रोल्पा समाचारदाता
साउन १ रोल्पा

महिलाहरुको महान चाड हरीतालिका तिज पर्व आउँदै गरेको अवसरमा कोरोना कहरको विचमा पनि सर्जक एवं स्रष्टा तथा कलाकारहरु धमाधम बजारमा गीत लिइरहेका छन् । कोरोनाको कहरको बीचमा दर्शक एवं श्रोताहरुलाई गीत संगीत मनोरञ्जन प्रदान गर्नका लागि सर्जक एवं गायीका चन्दा आचार्यले पनि आफ्नो दोस्रो कोसेली ‘तिज आयो, मन रमायो” भन्ने बोलको गीत बजारमा लिनुभएको छ । आफ्नै पहलमा बजारमा लिनुभएको हो । यो तिज आयो मन रमायो वोलको गीतले श्रोताहरुको मन जित्न सफल भएको गायीका चन्दा आचार्यको भनाई छ । मन जितेकै कारणले श्रोताहरुले शेयर, लाईक कमेण्ट गरेर माया गरेको उहाँको भनाई छ ।
नेपालको पूर्वी क्षेत्रका कोशी, इलाम, पाथीभरा लगायतको धार्मिक तथा प्राकृतिक स्थलहरुको संरक्षण तथा प्रर्वद्धन गर्दै हिमाल पहाड र तपाईको संगमलाई यस गीतमा कलात्मक ढंगले जोडिएको छ । साथै समाजमा बढ्दै गइरहेको बेमेल, विभेद, टुटफुट विरुद्धमा एकता, सहकार्य, सहमतिलाई यस गीतमा जोड दिइएको छ । सबै नेपाली महिलाहरुको एकताले महिलाहरुको हक एवं मुक्तिको बाटो देखाउन सकिने समेत यस गीतमा उल्लेख गरिएको छ ।
यस गीतमा पारिवारिक मिलन र तिज पर्वले आम महिलाहरुलाई गोलबन्द गरेको सन्देश प्रवाह गरेको छ । आम नारी दिदीबहिनीहरुमा धार्मिक सहिष्णुता र तीज पर्वलाई पनि आमूल परिवर्तनका हिसावले बुझेर अगाडि बढ्नु पर्ने बताउनुभयो । गायीका चन्दा आचार्यको आफ्नै शब्द तथा गौरव दर्पणको संगीत तथा निर्देशक रहेको यस गीतमा सबै महिलाहरु गोलबन्द गरेर दर्शकहरु एवं श्रोताहरुले मन जितिरहेको यसबाट आफूलाई अगाडि बढ्न अझै प्रेरणा मिलनेको गायिक चन्दा आचार्यले बताउनुभयो ।

काठमाण्डौैको सुर संगीत रेकर्डिङ स्टुुडियो रेकर्ड गरिएको यस भिडियोलाई मित्र लामाले रेकर्डिङ एवं मिक्सिङ गर्नुभएको छ । राष्ट्रिय स्तरमा ख्याती प्राप्त अञ्जली अधिकारी, रश्मी भट्ट लगायतका कलाकारहरुले अभिनय गरेको यो भिडियो ओ.एस.आर. डिजिटल युटुव च्यानलबाट सार्वजनिक गरिएको थियो । आफ्नो दोस्रो कोेसेलीका रुपमा रहेको यस ‘तिज आयो मन रमायो’ बोलकोे गीत लोकप्रियता पाउने कलाकार चन्दा आचार्यले आशा रहेको छ । साथै उहाँले कलाकारीता पेशा दर्शक, श्रोताहरुको मायाले फस्ताउने पेशा भएकोले गर्दा शेयर, लाईक र हेरेर साथ दिनका लागि समेत अनुरोध गर्नुभएको छ । कलाकार चन्दा आचार्यले यस भन्दा अगाडि तिजको अवसरमै ‘तम्रा मायाले’ बोलको गीत बोलको गीत बजारमा लिएपछि त्यसबाट पनि राम्रै मायाँ पाएकोले यस पटकको यस गीत पनि सबैको साथ र सहयोग पाउने र आगामी दिनमा अझै कलाकारीता पेशालाई अगाडि बढाउने योजनामा रहेको बताउनुभयो ।
नेपाली महिलाहरुको एउटा ऐतिहासिक पर्वतिज पर्व नजिकिदै गर्दा गायक गायीकाहरुले गीत बजारमा लिनुले दर्शक एवं श्रोताहरुलाई मनोरञ्जन हुनुका साथै कलाकारहरुको पेशाको निरन्तरता हुन्छ । सर्जकहरुको सम्मान र कलाकारीता पेशाको निरन्तरताका लागि पनि भिडियो तथा अडियोहरुलाई माया गरि दिनु हामी सबैको कतव्र्य हो ।