जैमाकसला रोल्पामा जनजाति संस्कृति संरक्षण कार्यक्रम

जैमाकसला रोल्पामा जनजाति संस्कृति संरक्षण कार्यक्रम
जुनिश कुमार विष्ट

असार २३ गते, पोबाङ–रोल्पा ।।


नेपाल मगर संघ सुनछहरी गाउँपालिका–५ जैमाकसला रोल्पाले जनजाति संस्कृति संरक्षण कार्यक्रम सोमबार जैमकसलामा सम्पन्न भएको छ । यस कार्यक्रमले जनजातिको संस्कृति संरक्षणमा थप सहयोग पुग्ने भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि एवं सुनछहरी गाउँपालिकाका अध्यक्ष आश बहादुर पुन, विशिष्ट अतिथि नेपाल मगर संघ ५ नम्बर प्रदेश इन्चार्ज धन बहादुर पुन, सुनछहरी गाउँपालिका पशु सेवा शाखाका प्रमुख सुनबहादुर पुन, नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिति रोल्पाका अध्यक्ष उमेश पुन मगर, नमूना मा.वि, कसलाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष देबिलाल रोका मगर सहितको आतिथ्यता थियो । सुनछहरी गाउँपालिका–५ नं. वडाको आर्थिक वर्ष २०७६÷२०७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत “जनजाति संस्कृती संरक्षण शिर्षकमा विनियोजन रकम रु ८० हजार रुपैयाले मगर जनजातिको संस्कृति भित्रको मारुनी नाच एवं सराय नाचको लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु नेपाल मगर संघ सुनछहरी गाउँपालिका–५ नं. वडाले खरिद गरेको हो ।

कार्यक्रमकाे प्रमुख अतिथि एवं सुनछहरी गाउँपालिका राेल्पाकाे अध्यक्षा अाश बहादुर पुनले सकरात्मक कुराको थलानी भएकोले हरेक चुनौतिहरुको सामना गरेर यसलाई निरन्तरता दिन जोड दिनुभएको छ । कुनैपनी समुदाय एवं जातिको पहिचान संरक्षण गर्दा अन्य जातिको पहिचान र अस्तित्वको समेत ख्याल गर्न औल्याउनुभएको थियो । आगामी दिनमा अझै मगर जाती भित्रको अरु संस्कृति संरक्षणमा पनि मगर संघ लाग्नुपर्ने तर्क जोड व्यक्ताहरुले दिनुभयो । मगर संघले खरिद गरेको सम्पूर्ण सामाग्रीलाई सङग्राहलयमा राख्ने आयोजकले बताएको छ । तत्काल सम्भव नभए पनि त्यसको विकल्पको खोजिमा मगर संघ रहेको आयोजकको भनाई छ । सुनछहरी गाउँपालिका–५ नंं. वडा अध्यक्ष तिर्खबहादुर बुढाथोकिको अध्यक्षतामा भएको कार्यक्रमको नेपाल मगर संघ जैमाकसला रोल्पाको अध्यक्ष जंग मगरले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष सृजना घर्तीले गर्नुभएको थियो ।

You may also like