आशा परियोजनाबाट आफूहरुलाई सहयोग पुगेको किसानको भनाई


रोल्पा समाचारदाता
असार २९ गते

This image has an empty alt attribute; its file name is khebab.jpg
 रोल्पा जिल्लामा सञ्चालित पहाडी साना किसानका लागि अनुकुल आयोजना (आशा) परियोजनबाट रोल्पा जिल्लाको विभिन्न स्थानमा सञ्चालन भएका परियोजनाको जिल्ला स्तरीय अनुगमन गरिएको छ । आज रोल्पा नगरपालिका वडा नं. ६ कोटगाउँमा सञ्चालनमा रहेका विभिन्न परियोजनाको अनगमुनबाट आशा परियोजाले रोल्पा जिल्लामा भौतिक पूर्वाधार, सिचाई, कृर्षि, वन तथा वातावरणका साथै आयआर्जनको क्षेत्रमा समुदायको  हितमा काम गरेको समुदायले प्रतिक्रिया व्यक्त गरेका छन् । समुदायहरुले परियोजनाबाट आफूहरु लाभाविन्वत भएको बताएका छन् ।
 आशा परियोजनबाट रोल्पा जिल्लामा रोल्पा नगरपालिका ६, ७, ८, १०, माडी गाउँपालिकाका सबै वडा, परिवतृन गनउँपालिका सबै वडा, रुन्टीगढी गाउँपालिका ७, ८ ४ त्रिवेणी गाउँपालिका २,५, ६ र ७, सुनिलस्मृति गाउँपालिकामा १, २, ५, र ६ नं. वडा र गंगादेव गवाउँपकिलाको १ र २ मा परियोजना सञ्चालित भएका छन् । आर्थिक वर्ष २०७५÷०६७ मा सञ्चालित यस परियोजनाले स्थानीय स्तरको जलवायू अनुकुलन संरचना सुद्धिढीकरण, संकतासन्न साना किसानको जलवायू समानुकाुलमा सुधार, आयोजना व्यवस्था तथा समन्वयमा संवागमा कार्य गरिरहेको छ ।
 रोल्पा जिल्लामा यस परियोजनाबाट कृषिृ पशुपालन, भौतिक सिचाई उपआयोजना, वन र वातारण संरक्षणको क्षेत्रमा सेवा प्रदान गर्दै आईरहेको छ भने किसानहरुलाई व्यावसायिक चेतनासमेत प्रदान गर्नका लागि निरन्तर लागेको छ ।

 आर्थिक वर्ष २०७७÷०७८ को परियोजनाको अनुगमनको क्रममा रोल्पा नगरपालिका कोटगाउँकामा वितरण गरिएको बोयर बोकाले दिएको फाइदा र आम्दानीका बारेमा अन्तरक्रिया गरिएको थियो । ५० प्रतिशत बोयर बोकाबाट समुदायले पालिएका बाख्राहरुलाई बाली लगाउनका लागि राम्रो भएको बोयर बोकाको हेरचाहको जिम्मा लिनुभएको इन्दा कुमारी घर्तीले बताउनुभयो । उहाँले परियोजनाबाट समुदायहरु लाभाविन्वत भएको बताउनुभयो ।

 यसैगरी परियोजनाबाट विगत करिव १० वर्षबाट क्यान्सर पीडित एवं कृषक रोल्पा नगरपालिका वडा नं. ६ का नन्दलाल पुनमगरलाई  कृषि उत्पादनमा बृद्धि गर्नका लागि सहयोग गरेको छ । शारिरिक रुपमा अशक्त भए पनि तरकारी खेती र व्यापारमा लागेका नन्दलाल पुनमगरलाई पुनको संक्रियलाई प्रोत्साहन गर्दै स्प्रे ट्यांकी, क्रेट प्रदान गरिएको थियो । क्यान्सर पीडित भएपनि तरकारी खेती र व्यापारमा लागेका पुनमगरले पसलबाट बचेको समयलाई तकारी खेतीमा सहभागी भएको बताउनुहन्छ ।
 यसैगरी खेबाङ कृषक समूहले निर्माण गरेको सिचाई पोखरी र प्लाष्टिक टनेलको समेत अनुगमन गरिएको थियो । समूहका सचिव दिपेन्द्र घर्तीमगरले सिचाई पोखरी मात्रै निर्माण भएको  त्यसलाई बारीसम्म लगेर सिचाई गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । समूहले पहिलो चरणमा शुरुवात गरेको बताउँदै सबैले परियोजनामा सहकार्य गर्न सकिने बताउनभयो ।
 यस्तै टोली प्रमुख राजबहादुर बुढामगरले यस परियोजनाले रोल्पा जिल्लामा धेरै महत्वपुर्ण कार्य गरेको बताउँदै राजबहादुर बुढामगले भन्नुभयोः–“हामी सबैको उद्धेश्य सबैको जीवन समृद्ध बनाउने हो त्यस कार्यमा लाग्नको लागि हातेमालो आशा परियोजनाले पनि गरेको छ, आगामी दिनमा अझै सहयोग समुदायलाई गर्ने कुरामा आफू विश्वस्त छु । ” उहाँले समुदायको सक्रियतालाई पनि सम्मान गर्दै समुदायको सहभागतिाको विकास नै दीगो हुने बताउनुभयो । 
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी सुचित्रा राई, भेटनरी एवं पशु विज्ञ केन्द्र रोल्पाका सुदाम भट्ट, कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख भरतमणि पोख्रेल, अआशा परियोजनाका जिल्ला प्रमुख विनोद ज्ञावली, जिल्ला हुलाक कार्यालय रोल्पाका प्रमुख विजया सत्याल, डिभिजन वन कार्यालय रोल्पाका शिबनन्द साह, रोल्पा नगरपालिका ६ नं. का वडा अध्यक्ष तुलबहादुर घर्तीमगर, नगर कार्यपालिका सदस्य तिलमति विक, नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिंह विक, जुनकिरी सञ्चार साप्ताहिकका कविता उपाध्याय, आशा परियोजनाका कर्मचारी लगायतको सहभागीता रहेको थियो । 
रोल्पा जिल्लामा आशा परियोजनाले गरेको भौतिक पूर्वाधार निर्माणलाई दीगो बनाउन सकेमा त्यसबाट सदुपयोग गर्न सकेमा रोल्पाली किसानहरुको जीवनमा समृद्धिको दिशामा अगाडि बढाउन सकिनेछ ।

You may also like