाध्यक्ष चेतना पुनमगरलाई जिम्मेवारी दिने निर्णय पारित गरेको क्लवका अध्यक्ष सुजन घर्तीमगरले जानकारी दिनुभयो । क्लवको सल्लाकारमा नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, रोल्पा नगरपालिका ७ नंं. वडा अध्यक्ष गणसिंङ पुन, लाल बहादुर घर्तीमगर, टंक बुढामगर, प्रकाश पुनमगर, कृष्णराज घर्तीमगर, पुर्ण वली, पुर्ण बहादुर बुढामगर, सोम बहादुर घर्तीमगर, नारायण प्रसालद बुढामगरलाई बैठकबाट चयन गरेको उहाँले बताउनुभयो । साथै पूर्व उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्तीमगर र लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनलाई क्लवको संरक्षक राख्ने निर्णय पारित गरेको क्लवका महासचिव दिनेश बुढामरले जानकारी दिनुभयो । भेलामा नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्लाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, रोल्पा नगरपालिका ७ नंं. वडा अध्यक्ष गणसिंङ पुनमगर, लाल बहादुर मगर लगायतको आतिथ्यता थियो । कार्यक्रम तदर्थ समितिको संयोजक प्रकाश पुनमगरको अध्यक्षतमा सम्पन्न भेलामा वडाभरिका युवाहरु लगायत सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

You may also like