राेल्पाबाट क्रान्तिका नायक प्रचण्डलाई खुला पत्र


( भुवन प्रकाश पुन) रोल्पा
लुग्री गाउँपालिका सात हार्जङ रोल्पा

कमरेड प्रचण्ड
क्रान्तिकारी लालसलाम
विषयः माओवादी एकताको लागि (खुल्ला पत्र)
नेपाली कम्यूनिष्ट आन्दोलन छेदबिच्छेद अवस्थामा आएको कुरा सबैलाई नै अवगत रहेको छ । कम्यूनिष्ट पार्टीमा दक्षिणपन्थी, नवसंसोधनवादी, प्रतिक्रियावादीहरूलाई घुसाएर विश्व कम्यूनिष्ट आन्दोलनलाई समाप्त पार्न विश्वभरका साम्राज्यवादीहरु, प्रतिकियावादीहरु, एन्तिकम्युनिष्ट शक्तिहरु लागिरहेका छन् यो कुरा विश्व जगतलाई थाहा छ । नेपाली कम्यूनिष्ट आन्दोलनमा पनि नेपालको कम्यूनिष्ट आन्दोलनलाई समाप्त पार्न अमेरिकी साम्राज्यवादी, भारतीय बिस्तारवादीका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एन्तिकम्युनिष्ट शक्तिहरु प्रत्यक्ष रुपमा लागिरहेका कुरा सर्बजिवितै छ ।
विशेष त ति एन्तिकम्युनिष्ट शक्तिहरु नेपालमा माओवादी आन्दोलनलाई असफल पार्न भएभरका सबै कसरतहरू गरिरहेका छन् र माओवादी आन्दोलनलाई बिभिन्न हाँगाहरूमा बिभाजित पार्न सफल भएका कुरा हाम्रो आखा अगाडि नै देखिरहेका छौ। एन्तिकम्युनिष्ट शक्तिहरु ले जसरी माओवादी आन्दोलनलाई असफल बनाउनको लागि रणनीति बनाई लागिरहेका छन् । त्यसैगरी नै हामीले ति एन्तिकम्युनिष्ट शक्तिहरुको रणनीतिहरूलाई पराकाष्ठ पार्न, तुहाईदिनको लागि माओवादी आन्दोलनको नेतृत्वकर्ताहरूले पनि नयाँ रणनीति बनाउदै माओवादी एकता गरी अगाडि बढ्न आवश्यक छ । माओवादी आन्दोलनको एकता समयको माग हो, कार्यकर्ता को माग हो, शहीदहरुको सपना हो । यो देश र जनताको बर्तमान र भविष्यको आवश्यकता पनि हो । विश्व कम्यूनिष्ट आन्दोलन र नेपाली माओवादी आन्दोलन को आवश्यकता पनि हो ।
तसर्थ सबै माओवादी आन्दोलन को नेतृत्वकर्ताहरूले एक पटक आत्मसमिक्षा गर्न आवश्यक छ । हाम्रो नेतृत्वहरूले बिभाजित भएर झन कमजोर भयौँ बर्तमान हाम्रो बाटोबाट हामी सफल हुन सक्दैनौ । हामीले क्रान्ति गर्यौ तर आज क्रान्तिको प्रतिफल हाम्रो दुश्मनहरूले उपयोग गरिरहेका छन् । हजारौ शहीदहरुको बलिदानले कोरिएको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आज धरापमा पर्यो, माओवादी क्रान्तिको उपलब्धिहरु खतरामा छन् । भनेर सबैले आत्मालोचना गरेर माओवादी आन्दोलनको नेतृत्वकर्ताहरूले सोच्ने कि नसोच्ने ?
तुतफुत भएका सबै माओवादी आन्दोलनका नेतृत्वकर्ताहरू एक भई बर्तमान समयमा विशाल एकीकृत नेकपा (माओवादी) निर्माण गरेर माओवादी आन्दोलनको सुदुर भबिस्य कोरेर एउटा सुनौलो नयाँ इतिहास कोर्नुपर्दछ । कमरेड प्रचण्ड आजको प्रचण्ड होइन जनयुद्ध कालिन समयको प्रचण्ड हुनुपर्छ । भावनामा डुब्ने होइन बन्दुकको गोलि झै बढ्ने हो अघि । कमरेड हजुरले जसरी जनयुद्ध कालिन समयमा एउटा सुनौलो इतिहास कोर्नु भएको छ अव फेरी माओवादी आन्दोलनलाई एकीकृत बनाएर विश्व कम्यूनिष्ट आन्दोलन र नेपाली कम्यूनिष्ट आन्दोलनको एउटा सुदुर भबिस्य कोरेर अघि बढ्नको लागि अनुरोध गर्दछु ।
माओवादी एकता को लागि माओवादी आन्दोलन को नेतृत्वहरु बैद्य, बिप्लब, बाबुराम, गोपाल किरातीसंग छलफल गरि अघि बढ्न म अनुरोध गर्दछु ।

You may also like