राष्ट्रिय दलित सङ्ग्रालय निर्माण उपभोक्ता समितिको बैठक

राष्ट्रिय दलित सङ्ग्रालय निर्माण उपभोक्ता समितिको बैठक

This image has an empty alt attribute; its file name is m1.jpg


२५ गते असार ।

सर्मिला बि.क.
लिबाङ–रोल्पा
रोल्पा नगरपालिका ६ नंं. वडा कोटगाउँ कालाथोक स्थित निर्माधिन राष्ट्रिय दतिल सङ्ग्रालय निर्माण उपभोक्ता समितिको शुक्रबार बैठक लिबाङमा सम्पन्न भएको छ ।


राष्ट्रिय दलित संग्रालय सञ्चालन एवं व्यवस्थापन समितिका अध्यक्ष एवं निर्माण उपभोक्ता समिसमितिका अध्यक्ष मानसिंह विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको बैठकले राष्ट्रिय दलित सङ्ग्रालय निर्माणको क्रममा आर्थिक रुपले सहयोग उपलब्ध गराई भवन सिलान्यास गर्नुहुने प्रमुख अतिथि एवम् संघीय सरकारका पूर्व उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्तीमगर, शिक्षा तथा स्वाथ्य समितिका सभापति संघीय सांसद जयपुरी घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुन, निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन, जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राज बहादुर बुढा, रोल्पा नगरपालिका प्रमुख पुर्ण के.सी, नेपाली काँग्रेस पार्टी रोल्पा जिल्लाका निवर्तमान सभापति एवम् समाज सेवी कृष्ण बहादुर घर्तीमगर, रोल्पा नगरपालिका ६ नं. वडा अध्यक्ष तुल बहादुर घर्तीमगर, संयुक्त दलित जनअधिकार मञ्च रोल्पाका संयोजक कर्मलाल परियार, सह संयोजक मोहन परियार, संयुक्त दलित जनअधिकार मञ्च रोल्पा, नगरपालिका ६ नंं. वडा अध्यक्ष तुलबहादुर घर्तीमगर, संयुक्त जनअधिकार मञ्च कोटगाउँ रोल्पाका अध्यक्ष धनसिंह विश्वकर्मा, भवन निर्माणमा काम गर्ने सकर्मी, डकर्मी, निर्माण समाग्री उपलब्ध बनाउने व्यवसायी, निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन चालक लगायत प्रत्यक्ष वा अप्रत्यक्ष सहयोगी भूमिका निर्वाह गर्नुहुने सहयोगी निकायहरुलाई धन्यावाद ज्ञापन सहित आगामी दिनमा पनि सहयोगको लागि अनुरोध गर्ने, सङ्ग्रालय निर्माण कार्यमा काम गर्ने सिकर्मी, डकर्मी, निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनका चालक सहित समेत धन्यवाद व्यक्त गरेको छ ।

This image has an empty alt attribute; its file name is 2.jpg


साथै बैठकले भवन निर्माणका लागि सामाग्री उपलब्ध गराई दिने व्यवसायीहरुलाई विल अनुसार भुक्तानी गर्ने, सङ्ग्रालयको भवन निर्माण गर्न उपभोक्ता समितिले उद्वेश्य अनुसार निर्माण गरेको निस्कर्ष समेत निकालेको छ । वृहत रुपले सङ्ग्रालयको भवन निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्नका लागि तत्काल भवनको जग्गामा माटो राखेर सम्याउने र गिट्टी परेमा खोलाबाट जम्मा गर्ने, सङ्ग्रालय वरिपरी धुपी जस्ता वातावरणीय सौन्दर्य बढाउने विरुवाको वृक्षारोपन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु पारित भएका छन् । उपभोक्ता समितिको अध्यक्ष मानसिंह विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठकमा संयुक्त दलित जनअधिकार मञ्च रोल्पाको संयोजक कर्मलाल परियार, संयुक्त दलित जनअधिकार मञ्च रोल्पा नगरपालिका ६ नंं. वडा अध्यक्ष धनसिंह विश्वकर्मा, सचिव दामोदर बि.क, सह सचिव कृष्ण प्रसाद परियार, उपभोक्ता समितिको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
साथै बजेटको लागि केन्द्र र अन्य स्थानमा पहल गर्ने समेत निर्णय गरेको छ ।

You may also like