सर्वज्ञ हार्डवयर व्यवसायी वलीद्वारा ५ जना श्रमिकलाई खाद्यान्न उपलब्ध

२५ चैत्र, लिबाङ–रोल्पा ।

त्रिवेणी गाउँपालिका–५ जुगाँर रोल्पा निबासी हाल रोल्पा नगरपालीका वडा नं. २ लिबाङ बजारमा अवस्थित सर्वज्ञय हार्डवयरका सञ्चालक ज्ञान वहादुर वलीले यस हार्डवयरका श्रमिक र बाह्य श्रमिकहरु गरी ५ जना श्रमिकहरुलाई खाद्यान्न उपलब्ध गराउनुभएको छ । ति विपन्न परिवारीलाई लक डाउन खाद्यान्नको अभावनमा भोकै बस्नु पर्ने अवस्था केही समयलाई पनि अन्त्य भएको छ ।


यो लक डाउनले श्रमिकहरुलाई खाद्यान्नको अभावले भोकै बस्नुपर्ने समस्या सिर्जना भएको छ । उहाँले ति श्रमिकहरुको खाद्यान्नको समस्यालाई मध्येनजर गरीे ति ५ जना श्रमिकहरुलाई करीव रु १० हजार बराबरको खाद्यान्न चामल, नुन, तेल, दाल प्रदान गर्नुभएको हो । कोरोना भाइरसको संकटको बेला ज्याला मजदुरी गरेर आफ्नो दैनिक जीवन निर्वाह गर्ने श्रमिकहरुलाई उहाँ जस्तै सहयोगी मनकारीहरुले सहयोग गरेमा श्रमिकहरु भोकै बस्नुपर्ने पक्कै हुँदैन ।

विश्वव्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरस (कोभिड–१९) सक्रमणको रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले लकडाउन लागू गरेपछि काममा जान नपाएका ज्याला मजदुरहरुलाई समस्या पर्न थालेपछि उहाँले आफ्नै हार्डवयरमा र बाहिर ज्याला मजदुरबाट जीवन निर्वाह गर्ने ५ जना श्रमिकहरुलाई खाद्यान्न उपलब्ध गराउनुभएको हो । यो भाइरसको संकटको बेला खाद्यान्नको अभावमा कोही पनि भौकै बस्न नपरोस् भन्ने उद्वेश्यले उक्त खाद्यान्न सामाग्री श्रमिकहरुलाई उहाँले प्रदान गर्नुभएको हो । कोरोना भाइरस संक्रमित न्यूनिकरणको निम्ति संघीय सरकारद्वारा लागू लक डाउनको विशेष गरी विपन्न र ज्यालीदारीबाट जीवन निर्वाह गरी गरेको श्रमिकहरु विशेष प्रभावित बनेको छन् । त्यसैले श्रमिकहरुको खाद्यान्नको समस्यालाई मध्येनजर गरी उहाँ जस्तै सहयोग मनकारी मनहरु र सरकारी निकायहरुले समयमा विशेष ध्यान पु¥याउन जरुरी छ ।

You may also like