२५ किशोरीहरुलाई छात्रावृत्ति

पुष ५ गते
लिबाङ रोल्पा ।


नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्वारा सञ्चालित ‘बाल बिबाह न्यूनिकरण कार्यक्रम’ अन्तर्गत विपन्न जेहान्दार जना किशोरीहरुलाई शनिबार छात्रावृत्ति प्रदान गरिएको छ । छात्रावृत्तिले छात्राहरुहरुको अध्यायनमा थप सहयोग पुग्ने भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं रोल्पा नगरपालिकाको नगर प्रमुख पुर्ण के.सी.ले आर्थिक अभावकै कारण धेरै किशोरीहरुले बिबाह गर्नेपर्ने बाध्यात्मक अवस्थामा ‘बाल बिबाह न्यूनिकरण कार्यक्रम’ अन्तर्गत विपिन्न तथा जेहान्दार किशोरीहरुलाई प्रदान छात्रावृत्तिबाट अध्यायन र आर्यआर्जनमा थप सहयोग पुग्ने बताउनुभयो । ‘वर्तमान संघर्षले नै भविष्यको समय निर्धारण गर्दछ, त्यसैले जीवनको संघर्षबाट नै हरेक सिकाइ हुन्छ’, उहाँले भन्नुभयो । आर्थिक अभावकै कारण कतिपय किशोरीहरु बाल बिबाह गर्नुपर्ने बाध्यात्मक अवस्थामा यस कार्यक्रमबाट प्रदान छात्रावृत्तिले बाल बिबाह न्यूनिकरण गर्ने प्रमुख अतिथि के.सी.ले बताउनुभयो । कार्यक्रमका प्रति व्यक्ति रु १० हजारको छात्रावृत्ति रकम किशोरीहरुलाई प्रदान गर्दै भन्नुभयो, ‘नगरपापिलकामा बाल बिबाह न्यूनिकरणको लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र रोल्पा नगरपालिकाको समन्वयमा पञ्च वर्षीय योजना तय गरेका छौं ।’ आर्थिक विपन्न जेहान्दार छात्राहरुलाई प्रदान गरेको छात्रावृत्तिको सदुपयोग गर्नेपर्ने बताउनुभयो । छात्रावृत्ति प्राप्त गरेका छात्राहरु अभिभावकबिहीन अवस्था भएको हुँदा संरक्षक र अभिभावकहरुले उक्त रकमको सदुपयोगमा ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो,‘तपाईहरुले बाल बिबाह नगर्नुहोस्, नगरपालिका सबैको अभिभावक हो । त्यसैले समस्या परेको समयमा नगपालिका सक्दो सहयोग गर्न तयार छ ।’ बाल बिबाह न्यूनिकरण योजना नगरपालिकाले प्रभावकारी कार्यन्वयनमा ल्याउँदै छ, उक्त योजना कार्यन्वयनमा किशोरी र अभिभावकहरुले सक्रिय भूमिका निर्वाहका लागि उहाँले अनुरोध गर्नुभयो ।
त्यसैगरी रोल्पा नगरपालिका १० वडा धबाङ रोल्पा निबासी कक्षा ९ मा अध्यायनरत राजकुमरी सुनारकी बुबा जमानसिङ सुनारले भन्नुभयो,‘आर्थिक अभावकै कारण मेरो छोरीले विद्यालय छाड्नु पर्ने अवस्था छ । तर, यस कार्यक्रमबाट प्रदान छात्रावृत्तिले छोरीको अध्यायनम थप सहयोग पु¥याएको छ ।’ छोरीको छात्रावृत्ति रकम पढाईमा नै खर्च गरिदिन्छु । भने बाँकी रकम आयआर्जन क्षेत्रमा लागनी गरिदिने प्रतिवद्वता सुनारले व्यक्त गर्नुभयो । आगामी दिनमा मेरी छोरीले यस्तै विभिन्न संघ संस्थाहरुको आर्थिक सहयोगबाट नै उज्वल भविष्य बन्ने अपेक्षा उहाँले गर्नुभभयो । रोल्पा नगरपालिका ९ वडा ह्वामा रोल्पा निबासी आमाबुबाबिहीन संरक्षकको संरक्षणमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय ह्वामा रोल्पामा अध्यायरत सर्मिला थापाले भनिन्, ‘ आमाबुबाबिहीन अवस्थामा मेरो संरक्षक वा आफन्तको सहयोगमा मेरो संघर्षका दिनहरु बिताइरहेकी छु, संरक्षकले अभिभावकको जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा बाल बिबाह न्यूनिकरण कार्यक्रम अन्तर्गत प्राप्त छात्रावृत्ति रकमले पनि आभिभावकको जिम्मेवारी निर्वाह गरेको छ ।’ यस्तै संघ संस्था र आफन्तजनहरुको सहयोबाट नै संघर्षबाट नै म कक्षा ८ सम्म अध्यायन गरेको छु, आगामी दिनमा पनि थप शिक्षा हासिलको यस्तै विभिन्न संघ संस्थाहरुको सहयोग महत्वपूर्ण बन्ने अपेक्षा समेत थापामगरले व्यक्ति गरिन् । ‘यो रकम पढाईमा खर्च गरी बचेको बाँकी रकम थप आयआर्जन क्षेत्रमा खर्चका लागि मेरो संरक्षकहरुलाई अनुरोध गर्दछु’ उनीले भनिन् । आगामी दिनमा पनि पढाई निरन्तरता र थप शिक्षा हिसिलका लागि आवश्यक सहयोगका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पालाई उनीले अनुरोध गरिन् । बाल बिबाह न्यूनिकरण कार्यक्रम अन्तगर्त किशोरीहरुलाई प्रदान छात्रावृत्ति सम्बन्धि जिल्ला कार्यक्रम संयोजक मोकर्ण पुनले सहजिकरण गर्नुभएको थियो । बाल न्यूनिकरण कार्यक्रममा सञ्चालित स्थानीयतहका विपिन्न र जेहेन्दार किशोरीहरुलाई छात्रावृत्ति प्रदान गरिएको जिल्ला कार्यक्रम संयोजक मोकर्ण पुनले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको सभापति डी.वी. टुहुरोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मन्त्री अमर घर्तिमगरले गर्नुभएको थियो ।

You may also like