“देश समृद्ध बनाउने भए विद्यार्थीहरुलाई सबल बनाउनुपर्दछ” पूर्व सभामुख कृष्णबहादुर महरा


मानसिह बिश्वकर्मा
घर्तीगाउँ, रोल्पा
फागुन २ गते

This image has an empty alt attribute; its file name is madicop-1024x473.jpg


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्व सभामुख कृष्ण बहादुर महराले देश सबल देश निर्माण गर्नका लागि विद्यार्थीहरुलाई सबल बनाउनुपर्ने धारण राख्दै विद्यार्थीहरुको भविस्य निर्माणका लागि तिनैतहका सरकार, शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्यले मात्रै दक्ष र सक्षम विद्यार्थी निर्माण गर्न सकिने बताउनुभयो ।
यस्तो विचार माडी गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्दको उद्घाटन गर्दै रोल्पा मागी गाउँपालिका घर्तीगाउँमा आइतबार बताउनुभएको हो । उहाँले सबै मानिसको चेतनाको विकासका लागि शिक्षा अनिवार्य भएको बताउँदै सबै नेपालीको पढ्न पाउने अधिकारको संविधानले व्यवस्था गरि सकेकोले सबै नेपालीलाई शिक्षा प्रदान गरी सचेत र सक्षम नागरिक बनाउनु पर्ने बताउनुभयो ।
उहाँले खेलकुदले मानिसलाई स्वस्छ बनाउनाउनको साथै राष्ट्रलाई पनि विश्वको सामु चिनाउनको लागि एउटा माध्यम भएको बताउँदै खेल क्षेत्रको विकास गर्न पनि आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक शिक्षाको विकासका लागि तिनैतह सरकारको उत्तिकै जिम्मेवार भएको बताउनुभो । साथै रोल्पाको पश्चिम क्षेत्रमा शिक्षा क्षेत्रको विकासका लागि विगतदेखि नै आफू पनि निरन्तर लागि रहेको बताउँदै अझै पनि पहल एवं सहयोगका लागि निरन्तर लाग्ने बताउनुभो ।
प्रमुख अतिथि समेत रहनुभएको कृष्णबहादुर महराले राजनीतिक विषयमा रोल्पा जिल्ला एउटा सधै परिवर्तन र विद्रोहको प्रतिक भएको बताउँदै रोल्पामा विगतभन्दा धेरै विकास भएको भए पनि जनताको अपेक्षा र आवश्यककता धेरै भएकोले अनुभूति गर्न नसकेपनि विकास भने तिव्र रुपमा भएको बताउनुभो । उहाँले विगतमा गरिएको परिवर्तन आन्दोलनले रोल्पालाई निकै चर्चा बनाएको र विकासका प्राथमिकताम परेको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is raning-sirl-1024x473.jpg


कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगरले रोल्पा जिल्लाको विकास विगतभन्दा बर्तमानमा धेरै भएको दावी गर्दै भन्नुभयोः–“माडी गाउँपालिको केन्द्र घर्तीगाउँमै पानि थिएन, पानी लिइयो, विद्युत थिएन विद्युत लिइयो, वडाहरुमा गाडी गएका थिएनन पु¥यायो, सञ्चार क्षेत्रमा टावर राखियो, बजार क्षेत्रमा पीज परेको छ, स्वास्थ्यमा १५ सैयाको अस्पताल बन्ने भएको छ, प्राविधिक धारको पढाई भएको छ क्याम्पस बन्ने भएको छ यो विकास भएको होइन तर किन विरोध र असहमति बढी हुन्छ यसको समिक्षा गर्न जरुरी छ । हामी विकासका लागि सबै सकरात्मक बन्नु पर्दछ । ”
उहाँले विकासका लागि सबै लाग्नुपर्ने बताउँदै विकासका लागि स्थानीय सरोकारवालाले ध्यान दिनका लागि अनुरोध गर्नुभयो । आगामी दिनमा विवादलाई छलफल र सम्वादबाट हल गरेर गाउँपालिकाको विकासका लागि एकधिक्का बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीमगर, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीमगर लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is raning-sirl-1024x473.jpg


कार्यक्रममा सुकुम्वासी आयोगका अध्यक्ष प्रेम घर्तीमगर, १ नं. वडा अध्यक्ष आमबहादुर घर्तीमगर, २ नं. वडा अध्यक्ष ललित घर्तीगमर, ३ नं. वडा अध्यक्ष दलहादुर घर्तीमगर, ५ नं. का वडाध्यक्ष भरत बुढामगर, ६ ंनं. का वडा अध्यक्ष खर्कबहादुर पुनमगर, नेकपाका जिल्ला सदस्य मनसिंह डाँगी, नेपाली कांग्रेसका जिल्ला सदस्य टेकबहादुर विक, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथमक कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, रोल्पा उद्योग वाणिज्य संघका पूर्व महासचिव बसन्त सुवेदी, नापी कार्यालय रोल्पाका प्रमुख सञ्जिव वली, इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका प्रमुख सुधिर खड्का, जनवादी गायक झन्कार बुढामगर, माडी गाउँपालिका होटेल व्यावसायी संघ रोल्पाका अध्यक्ष कमल घर्तीमगर, उद्योग वाणिज्य संघ माडी गाउँपालिकाका अध्यक्ष कमल घर्तीमगर, माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान ओली, गोरखापत्र दैनिकका रोल्पा प्रतिनिधी विमराज डाँगी, रेडियो मालाश्रीका प्रतिनिधी सुर्यप्रकाश बुढामगर लगायतको आतिथ्यता रहको थियो । कार्यक्रममा ३१ वटा विद्यालयको सहभागिता भएका छन् ।
राष्ट्रपति रनिङ शिल्डको उद्घाटन माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगरको अध्यक्षता भएको कार्यक्रममा स्वागत उपाध्यक्ष घनिकला घर्ती बुढामगरले गर्नुभएको थियो भने सञ्चालन शिक्षा संयोजक पर्शराम दकालले गर्नुभएको थियो ।

You may also like