नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति रोल्पाको अध्यक्षमा : लभलाईट वली


खुमबहादुर सुनार
२०७८ माघ २२ लिबाङ रोल्पा,

This image has an empty alt attribute; its file name is karmachair-sng-1024x576.jpg

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती रोल्पा जिल्लाको छैठौँ जिल्ला अधिवेशन शनिबार लिबाङमा सम्पन्न भएको छ । छैठाँै जिल्ला अधिवेशनले लभलाईट वलीको अध्यक्षतामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती रोल्पा जिल्ला कार्य समिति चयन गरेको छ ।
अधिवेशनका प्रमुख अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) प्रदेश सदस्य एवं जिल्ला समन्वय समिति रोल्पाका संयोजक सुरेन्द्र थापा घर्तीमगरले कर्मचारीहरु पाटले लिएको योजना अनुसार सरकारका काम कार्यलाई सम्पादन गर्नका लागि अनुरोध गर्नुभयो । कर्मचारीहरु स्थायी जनशक्ति भएकोले गर्दा विकास निर्माण र जनताको जीवनस्तरलाई परिवर्तन गर्नका लागि सबैले निरन्तर रुपमा लाग्नु पर्ने बताउनुभयो । उहाँले माओवादी केन्द्रमा आस्था राख्ने कर्मचारी भएकोले कार्य सम्पादनमा अझै प्रभावकारी र सही ढंगले सम्पादन गर्नका लागि अनुरोध गर्नुभयो । रोल्पा जिल्लालाई मओवादीको आधार इलाका झै कर्मचारीहरुको पनि आधार इलाका बनाउनको लागि कुशल संगठन बनाउको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण क्षेत्रीले संघीयतालाई सफल बनाउनको लागि कर्मचारीको महत्पूर्ण भूमिका रहेको बाउनुभयो । अझै यसलाई मजबुत बनाउको लागि प्रभावकारी भूमिकाको आवश्यक रहेको बताउनुभाये ।
यसैगरी कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका लुम्बिनी प्रदेश समितिका सचिव कमलराज वलीले कर्मचारीहरुले आफ्नो नीति र विधिमा रहेर सुसासन कायम गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले संगठनका हिसावल माओवादी केन्द्रमा आस्था राखेमा पनि सबैको सेवा प्रवाहमा सहजता कायम गर्नका लागि अनुरोध गर्दै सधै सुसासन कायम गर्नका लागि थप योगदान गर्नुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश अध्यक्ष कर्मलाल परियार, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका सँस्थापक अध्यक्ष तेजराज आचार्य, नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला कार्य समितिका अध्यक्ष नोखराज पोख्रेल, निजामति कर्मचारी यूनियन रोल्पाका अध्यक्ष इन्दिरा आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर लगायतको आतिथ्यता रहेको थियो ।

This image has an empty alt attribute; its file name is 3-1024x576.jpg


समितिको उपाध्यक्षमा ललित घर्तीमगर, प्रताप घर्तीमगर, खिमराज कुवर (क) सचिवमा खिमराज कवर (ख) सहसचिवमा हरबिहादुर कवर, कोषाअध्यक्षमा मतिलाल कवर, सदस्यमा बलबहादुर बाठा, शुसिल प्रकास सुनार, नन्दकिशोर घर्तीमगर, हिमा गुरुङ, सुन्दर घर्ती, सुमन थापामगर, महेन्द्र केसी, देवदत्त रिजाल, गणेशबहादुर विष्ट, धर्मजित विसी, कुलराज घर्ती रहनुभएको छ ।
यस्तै केन्द्रीय प्रतिनिधीहरुमा श्याममणी विक, पदम प्रसाद रिजाल, बासुदेव उपाध्याय, कमल केसी रहनु भएको छ भने प्रदेश प्रतिनिधीमा धनश्याम वली, धनबहादुर घले, विरभद बाठा, विकास बिक्रम आले, महेन्द्र पुन र रमेश गिरी रहनुभएको छ ।
रोल्पा जिल्लामा सबै गाउँपालिकामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको अधिवेशनहरु सम्पन्न गर्दै अगाडि बढेको छ । जिल्ला अधिवेशन सकेर अब आगामी दिनमा जिल्ला व्यापी रुपमा कार्यक्रम गर्ने र जिल्लामा आफ्नो संगठनको बलियो पनलाई अझै मजबुत बनाउने कार्यमा लागेको अध्यक्ष लबलाईट वलीले बताउनुभयो ।

You may also like