रोल्पा नगरपालिकाद्धारा ६३ ओटा बयर बोका बितरण

लिबाङ रोल्पा
असार ११ रोल्पा

कृषि र पशुपालनलाई प्राथमिकता दिएको रोल्पा नगरपालिकाले कृषकहरुलाई बुधबार एकैसाथ ६३ वटा बयर बोका बितरण गरेको छ । बयर बोका वितरण व्यवसायीक बाख्रा पालनमा प्रोत्साहित गर्नेभएको छ ।
कार्यक्रममको प्रमुख अतिथि एवं ५नं प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनले नगरपालिकाले थालेको यो अभियानलाई सबै कृषकहरुले साथ दिएमा पशुपालनको क्षेत्रमा रोल्पा नगरपालिका नमूना बन्ने बताउनुभयो । अब आफ्नै ठाउँमा बाख्रा पालन व्यवसायी गर्ने वातावरण नगरपालिकाले सिर्जना गरेको छ, सोही वातावरणमा नगरबासीहरुले व्यसायी बाख्रापालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । सहयोग निकायहरुले बाटो देखाउने मात्र हो बाँकी अन्य व्यवस्थापन व्यवसायीले नै गर्नुपर्ने धारणा व्यक्त उहाँले व्यक्त गर्नुभयो । नगरपालिकामा व्यवसायीक बाख्रा पालन व्यवसायीलाई आगामी दिनमा पनि थप सहयोग सहित प्रोत्साहन गर्नुपर्ने प्रमुद अतिथि पुनले बताउनुभयो । कृषि तथा पशुपालनमा कृषकहरुलाई उन्नत प्रविधि र आर्थिक रुपमा नगरबासीको पहुँच पु¥याउने उद्धेश्यले ४५ लाख बजेट बिनियोजन गरिएको नगर प्रमुख पुर्ण के.सी.ले बताउनुभयो । त्यसैगरी प्रमुख प्रशाशकीय अधिकृत सावित्रा पुन थापाले कृषकहरुलाई पशुपालनमा टेवा पु¥याउने उद्धेश्यले ल्याईएको यो कार्यक्रमले सही काम हुने अपेक्षा समेत व्यक्त गर्नुभयो ।


बयर बोका बितरण कार्यक्रममा रोल्पा नगरपालिकाका नगर उपप्रमुख मनकुमारी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती, रोल्पा नगरपालिकाका १० वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका पदाधिकारीहरु लगायतको सहभागिता नगरपालिकाको १० ओटा वडा भित्र पर्ने साबिकका वडाहरुमा एक एक वटा बयर बोका बितरण गरिएको हो । उन्नत जातको ७५ प्रतिशतको बयर बोका प्रदान गरिएको हो । उक्त बयर बोका र स्थानीय जातको बाख्राबाट उत्पादन हुने पाठापाठीबाट उन्नत जातका बाख्राहरुको बृद्धि हुने नगरपालिकाले अपेक्षा गरेको छ । सोही रकमबाट करिब ४३ लाखको ढुवानी र बयर बोका खरिद गरेर कृषकहरुलाई बितरण गरिएको नगर प्रेस संयोजक देवी गुरुङले बताउनुभयो ।

You may also like