थबाङमा गबन्धनका प्रचार टोली माथि ग्रिनेट प्रहार

 

रोल्पा समाचार

मंसीर ७ रोल्पा

संयुक्त वाम गठबन्धन थबाङ गाउँपालिकाको प्रचार टोली माथि ग्रिनेट प्रहार भएको छ । प्रतिनिधिसभा तथा प्रदेससभाको निर्वाचन आउन अब ३ दिन मात्रै बाँकी रहँदा बम आतंक रोल्पामा रोकिएको छैन् ।

आज दिउसो १ बजेर ४७ मिनेट जाँदा थबाङगाउँपालिकाको फुन्टीबाङमा नजिकैको जंगलबाट ग्रिनेट प्रहार भएको थियो । थबाङगाउँपालिका प्रचार प्रसार संयोजक रिसिकेश बुढा सबिन लगायतको टोली माथि प्रहार भएको ग्रिनेटका कारण कुनै क्षति नभएतापनि प्रचार प्रसार टोलीमाथि धक्का पुगेको त्यहाँबाट पत्रकार मौसम रोकामगरले बताउनु भयो । थबाङगाउँपालिका उवा निवासी नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेदवार नबिन रोकामगर लगायतको टोलीमाथि ग्रिनेट प्रहार भएको थबाङ प्रहरीले बताएको छ । प्रहरीको टोलीले सुरक्षाब्यवस्था कडा पारेको बताएको छ ।

 

You may also like