आज रोल्पामा थप ४२ जनामा कोरोना पुष्टि निको हुनेको संख्या २४८ जना


रोल्पा समाचारदाता
१३ जेठ लिबाङ

This image has an empty alt attribute; its file name is korna.jpg


कोरोनाको दोस्रो चरणको लहर नेपालमा तीव्र रुपमा फैलिएको बेला रोल्पा जिल्लामा मंगलबार ४२ जना थप पुष्टि भएपछि हालसम्म ८६० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ विहीबारसम्म २४८ जना निको भएका छन् ।
मंगलवारसम्मको रिपोर्ट अनुसार हालसम्म ९८२ जनाको पी.सी.आर. परिक्षण गर्दा ५०० जनामा संक्रिमत पुष्टि भएको हो । यस्तै १४३२ जनामा एन्टीजेन्ट परिक्षण गर्दा ५८६ जनामा संक्रिमत पुष्टि भए संगै रोल्पा जिल्लामा ८६० जना सक्रिय संक्रमित पुष्टि जिल्ला प्रशासन कार्यालय रोल्पाले बताएको छ । हालसम्म संक्रमितहरु ५७१ जना होम आइसोलेशनमै रहेका छन् ।भने जिल्ला अस्पताल रेउघामा ४७ जना र रोल्पा जिल्लाका विभिन्न आइसोलेशनमा ११९ गरी ५७१ जना उपचारमा रहे पनि ति संक्रमितहरुको अवस्था समान्य एवं सुधार उन्मुख रहेको प्रशासन कार्यालय रोल्पाले बताएको छ । हालसम्म २४८ जना निको भएका छन् । जिल्लामा ७६ बेड संख्या रहेको छ । रोल्पा जिल्लामा अक्सीजनको संख्या १२८ वटा रहेका छन् भने १८ वटा एम्बुलेन्स जिल्ला भित्र रहेको बताइएको छ ।
रोल्पा जिल्लामा कोरोना विस्तारै कम हुँदै गएपनि त्यसबाट अझै महामारी आउन सक्ने प्रमुख जिल्ला अधिकारीले नबराज सापकोटाले बताउनुभयो । यस्तै रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले सबैले सचेत रहेर काम गरेमा नियन्त्रण आउने तर यसलाई ख्यालको रुपमा लिएपछि त्यसले अझै महामारीको रुपमा लिन सक्ने बताउनुभयो ।
यस्तै रोल्पा अस्पतालका प्रमुख डाक्टर प्रकाश बुढामगरले हालसम्म रोल्पा जिल्लामा रहेका विरामीहरुको उपचार भइरहेको बताउनुभयो । हाल अक्सीजनको परिपूर्ती सहज भएपछि केही उपचारमा सहज भएको बताउनुभयो ।

You may also like