नेपाल रेडक्रस सोसाइटी पोबाङ शाखाले संक्रमितलाई फोनबाट सम्पर्क गर्ने


राेल्पा समाचार जेठ १३ गते बिहीवार


नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङले सुनछहरी गाउँपालिका भित्र कोरोना संक्रमित भएकाहरुको बारेमा टेलीफोन मार्फत सम्पर्क गरि स्वास्थ्य अवस्था बारे जानकारी लिने कार्य भएको छ ।
सुनछहरी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाको केन्द्र पोबाङ, वडा नम्बर ५ कसला, वडा नम्बर ३ बाहिरीगाममा गरिएको एन्टिजेन परिक्षणमा ५३ जनालाई कोरोना पोजेटिभ देखिएको थियो । ती संक्रमितहरुको बारेमा उपशाखा पोबाङले ३५ जनासंग टेलीफोन सम्पर्क गरि संक्रमितहरुको अवस्था बुझि, आवश्यक सल्लाह सुझाव दिनुको साथै उपशाखाले संक्रमितहरुलाई कुनै किसिमको स्वास्थ्य समस्या भएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ । परामर्श सहित सुझाव दिइएको र अन्य सहयोग र समन्वयको लागि उपशाखा सभापति खिमबहादुर बिष्टको मोबाईल नम्बर ९८४७९३३९३० मा सम्पर्क गर्न समेत अनुरोध गरिएको उपशाखा सभापति बिष्टले बताए ।
अन्य संक्रमितहरुलाई पनि भोलि सम्पर्क गरि अवस्था बुझ्नुको साथै परामर्श दिने कार्यक्रम रहेको सभापति बिष्टले बताए । साथै संक्रमितहरुको स्वास्थ्य अवस्था सबैजनाको सामान्य रहेको बताईएको छ ।

You may also like