कोभिड–१९, सुरक्षित गर्भपतन र प्रजनन् स्वास्थ्यको सुढृढिकरण सम्बन्धि सञ्चारकर्मीसँग अन्तक्रिया

कोभिड–१९, सुरक्षित गर्भपतन र प्रजनन् स्वास्थ्यको सुढृढिकरण सम्बन्धि सञ्चारकर्मीसँग अन्तक्रिया
असार, ६ गते
लिबाङ–रोल्पा


नोबेल कोरोना भाइरस (कोभिड–१९), सुरक्षित गर्भपतन र प्रजनन् स्वास्थ्यको सुढृढिकरणको लागि सञ्चारकर्मीहरुसँग हिजाे लिबाङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यि विभिन्न विषयवस्तुमा जिल्लाका सञ्चारकर्मीहरुले सक्रिय भूमिका निर्वाह गर्दै आएको हुँदा आगामी दिनमा पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने छ ।
यस कार्यक्रममा नोबेल कोरोना भाइरस (कोभिड–१९)को अन्य जिल्लाको तुलनामा यस जिल्लामा सुरक्षित गर्भपतन र प्रजनन् स्वास्थ्यको सेवा प्रवाहमा वृद्धि भएको जन स्वास्थय कार्यालय रोल्पाको कार्यालय प्रमुख अनिल के.सी.ले बताउनुभयो । उहाँले यस जिल्लाको दुर्गम गाउँपालिका माडी गाउँपालिकाबाट र थबाङ गाउँपालिकाले अल्ट्रा साउनको तालिममा पठाइएको छन् भने त्रिवेणी गाउँपालिकाका सबै विद्यालयहरुमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालनको तयारीमा रहेको उहाँले बताउनुभयो । यस जिल्लामा सरकारी तथा गैरी संघ संस्थाहरु पास नेपालको आर्थिक सहयोग र पास–नेपालको सहित सरोकारवाला निकायहरुको पहलमा सुरक्षित गर्भपतन र प्रजनन् क्षेत्रमा सुढृढिकरण हुने बताउनुभयो । गर्भवती प्रक्रिया कुनै रोग नभई जैविक प्रक्रिया भएको हुँदा विशेष रुपमा सेवा प्रवाह गर्नुपर्ने कार्यालय प्रमुख के.सी.ले बताउनुभयो । स्वास्थ्य क्षेत्रका विभिन्न विकृति विसंगतिहरु रोकथामका लागि जन प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सम्बन्धित कार्यालय, सुरक्षा निकायहरुलाई सञ्चारकर्मीहरुले प्रोत्सहित गर्नुपर्ने जोड दिनुभयो । कोरोना भाइरसको नियन्त्रण सम्बन्धि सञ्चारमाध्यमहरुले सक्रिय भूमिका निर्वाह गरी रहेको अवस्थामा आगामी दिनमा थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यक औल्याउनुभयो ।
त्यसैगरी कोभिड–१९, सुरक्षित गर्भपतन र प्रजनन् सुढृढिकरण विषयवस्तुमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेमबहादुर बढामगर, रोल्पा अस्पताल रेउघा रोल्पाका नर्सिङ इञ्चार्ज मिना कँवरले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा यस जिल्लाबाट राष्ट्रिय स्तरको सञ्चारमाध्यमा कार्यरत सञ्चारकर्मी र यस जिल्लामा सञ्चालित विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता थियो । यस जिल्लामा गर्भपतनको वातावरण सिर्जना गर्नुभन्दा पनि गर्भपतनै नगर्ने वातावरण सिर्जनातिर ध्यान दिनुपर्ने सहभागिहरुको विशेष जोड थियो । नोबेल कोरोना भाइरस (कोभिड–१९) सम्बन्धित विभिन्न माध्यमबाट नकरात्मक सन्देश प्रवाहले जिल्लाबासीहरुमा मानसिक तनाब सिर्जना भएको हुँदा अब विभिन्न सञ्चारमाध्यममाबाट ति नकरात्मक सन्देशहरु न्यूनिकरणका लागि सकरात्मक सन्देश प्रवाह गर्नुपर्ने धारणा व्यक्त भएका थिए ।
कार्यक्रम आइपास नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको कार्यक्रमको समन्वयन पास–नेपाल, रोल्पाले गरेको थियो भने नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पालको आयोजनामा अनौपचारिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । यस जिल्लामा आइपास नेपालको आर्थिक सहयोगमा पास–नेपाल,रोल्पाले सुरक्षित गर्भपतन र स्वास्थ्य प्रजनन् सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले असुरक्षित गर्भपतन र स्वास्थ्य प्रजनन्को अवस्थामा विस्तारै सुधारउन्मुख अवस्थामा छ । यस जिल्लामा सुरक्षित गर्भपतन र प्रजनन् स्वास्थ्य सम्बन्धि नीति तथा कार्यक्रम तय गरी प्रभावकारी कार्यन्वयनमा जवाफदेहिता बन्दै छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको पहिलो कार्याकाल अध्यक्ष मानसिंह विश्वकर्माको अध्यक्षतामा समापन कार्यक्रमको सञ्चालन पास–नेपाल, रोल्पाका दिलकुमारी बुढामगरले गर्नुभएको थियो भने स्वागत नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिकावेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपानेले गर्नुभएको थियो ।

You may also like