कविता

कविता


हिरालाल घर्तीमगर ।।।

बाँदरको आफ्नो देश हुँदैन
पहिचान भाषा अनि भेष हुँदैन
अरु नारीको झैं लामो लामो केश हुँदैन
एउटै मात्र बारीमा उ कहिल्यै पेश हुँदैन
राजाको बारीमा लाग्यो राजै खतम
हलोकोपछि लाग्यो हलि खत्तम
न उद्वेश्य छ कुनै न लायन र बतम
न घरको ठेगान छ न पोइको
न भरोसा अरुमाथि उस्को न उसमाथि कोइको
गर्नुसम्म बिराउँ गर्दैछ
छर्नुसम्म भ्रम छर्दैछ
आजभोलि त सुर्यको रापले सेकेकै होला
फेरि कुन बारिमा पस्ने भनेर सपना देखेकै हौला
दोष त तिम्रो मात्र छैन यहाँ
भोग त तिम्रो मात्र मेटिएको छैन यहाँ
चेसको गोटी झैं टपक्क टिपेर बारिको छेउमा राख्नेहरुले
कहिले गुण्डा कहिले कलाकार आदि सबै चाख्नेहरुले
आखिर पढ्ने र सुन्ने कविता
गरिमामय सदनमा देख्ने रमिता
यो भन्दा के नै हुन्थ्यो र
यो कानले फरक के नै सुन्थ्यो र
जे भन्यौ ठिकै भन्यौ
जे ग¥यौ ठिकै ग¥यौ
हाम्रो पार्टीले भोलि छानेर ल्याए भने
यी त सच्चि सके भनेर भन्न भ्याए भने
म पनि त स्यालुट गर्नेछु
दिदी तिम्रो निम्ति फेरी मर्नेछु
अनि तिमी पनि बादर को हो बिर्सनेछौ
म पनि तिम्रो कविताको भाव बिर्सनेछु
तिमिलाई सोध्दैन म
तिमिसँग खोज्दैन म
तिम्रो सिद्धान्त के हो भनेर
तिम्रो लक्ष के हो भनेर
सिद्धान्त हराएकाहरुको झुन्डमा
विचार हराएकाहरुको झुन्डमा
अझै अवसरको खोजी गर
अझै कविता कोर्दै गर
के के सक्छौ अझै गर्दै गर अझै गर्दै गर

You may also like