ठानसरी र जोखबहादुर ४० वर्षमै १४ छोरा छोरीको आमा बुवा बने

रोल्पा समाचारदता
भाद्र २ गते फगाम रोल्पा
एक तले घर, घरभित्र चिस्यान नै चिस्यान, चिस्यानयुक्त भुइमा ओड्ने ओछ्यान,  खाद्यान्न, खाना पकाउने भाडा कुडा लगायत अभावै अभावको बीचमा रहेको सानो घर अभावयुक्त घरमा वर्षौने बालबच्चा रहेको घर हो जोखमन (भानसिंह) परियार र ठानसरी परियारको घर हो ।


कलिलै बाल्यकालमै विवाह गरेका थानसरी करिव ४० वर्ष नपुग्दै १४ वटा वच्चाको आमा बनेकी सकेछिन् भने करिव ५ महिना पछि १५ वटा वच्चाको आमा बन्ने भएकी छिन् । उनको मनमा छोरा छोरी जन्माउने भगवानको देन हो भन्ने  भावना अझै उनीमा अत्याधिक छ । उनमा छोरा छोरी जन्माएर आफ्नो दायित्व भन्दा पनि भगवानले आफ्नो दायित्व पूरा गर्दछन् भन्ने भावना रहेको छ । यो भगवानको वरदान हो भन्दै आफ्नो काम जन्म दिएको बताउँछन् । उनी यो कार्यमा निरन्तर आफु सहभागि भएको बताउँछीन् ।


आजकाल तपाईले बच्चा कति बनाउने ? अथवाको बच्चा कति छन् ? भन्दा प्रायजसो मानिसले २ वटा बढी जन्माउनेहरुले ३ वटा भन्ने बेला भएको छ तर भानसिंह परियारलाई तपाईको बच्चा कति छन् ? भन्ने प्रश्न गरेमा १४ वटा जन्मिसेका छन् अब १ वटा जन्दिैछन् सहजरुपमा बताउँन सक्छन् । ३८ वर्षिय जोखमन परियारको जीवनमा १४ वटा बच्चा त बनाउन सफल भए पनि उनको जीवनमा अभावै अभावले भरीपूर्ण भएको जीवनमा बालबच्चालाई खुवाउन, लगाउन र तिनीहरुको भविस्य कसरी बनाउने भन्ने विषयमा सोच्न नै सकेका छैनन् । सानै उमेरमा विवाह गरेका थानसरी परियारले बच्चा जन्माउनेमै उनको हालसम्मको जीवन वितेको छ । उनलाई पनि अब भने बल्ल लागेको छ अब त यो रोक्नु पर्दछ भन्ने लागेको छ । पहिले आफ्नो चेतनामा कमि भएकाले सोच्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयोः–“छोरा छोरी त चेतनाको अभावमा जन्मायौँ, अब यीनीहरुलाई कसरी खाना दिने हो, कपडा लगाई दिने हो, बस्ने बास पनि छैन हैरान छ गरिवको जीवन यस्तै रहेछ ।”
ठानसरीले करिव १४ वर्षमा विहे गरेकी थिइन् । १५ वर्षदेखि बच्चा जन्माउन थालेकी हुन् । हाल उनी ४० वर्ष बल्ल पुग्दैछिन् । ४० वर्षको उमेरमा १५ जना छोरा र छोरीको आमा बन्न वाध्य भएकी छिन् । २०५० सालमादेखि बच्चा जन्माउन शुरु गरेकी थानसरीको करिव २५ वर्ष उमेर बच्चा जन्माउनेमै सिमित रहेको छ ।


२०५० सालमा जेठा छोरा छुनुलाई जन्म दिएर पहिलो आमा बनेकी थानसरीलाई १४ आँै सन्तान बुद्धिरामलाई जन्म दिदाँ अन्तिम भगवानको वच्चा हो भने लागेको थियो । तर, ठानसरीले गर्भवति भएको थाहा भएन् । १५ आँै बच्चालाई जन्म दिएर भने आफूले गर्भनिरोधकका अस्थायी साधान लगाउने वा श्रीमानलाई बध्याकरण गर्न लगाउने सपना बल्ल देखेका छन् । ठानसरी आफ्नो अतितलार्इं सम्झिदै भन्छिन् ः–“के गर्ने बाल्यकालमै विवाह गर्नु पर्ने भयो हामीलाई पढाउने लेखाउने कोही भएन, विवाह गरेको वर्ष दिन नहुँदै बच्चा पाउन थालेको २५ वर्षको उमेर भइगो बच्चा जन्माउने काम मात्रै भयो अरु केही गर्न सकिन अब यी बच्चालाई कसरी पाल्ने हो ।”
पहिलो सन्तान छुनु र दोस्रो सन्तान पूर्ण हाल मज्दुर गर्नका लागि कपिलबस्तुमा झरेका छन् । तेस्रो सन्तान सुनिता खुंग्रीमा अर्काेको घरमा कमैया बसेकीछीन् । प्रेम, रुन्ची, सुविना, बैशाखी, मनबहादुर, लाती, बुद्धिराम जीवत छन् भने ४ वटा सन्तानको भने नजजात शिशुमै मृत्यु भएको थियो । प्रेम कक्षा ११ वर्षका प्रेम कक्षा २ मा, ९ वर्षिय सुविना, ८ वर्षिय बैशाखी, ६ वर्षिय मनबहादुर, ३ वर्षिय लाती समेत गरी ४ बहिनी शिशुमा अध्ययन गर्दछन् । यीनीहरुलाई अध्ययनका लागि कुनै पनि वास्ता छैन । तिनीहरुलाई घरमा गएर के हुन्छ ? खाने होला भन्ने चिन्ताले सताउँछ पढाइका लागि सोच्न सकिरहेका छैनन् ।
यही अभावको बीचमा अर्काे समस्या थपिएको छ बस्ने बासको । त्यही चिस्याननै चिस्यान भएको घर पनि आफ्नो जग्गामा बनेको होइन । साविकको फगाम गा.वि.स.को नाममा रहेको जमिनमा बनाएका रहेछन् । अब वडा कार्यालयको भवन निर्माण हुने भएपछि अर्काे समस्या र चिन्ता थपिएको छ जोखमन र ठानसरीलाई । वडा कार्यालय नजिकै रहेको जमिनमा पनि सडक निर्माण गरि दिएपछि घर र घर बनाउने जमिन बिना बनेका छन् जोखमन परियार ।
उनीहरुहरुको घरमा अभाव अभावै रहेको छ । जोखमनले परम्परागत रुपमा गर्दै आएको सिलाई कटाई पेशा गरी जीवन चलाई रहेका छन् । विष्टले दिएको माना उठाएर १२ जनाको परिवार धानी रहेका छन् । उनका छोराछोरीलाइ राम्रो शिक्षा भन्ने त कुरै छैन भोक मेटाउन खाने कुरा नै पाउन पनि निकै कठीन छ । अभावभित्रको जीवन त्यसैमा ठूलो परिवारका कारण सबै बालवालिका कुपोषितको शिकार बनि रहेका छन् तिनै बालबालिकाहरु ।
जोखलाल  र ठानसरीको परिवारको यो दयनीय सत्य खवर सुनेपछि मोहिम फिल्म प्रा.ली.ले सत्य कुरा बुझ्नका लागि सो प्रा.ली.का प्रमुख विक्रम लिम्बु बुधबार फगाम पुग्नु भएको थियो । उहाँले हाल सो परिवारको सत्य कुरा बुझ्न मात्रै आएको त्यस पछि परिवारको विषयमा अध्ययन गरेर तिनै परिवारलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । प्रमुख विक्रम लिम्बुले आफूहरुले पहिलो कुरा सुरक्षित आवास हुनु पर्ने, त्यस पछि अन्य कुराहरु सोच्न सकिने भन्दै त्यस तर्फ पहिलो प्राथमिकतामा जमिन हुनुपर्ने भवन निर्माणका लागि सहयोग गर्ने सकिने गरी छलफल भएको छ । बिक्रम लिम्बुले विभिन्न उद्योगहरुले प्रदान गरेको कपडाहरु समेत हस्तातरण गर्नुभएको थियो ।
हस्तातरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष मानसिंह विश्वकर्माले यो सन्सारमा हुने खाने र हुँदा खानेहरुको बीचमा भएको वर्ग विभेद नै पहिलो समस्या     भएकोले यसलाई हल गर्नुपर्ने बताउनुभयो । उहाँले खाद्यान्नका लागि ३ हजार रुपैया र बालबालिकालाई अध्ययनका लागि स्टेशनरी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले वडा पालिका र स्थानीय समाज सेवी मिलेर जमिन उपलब्ध, सामुदायिक बन उपभोक्ता समूहले काठ निशुल्क सहयोग, गाउँपालिकाले जस्ता पाटा, मोहिम प्रा.ली.ले मजदुर खर्च, माननीय ऊर्जा मन्त्री, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरको पनि सुरक्षित आवास कार्यक्रम अन्तर्गत सहयोग जुटाउन सकिने र त्यसको लागि सामाजिक अगुवाई आफूले गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा वडा अध्यक्ष अमरजित पुनमगरलाई सबैको सहयोगमा काम गर्न आफूहरु पनि तयार रहेको बताउनुभयो । उहाँले सबैको सहकार्यमा काम समन्न गर्न सकिने त्यसको लागि सहयोग गरिदिनका लागि अनुरोध गर्नुभयो । रोल्पा जिल्लाको सामाजिक विकासक्रममा हिसावले फगाम पनि निकै पछाडि परेकोले सहयोग गरि दिनका लागि अनुरोध गर्नुभयो ।
रोल्पा जिल्लाको फगाममा आर्थिक, सामाजिक हिसावले निकै कमजोर साथै भौगलिक रुपले भु–क्षय, वादी पहिरो आउने वडा हो । त्यसैमा पनि पनि दलित समुदायहरुको अवस्था निकै कमजोर रहेको छ । ४० वर्षमा १५ जना बाल वालिकाको आमा बन्ने रहर र बुवा बन्ने रहर त पक्कै ठानसरी र भानसिंहलाई पनि थिएन होला । तिनै बालबालिका कुपोषणको समस्याले ग्रसित छन् । तिनै अभावको परिवारलाई सबै मिलेर सहयोग गर्ने तिर राज्य, स्थानीयतह, नागरिक समाज, सरोकारवालाहरुहले सहयोग चाहिन्छ त्यसतर्फ लाग्ने कि ? त्यसका लागि मोहिम फिल्मी प्रा.ली. र वडापालिका, गाउँपालिका लगायतले सहयोग गरी भानसिंह परियार र ठानसरी लगायत बालबच्चाको जीवनमा खुशियाली दिनका लागि सबैको सहयोगको  सक्दो सहयोग गर्ने की ?

You may also like