भाइरसको संकटमा समितिमार्फत चैत्र खानेपानीको शुल्क छुट

१५ गते, चैत्र
लिबाङ–रोल्पा


रोल्पा शहरी खानेपानी उपभोक्ता समिति तथा सरसफाइ समिति लिबाङ रोल्पाले आज एक सूचना जारी गर्दै चैत्र महिनाको पानीको शुल्क मिनाह गरेको छ ।

भाइरसको संकटको समयमा यस निर्णयले उपभोक्ताहरुलाई राहत हुनेभएको छ ।
रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समिति लिबाङ रोल्पाको अध्यक्ष लिलाधर आचार्यद्वारा हस्तारक्षर जारी सूचना मार्फत शुक्रबार समितिको सम्पन्न बैठकले साविक लिबाङ बजार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति लिबाङ रोल्पा मातहत उपभोक्तालाई विश्वभरि फैलिएको महामारी कोरोना भाइरसको महामारीलाई मध्येनजर गर्दै २०७६ साल चैत्र महिनाको

खानेपानीको शुल्क छुट गर्ने निर्णय गरेको हो । यति बेला भाइरसकै कारण संघीय सरकार नेपालले लक डाउन कार्यन्वयनमा ल्याएको छ । यसले गर्दा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द हुँदा उपभोक्ताहरुलाई समस्या परेको छन् ।

यस्तै निर्णय विभिन्न निकायहरुले गरेका छन् । यस भाइरसबाट बच्नको लागि सुरक्षित हाम क्वारेन्टाइनमा बस्नुसँग व्यक्तिगत आनीबानीमा विशेष ध्यान दिन आवश्यक छ ।

You may also like