सुनछहरी गाउँपालिकामा शैक्षिक सामाग्री र पुरस्कार वितरण

सुनछहरी गाउँपालिकामा शैक्षिक सामाग्री र पुरस्कार वितरण
जुनिश कुमार विष्ट
पोबाङ, रोल्पा

This image has an empty alt attribute; its file name is j1.jpg


असार ३० गते । सुनछहरी गाउँपालिकामा शैक्षिक सामाग्री र पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष आश बहादुर पुनले विपन्न र उत्कृष्टि विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पुरस्कार वितरण गर्नुभएको थियो । गाउँपालिका शिक्षा समता रणनीति कार्यक्रम अन्तर्गत विद्यालय बाहिर रहेका विपन्न विषेश बालबालिकाहरु र उत्कृष्ट विद्यार्थीहरुलाई आर्थिक सहायताको लागि शैक्षिक सामाग्री र पुरस्कार वितरण गरिएको गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक शान्ता शर्माले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is j2.jpg

कक्षा १–३ को उत्कृष्ट रिपुकोट वडा नम्बर ६ फगामका छात्र रामबहादुर घर्ती ,कक्षा १–५ को उत्कृष्ट नेपाल राष्ट्रिय प्राथमिक विद्यालय वडा नम्बर ७ ऐसेलुखर्क जेलबाङकी अञ्जली रोकामगर, कक्षा १–८ को उत्कृष्ट देवी मन्दिर माध्यमिक विद्यालयकी सरिता पुनमगर भएका छन् । उत्कृष्टले जनही रु १३ हजार नगद प्राप्त गरेका छन् भने विद्यालय उमेरका विद्यालय बाहिर रहेका ४० जनाले जनही ३ हजार प्राप्त गरेका छन भने विपन्न ४८ जना विद्यार्थीहरुले रु १ हजार रुपैयाँ र अपांग ४६ जनाले कापी र कलम पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा नजप्रतिनिधि, कर्मचारी, शिक्षक वुद्धिजीवि, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो ।

You may also like