समुदाय सहभागितामा आधारित कोरोना भाईरस सम्बन्धि वडा स्तरीय अभिमुखिकरण

समुदाय सहभागितामा आधारित कोरोना भाईरस सम्बन्धि वडा स्तरीय अभिमुखिकरण
असार २४ गते
पोबाङ–रोल्पा ।


समुदाय सहभागितामा आधारित नोेबेल कोरोना भाइरस (कोभिड–१९) कोरोना भाईरस रोग सम्बन्धि वडा स्तरीय अभिमुखिकरण कार्यक्रम आज पोबाङमा सम्पन्न भएको हो । यस अभिमुखिकरणले सरोकारवाला निकाय सहित वडाबासीहरुलाई कोरोना भाइरस सम्बन्धित कुराहरु जानकारीमा थप सहयोग पुग्ने भएको छ ।
यस कार्यक्रमको प्रमुख अथितिमा सुनछहरी गाउँपालिका–५ वडा जैमकसला रोल्पाको वडा अध्यक्ष तिर्खबहादुर बुढाथोकी, यस गाउँपालिकाको स्वास्थ्य संयोजक जगत बुढा, स्वास्थ्य चौकी पोबाङका अहेब नेमबहादुर शाही, अनमी कमला बिष्ट, रोल्पा समाचार साप्ताहिकका समाचारदाता जुनिस कुमार बिष्ट, ज्ञानोदय लुङग्री एकता युवा क्लब जैमाकसलाका सचिव लोकेन्द्र रोका मगर आतिथ्यता थियो । अभिमुखिकरणमा सहभागि वाडाबासीहरुलाई विशेष गरि कोरोना भाइरसको उत्पति, यसका लक्षणहरु, यसबाट बच्ने उपाय, क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु घर फर्किएपछि र अन्य अवस्थाका यो भाइरस संक्रमित वा संक्रमणको सम्भावना रहेका मानिसहरुप्रति लक्षित सामाजिक विभेद न्यूनिकरण गर्ने, भाइरसको कारणबाट आउने मानसिक तथा मनोसामाजिक समस्या न्यूनिकरण गर्न सहजिकरण गर्ने, महामारीको नियन्त्रण र उपचार व्यवस्थापनमा नियमित सेवाको लागि व्यक्ति, परिवार, समुदाय तथा महिला स्वास्थ्य स्वयंसेवीकाहरुको भूमिकाहरुप्रति सचेत बन्ने जस्ता महत्वपूर्ण विषयवस्तुमा अभिमुखिकरण गरिएको थियो ।

साथै यो कोरोना भाइरसको संक्रमणको जोखिममा रहेका गर्भवती, सुत्केरी र आमा र बच्चाको पोषण अवस्थामा सँुधार ल्याउन पोषणको महत्व दर्साउने खालका सूचनाको प्रवाह गर्ने, अबको प्राथमिकता हुनुपर्ने विषयमा अभिमुखिकरण कार्यक्रम केन्द्रित रहेका थियो । त्यस्तै नेपाल लगायत विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोल्पा जिल्लामा संक्रमणको दोस्रो चरणको अवस्थामा रहेको र तेस्रो चरणको अवस्थामा फैलिन नदिनका लागी समुदाय स्तरमा कोरोना भाइरस रोग (कोभिड १९) को सचेतना कार्यक्रम संचालनका लागि स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका र स्थानीय अभियानकर्मीहरुको क्षमता अभिवृद्धिको लागि यो कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । यो कार्यक्रम सुआहारा कार्यक्रमको आयोजना तथा स्वास्थ्य चौकी पोबाङ रोल्पाको व्यवस्थापनमा यस वडाका महिला स्वास्थ्य स्वयमसेवीकहरुको लागि वडा स्तरीय अभिमुखीकरण कार्यक्रम संचालन गरिएको आयोजकको भनाई छ । अभिमुखीकरणको सहजिकरण सुनछहरी गाउँपालिका स्वास्थ्य संयोजक जगत बुढाले, स्वास्थ्य चौकी पोबाङका इन्चार्ज जनक गिरीले गर्नु भएको थियो । स्वास्थ्य चौकी पोबाङ रोल्पाका इन्चार्ज जनक गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुआहारा फिल्ड सुपरभाइजर निरास पुनमगरलेले गर्नुभएको थियो ।

You may also like