प्रदेशी छोराको बुबा–आमाप्रती समर्पित ‘मन्दिरमा पुज्ने’ अहिलेसम्मकै उत्कृष्ट गीत सार्वजनिक

प्रदेशी छोराको बुबा–आमाप्रती समर्पित ‘मन्दिरमा पुज्ने’ अहिलेसम्मकै उत्कृष्ट गीत सार्वजनिक
सुविनराज सेर्पाली असोज ११ गते ।

This image has an empty alt attribute; its file name is s.jpg

संघीय गणतन्त्र नेपाल प्राप्तिको खातिर जनयुद्धमा होमिएका पुर्वजनमुक्ति सेनाका विग्रेट कमान्डर देवेन्द्र पुन मगरको गीति एल्बम ‘मन्दिरमा पुज्ने’ बोलको गीत सार्वजनिक भएको हो ।
यस गीति एल्बम जनवादी गायक सर्जक एवम् संगीतकार मोहित श्रेष्ठको युटुब च्यानल मार्फत ‘मन्दिरमा पुज्ने’ गीति एल्बम सार्वजनिक भएको छ । उहाँको स्वर तथा संगीतमा म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतको म्युजिक भिडियोको प्रमुख पात्र गायक मोहित श्रेष्ठले निर्वाह गर्नुभएको छ ।

This image has an empty alt attribute; its file name is s.jpg

यस गीतमा मोहित श्रेष्ठ, हर्क बुढा, सुमित्रा घर्ती तथा बाल कलाकार विजेश गुरुङको अभिनय रहेको देवेन्द्र पुनको साँगीतिक कोशेली अत्यन्तै मार्मिक र मर्मस्पर्शी छ । लाखौं प्रदेशिएका युवायुवतिहरुको दायित्व र महत्वलाई मानव जीवनको जन्मदाता बुबा–आमाप्रति सहानुभुती र आफ्नो कर्तव्यबोध यस गीत एल्बमले झाल्काएको छ । चरम देशको गरीवी र अस्थिर राजनीतिक अस्वस्थ प्रणालिमा राज्य ग्रसित हुँदा जन्म दिने बुबा–आमा वृद्ध अवस्थामा छोडेर मुग्लान जानुपर्ने आम नेपाली युवाहरुको पीडा र बुबा–आमाको सपना साहाकार बनाउने उद्वेश्य राखेर मुग्लान छिरेका हजारौं युवाहरुको मर्मप्रती समेत ‘मन्दिरमा पुज्ने’ गीति एल्बमले झल्काएको छ । यस गीत एल्बमको रचनाकार तथा सर्जक देवेन्द्र पुन देशमा रोजगार नपाएपछि हाल प्रदेशमा आफ्नो परिवारको खुसिको लागि जापानमा काम गर्दै हुनुहुन्छ ।

You may also like