शिक्षक, अभिभावक र विद्यार्थी बिच अन्तरक्रिया, महत्वपूर्ण निर्णयहरु पारित

शिक्षक, अभिभावक र विद्यार्थी बिच अन्तरक्रिया, महत्वपूर्ण निर्णयहरु पारित
माघ २७ गते
(पोबाङ,रोल्पा)

This image has an empty alt attribute; its file name is j6-1024x576.jpg


रोल्पा, सुनछहरी गाउँपालिका ५ नं. वडा जैमाकसला स्थित देवि मन्दिर माध्यमिक विद्यालयमा आज शिक्षक, अभिभावक र विद्यार्थी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यस अन्तरक्रियाले विभिन्न महत्वपूर्ण निर्णयहरु पारित भएका छन् ।
यस विद्यालयमा अध्यनरत कक्षा १०, ९ र ८ कक्षामा अध्ययनरत विद्यार्थी, शिक्षक र अभिभावक बिचको अन्त्रक्रिया कायक्रममा विद्यालय व्यवस्थापन समितिको तर्फबाट पुस्त बहादुर खत्री, अभिभावकहरुको तर्फबाट चन्द्रवीर विष्ट, पूर्व विद्यालय व्यवस्थापन समितिको तर्फबाट कम्भसिङ पुनमगर, समाज सेवी तथा बुद्धिजीवीको तर्फबाट कालुराम पुनमगर, सहभागीको तर्फबाट जुनिश कुमार विष्ट, शिक्षकहरु तर्फबाट धनलाल पुनमगर लगायतकाले धारणा व्यक्त गर्नुभएको थियो । विद्यार्थीलाई कोचिङ कक्षा सञ्चालन गर्ने, स्मार्त स्कुल एप्स सञ्चालन, छात्रावास सञ्चालन गर्ने, विद्यार्थी आचारसंहिता सम्बन्धि निर्णयहरु समेत पारित भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हिकलाल पुनको अध्यक्ष्तामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रधानाध्यापक विष्णु प्रसाद खनालले गर्नुभएको थियो भने स्वागत विद्यालय व्यवस्थापन समितिको सदस्य पुस्त बहादुर खत्रीले गर्नुभएको थियो ।

You may also like