माहुरी होम परियोजनाबाट सेफ हाउस सञ्चालक समितिलाई ८० हजार बराबरको विभिन्न सामग्री प्रदान

माहुरी होम परियोजनाबाट सेफ हाउस सञ्चालक समितिलाई ८० हजार बराबरको विभिन्न सामग्री प्रदान
असोज ३ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is l1-1024x485.jpg

माहुरी होम परियोजनाले लिबाङ स्थित सेफ हाउस सञ्चालक समितिलाई शुक्रबार करीव ८० हजार बराबरको विभिन्न सामग्री प्रदान गरेको छ । परियोजनाले प्रदान गरेको ति सामग्रीले सेफ हाउस सञ्चालनमा सञ्चालक समितिलाई सहज हुने भएको छ ।

This image has an empty alt attribute; its file name is l4-1024x485.jpg

सामग्री हस्तारण कार्यक्रमको प्रमुख अतिथि एवम् रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी.द्वारा सेफ हाउस सञ्चालक समितिका अध्यक्ष तुलसा आचार्यलाई प्रदान गर्नुभएको हो । सेफ हाउस सञ्चालनमा सहजता ल्याउन उद्वेश्यले माहुरी होम परियोजनाले विभिन्न सामग्री प्रदान गरेको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाको कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदी, सेफ हाउस सञ्चालक समितिको अध्यक्ष तुलसा आचार्य, सोही समितिको कोषाध्यक्ष तिर्था आचार्य लगायतको आतिथ्यता थियो ।

This image has an empty alt attribute; its file name is l2-1-485x1024.jpg
This image has an empty alt attribute; its file name is l3-2-1024x485.jpg

माहुरी होमले लोव वेड ३ थान, प्रेसर कुकर १ थान, ठूलो थाल १२ थान, ठूलो गिलास १२ थान, ठूलो स्पुन १२ थान, हटक्यस १ थान, थर्मस १ थान, ठूलो जग १ थान, ठूलो बाल्टिन १ थान, सानो बाल्टिन १ थान, स्टिलको बाल्टिन १ थान, प्लाष्टिकको म्याट ३ थान, विद्युतिय किट्ल्लि १ थान, एर्मजिन्सि लाइट १ थान, २.२ लिटरको राइस कुकर १ थान, कराही १ थान, स्टिलको ड्रम १ थान, प्लाष्टिक ड्रम १ थान, पानी फिल्टर १ थान, म्याट्रिक्स ३ थान, पि–फम १० मिटर, केयान ९५ मास्क १५ थान, स्यानिटाइजर मिलि १५ थान प्रदान गरेको माहुरी होम परियोजना रोल्पा नगरपालिकाको समाजिक परिचालक लोकेन्द्र सेनले बताउनुभयो । माहुरी होम परियोजना प्यूठान जिल्लाको कार्यक्रम अधिकृत दिनेश चौधरीले कार्यक्रम सम्बन्धि सहजिकरण गर्नुभएको कार्यक्रमको सञ्चालन माहुरी होम परियोजना रोल्पा नगरपालिकाको समाजिक परिचालक लोकेन्द्र सेनले गर्नुभएको थियो ।

You may also like