नरबहादुर स्मृति ग्रामीण सेवा संस्थाबाट छात्रावृत्ति वितरण

नर बहादुर स्मृति ग्रामीण सेवा संस्थाबाट छात्रावृत्ति वितरण

This image has an empty alt attribute; its file name is b4-1024x485.jpg


२५ भाद्र, लिबाङ ।
नर बहादुर स्मृति ग्रामीण सेवा संस्था, सुनिलस्मृति–४ सुलिचौर, रोल्पाले १७ जना अत्यावश्यक विद्यार्थीलाई आज छात्रवृत्ति कार्यक्रम चन्द्रप्रभा माध्यमिक विद्यालय मिझिङको प्राङ्गणमा सम्पन्न भएको छ । ति विद्यार्थीहरुलाई अध्ययनमा थप सहयोग पुग्ने भएको छ ।
कार्यक्रममा समाज सेवी अमर बहादुर थापा, खगेन्द्रकुमार विष्ट, केशर कुमार विष्ट, ओम प्रकाश विष्ट, तिल बहादुर वली, पत्रकार दीपेश विष्ट, वीर्ख बहादुर विष्ट, अभिमानसिंह घर्तीमगर, प्रेम बहादुर विष्ट, दुर्गा बहादुर विष्ट, दुर्गा बहादुर पुनमगर, तुकमान विष्ट लगायत समाजसेवी, वुद्धिजीविहरुले संस्थाको प्रगतिको कामना सहित शुभकामना मनतव्य राख्नुभएको थियो । चन्द्रप्रभा माध्यमिक विद्यालय मिझिङ स्थापना गर्न जग्गा दान गर्ने स्थानीय स्वर्गीयद्वय नरबहादुर घर्तीमगर र नरबहादुर विष्टप्रति श्रद्धा सुमन अर्पण समेत कार्यक्रम उपस्थिति आतिथिहरुले गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is b1-1-1024x509.jpg

चन्द्रप्रभा माध्यमिक विद्यालयका मिझिङका १० जना, सूर्योदय माध्यमिक विद्यालय सुलिचौरका ६ जना विद्यार्थी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खुमेलका १ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको संस्थाका संरक्षक भुपनारायण घर्तीमगरले बताउनुभयो । छात्रवृत्ति प्राप्त गर्नुहुने सम्पूर्ण विद्यार्थीहरुलाई संस्थाले शैक्षिक सामाग्रीसहित कक्षा १२ सम्मको अध्ययनको व्यवस्था समेत संस्थाले गरेको उहाँले जानकारी दिनुभयो । संस्थाले चन्द्रप्रभा माध्यमिक विद्यालय मिझिङलाई तीन थान कम्प्युटर पनि प्रदान गरेको छ । निकट भविष्यमा ५ सय जना विद्यार्थी छात्रवृत्ति प्रदान गर्ने लक्ष्य राखिएको संस्थाका संरक्षक भुपनारायण घर्तीमगरको भनाइ छ ।

This image has an empty alt attribute; its file name is b2.jpg

संस्थाका अध्यक्ष सुरज घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका महासचिव फत्तेप्रचण्ड घर्तीमगरले गर्नुभएको थियो भने आमन्त्रीत अतिथिहरुलाई संस्थाका उपाध्यक्ष जीवराज घर्तीमगरले स्वागत गर्नुका साथै संस्थाको उद्वेश्य समेत प्रकाश पार्नुभएको थियो ।

You may also like