कृषि स्मार्टमा थबाङ ३ मिरुल भित्रीवन स्मार्ट पुरस्कृत


रोल्पा समाचारदता
असार ३१ रोल्पा लिबाङ

This image has an empty alt attribute; its file name is pusukar-biran-1024x1024.jpg


कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालय प्रदेश सरकारबाट सञ्चालित स्मार्ट कृषि गाउँ निर्माण अन्तर्गत रोल्पा जिल्लाका भित्रीवन कृषि स्मार्ट गाउँ कार्यक्रम कार्यन्वयन समिति रोल्पा उत्कृष्ट गाउँको बन्दै पुरस्कृत भएको छ ।
रोल्पा जिल्लामा आर्थिक वर्ष २०७६÷०७७ को कार्यक्रममा रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगरले थबाङ गाउँपालिकाका वडा नं. ३ मिरुललाई छनौट गर्नुभएको थियो । उत्पादनको क्षेत्रमा उर्वर मानिएको राज्यको पहुचभन्दा दुर रहेको भित्रीवनलाई छनौट गर्नुभएको थियो । सो गाउँ छनौट भएपछि पहिलो पटक राज्यको नगर पुगेको स्थानीयहरुले आभास गरेका थिए । उत्साह र उमंगका साथ कार्यक्रम सञ्चालन गरेपछि निकै सफलता हासिल गरेका छन् । त्यस क्षेत्रका किसाहरुले कृषि तथा पशु पालनका क्षेत्रमा उत्साति बन्दै काम गरेपपछि भेटेनरी अस्पताल एवं पशु विज्ञ केन्द्र रोल्पाले कामको आधारमा मूल्याङ्कन गरेपछि कृषि जिल्लाका कृषि स्मार्टमा उत्कृष्ट भएको हो । रोल्पा जिल्लामा माडी ६ कोर्चाबाङ, रुन्टीगढी ८ झेनामको रनीबन र रोल्पा नगरपालिका ह्वामाको हाङमाङमा सञ्चालित छ । रोल्पा जिल्लाका स्थानीयतहरुमा सञ्चालनमा आएका स्मार्टहरुमध्ये भित्रीवन स्मार्ट कृषि गाउँ थबाङ गाउँपालिका ३ मिरुललाई पुरस्कार प्रदान गरिएको हो । सो गाउँमा आलु, पशुपालनका लागि नै अगाडी बढेको छ । रोल्पा जिल्लामा सम्पूर्ण स्थानीयतहहरुमा सञ्चालित भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका कार्यबहाक प्रमुख कर्मलाल परियारले किसानहरुको जीवनमा आमूल परिवर्तन गर्नका लागि कृषिलाई पहिलो प्राथमिकता राज्यले दिनु पर्ने बताउनुभयो । उहाँले रोल्पा जिल्लामा सञ्चालित कृषि स्मार्ट कार्यक्रम मध्ये उत्कृष्ट भएकोमा हार्दिक वधाई समेत ज्ञापन गर्नुभएको थियो । साथै कृषि र पुशपालनमा जनजागरण लिनु पर्ने बताउँदै सञ्चालनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद छ ।
जिल्लाको उत्कृष्ट भएकोमा भित्रीवन कृषि स्मार्ट कार्यन्वय समितिका अध्यक्ष रामधन पुनमगरले विगतदेखि नै किसानहरुले गरिरहेको पेशाले आगामी दिनमा अझै व्यवस्थित गरिने बताउनुभयो । रोल्पा जिल्लाका कृषि स्मार्ट कार्यक्रम सञ्चालनका लागि छनौट गरि दिने प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगरले सो गाउँलाई छनौट गर्नुभएको थियो ।
रोल्पा जिल्लाबाटको थबाङ वडा नं. ३ मिरुलमा आलु खेती, बाख्रा पालनलाई नै आफूहरुले विगतदेखि जीवन निर्वाहका लागि पेशा अपनाएका किसानहरुको भनाई छ । तर त्यसलाई व्यवस्थित गर्नका लागि स्मार्ट कार्यक्रमबाट व्यविस्थत बनाएको भनाई छ ।
कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख भरतमणी पोख्रेल, कृषि स्मार्ट कार्यक्रम मिरुल रोल्पाका अध्यक्ष रामधन पुन, सचिव राजकुमार बुढामगर भेटेनरी अस्पताल पशु विज्ञ केन्द रोल्पाका बेगम हमाल, खिर्मा बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।
भेटेनरी अस्पताल एवं पशु विज्ञ केन्द्र रोल्पाका प्रमुख सुदाम भट्टको अध्यक्षतामा भएको थियो भने सञ्चालन नायव सुब्वा मतिलाल कुवरले गर्नुभएको थियो । स्वागत कार्यक्रम अधिकृत गिरबहादुर घर्तीमगरले गर्नुभएको थियो ।

You may also like