दाङमा युवाहरुको सक्रियतामा अलपत्र मजदुरको उद्धार

दाङमा युवाहरुको सक्रियतामा अलपत्र मजदुरको उद्धार
१५ वैशाख, लिबाङ–रोल्पा ।   
नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि संघीय सरकारले लागू गरेको लक डाउनको कारण दाङ घोराहीमा अलपत्र परेका यात्रुहरुलाई दाङका क्रियाशील युवाहरु पहलमा उद्वारा गरी बसमा गृह जिल्ला राेल्पा पठाएका छन् । मानवीय भावनाले याे समयमा अलपत्र परेका मानिसहरूकाे उद्दर भएका छन् ।
देशका विभिन्न जिल्लाबाट रोल्पामा आउँदै गरेका मजदुरहरुलाई दाङको घोराहीबाट रोल्पाका विभिन्न गाउँपालिका पठाइएको हो । धादिङको इँट्टा भट्टामा मजदुरी गर्न गएका परिवर्तन गाउँपालिकाका २७ जनाको उद्धार गरिएको युवा संघ नेपालका हिमाल रसाइलीले जानकारी दिनुभयो । धादिङबाट रोल्पा आउनका लागि सडकमा निस्किएका ती मजदुरहरुलाई दाङ आउँदै गरेको खसी बोक्ने गाडीमा रातभरका कष्टकर यात्रापछि घोराही पुगेका थिए ।

घोराहीमा हिमाल रसाइली, खगेन्द्र जि.एम, तारा खड्का, राष्ट्रिय युवा संघ दाङका नेता अनिलराज सिर्पाइली, घोराही उपमहानगर विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी सहितको क्रियाशीलतामा ती मजदुरहरुको उद्धार गरिएको थियो ।

उद्धारपछि परिवर्तन गाउँपालिका रोल्पाका उपाध्यक्ष हितकुमारी बुढा, परिवर्तन गाउँपालिका–५ का वडाअध्यक्ष सुकबहादुर बुढा, विपिन रोका, भूपेन्द्र बुढा सहितको समन्वयमा सम्बन्धित वडाको क्वारेन्टाइनमा राखिएको बताइएको छ । युवाहरुको टोलिले दाङको घोराहीमा कोराना विरुद्ध सचेतना फैलाउनुका साथै अप्ठ्यारोमा परेकाहरुको उद्धारका निम्ति समेत पहल गरिरहेको छ । सामाजिक अभियानमा क्रियाशील युवाहरु अलपत्र मजदुरको उद्धारका लागि दिन रात खटिएर सामाजिक उत्तर दायित्व बहन गरिरहेको घोराहीका स्थानीयले बताएका छन् ।

You may also like