जिल्लामा आयोजित सम्मेलनको व्यापक तयारीमा जुटेका छौंः स्थानीय संयोजक बुढामगर

 
लिबाङ–रोल्पा, भाद्र ३१ गते

  लोकवार्ता परिषद्, नेपालको ९ औं राष्ट्रिय सम्मेलनको तयारी सम्बन्धि आज पत्रकार भेटघाट कार्यक्रम मार्फत स्थानीयत आयोजकले सार्वजनिक गरेको छ । स्थानीयत आयोजन सम्मेलनको तीव्र रुपमा तयारीमा जुटेको छ ।
उक्त पत्रकार भेटघाट कार्यक्रममा लोकवार्ता परिषद्, रोल्पाको स्थानीय आयोजक समितिको संयोजक भिमबहादुर बुढामगरले २०७६ साल कार्तिक महिनाको ४ गतेदेखि ७ गतेसम्म आयोजित राष्ट्रिय सम्मेलनको धेरै तयारी पूरा भएको बताउनुभयो । बाँकी कार्यको तयारीको पनि तीव्र रुपमा अगाडि बढाएका छौं केही दिनमै पूरा गर्ने उहाँले कार्यक्रममा उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो–“लोकवार्ता परिषद्, नेपालको ९ औं राष्ट्रिय यस जिल्लामा आयोजना गरिएको छ । जुन सम्मेलन रोल्पा जिल्लाको गौरवको विषय भएको हुँदा सम्मेलन भव्य रुपमा सम्पन्नका लागि जिल्लाका सरोकारवाला निकायहरुलाई सहयोगका लागि अनुरोध गर्दछु ।” व्यापक प्रचार प्रसारका लागि आजदेखि सम्मेलनको समवधिसम्म जिल्लाका सबै सञ्चारमाध्यहरुमा सूचान प्रसारणको तयारी स्थानीय आयोजकले गरेको संयोजक बुढममगरले जानकारी दिनुभयो । साथै सम्मेलनमा राष्ट्रिय स्तरका संस्कृति विद्हरुको समेत सहभागिता बन्ने उहाँले बताउनुभयो । यस जिल्लाको लोपउन्मुख अवस्थामा विभिन्न कला, संस्कृति, परम्परागत रीति रिवाजको संस्कृतिहरुको प्रर्वद्धन र संरक्षणमा टेवा पुग्ने धारणा समेत उहाँले व्यक्त गर्नुभयो । लोकवार्ता परिषद्, नेपालको नौं राष्ट्रिय सम्मेलन २०७६ साल कार्तिक महिनाको ४ गतेदेखि ७ गतेसम्म लिबाङमा आयोजना गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कार्यक्रममा लोकवार्ता परिषद्, नेपालको संयोजक बमकुमारी बुढामगर, लोकवार्ता परिषद्, रोल्पा सल्लाकार डी.वी. टुहुरो, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डागी, स्थानीयत आयोजक सदस्य लगायत जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता थियो । लोकवार्ता परिषद्, रोल्पाको संयोजक भिमबहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सम्मेलनको प्रचार समिति संयोजक मानसिंह विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।

You may also like