जनताले बिगारेका नेता, अभिभावकले बिगारेका शिक्षक

जनताले बिगारेका नेता, अभिभावकले बिगारेका शिक्षक


भुप बहादुर के.सी.
देश परिवर्तन हुनका लागि कि राजनीतिक सुध्रिनु पर्छ कि शिक्षा सुध्रिनु पर्छ । तर, हाम्रो नेपालमा यी दुबै सुध्रिएन र सुध्रिने छाँट पनि देखिएन । यी दुवै बिग्रीनुमा मुख्य दोषी हामी जनता नै हौं । हाम्रो आौकात यस्तै देशको दुर्दशा भोग्नु नै रहेछ । हामी जनताले कस्तो देश हुनुपर्छ भन्ने भेउ नै पाएका छैनौं । अनि हामी अभिभावकले हाम्रा बालबालिकालाई कस्तो शिक्षा दिनुपर्छ भन्ने छेउटुप्पो नै थाहा पाउँदैनौं अनि हाम्रा दिनचर्य फेरिएको सपना देख्छौं तर कस्तो फेर्ने हो अर्थात् हामीले खोजेको के हो पत्तो नै छैन । त्यसै गुटकापछि दौडिएका छौं । हामीलाई प्यारो छ, के।पी।का उखान टुक्का र कटाक्ष भाषणले उतै लाग्यौं । कसैलाई प्रचण्ड कमरेडका बाक्ला जुंगा र सर्लक्क परेको जनयुद्वकालीन कपाल मनपर्छ, कसैलाई माधव जीको ढाका टोपी अनि झलनाथ जीको कालो कपाल मनपर्छ, कसैलाई देउवा जीको नबुझिने भाषै प्यारो, कसैलाई मर्ने बेला प्रधानमन्त्रीको सूचीमा नाम राख्न खोज्ने राम चन्द्र प्यारो, कसैलाई १० वर्ष जनयुद्वमा बलिदान दिन हिडेका हौं भन्ने अहिले चोखिन देश दौडाहमा हिड्ने पि।एच।डि। वाला बाबुराम प्यारो, कसैलाई “यो त जनतालाई भ्रम पारेको हो भनेर भन्नुस्” भन्दै उफ्रिदै सुत्ने वैद्य प्यारो, कसैलाई छुट्टै प्रदेश मागी भारत परस्त हुने मधेसवाद प्यारो, कसैलाई यो सबै बेथितीको उपज संसदीय प्रणाली हो भन्ने खरो भाषणकार विप्लव जी प्यारो तर सबैलाई सुखी र खुसी दिने देश कस्तो हुनुपर्छ भन्दा बकम्फुसे शब्द बोलेर समय काट्ने हामी कस्ता रु अनि सुध्रिन्छ देश रु घरमा श्रीमतीको फुटेको ओठ, चिरा–चिरा खुट्टाका पैतला नदेखि महिलामा समान्ता ल्याउन जेठाजु बुहारीलाई लालसलाम भन्न लगाउँदै हात मिलाउन लगाउने १० वर्षे जनयुद्वका कार्यकर्ताले कहिल्यै प्रचण्डलाई विगत सम्झाउन सक्ने हिकमत गर्नुहुन्छ रु जबजका सिद्वान्तकार स्वर्गीय मदन भण्डारीको हत्याको रहस्य खोज्नु पर्छ भन्न नसक्ने तर अझै गुगलमा मदन भण्डारीको भाषण खोजेर सुन्दैमा देश बन्छ रु मेलमिलाप वि।पि।ले प्रतिपादन गर्दा देशको बागडोर को सँग थियो रु किन र कोसँग मेलमिलाप भनेका हुन् भेउ नपाई वर्षेनी फोटोमा माल्यार्पण गरी देश बन्छ रु वास्तवमा जनयुद्वको नारा ठिक थिए भने माधव नेपाल र झलनाथ जीहरुले किलो सेरा टु अप्रेसनको विरोध किन गर्नुभएन रु उहाँहरु त सत्तामा हुनुहुन्थ्यो नि रु हैन जनयुद्व खराब थियो भने जनयुद्वको मुख्य नाइकेसँग कसरी मिल्न सक्नुभयो रु एउटै मञ्चबाट भाषण दिँदैमा हामीले विश्वास गरी हाल्ने हामी जनता कस्ता रु हामीले अन्तरमनबाट सोच्ने बेला भएको छ । यो बेला वैद्यहरु यो पनि भ्रम त्यो पनि भ्रम आलो काँचो सनक भन्नु हुन्छ । त्यस्तो भए देशको मुहार फेर्ने दनक के हो त रु भन्न सक्नुपर्छ नी रु यो बेला संघीय लोकतान्त्रिक गणतन्त्रको सभासद हुने अनि त्यही संघीयताको विरोद्व गर्ने चित्र बहादुर के।सी।ले सुहाउँछ रु खराब गाई, दुध चाँही मिठो हुँदैन होला नी रु संसदीय प्रणाली कस्तो भन्ने त देखियो नी रु सरकार चलाउन सामान्यतया सभासदको संख्या दुई तिहाई पुग्नु पर्ने तर पुगेन भने किन्नुपर्दोरहेछ । अनि देश चलाउ भनेर जनताले भोट दिने किन बेच बिखनको व्यापार चलाउने रु यो ठिक छैन भन्दा आरोप प्रत्यारोप चल्ने अनि आवेगले फेरी रगत बग्दा प्रतिबन्धित हुनपर्ने आवस्था । हामी जनताले दुबैतिरबाट मार खानुपर्ने कस्तो गणतन्त्रिक कानुन व्यवस्था ।
हामी नेपाली जनता कहिलेसम्म नेताको विश्वासमा अनिर्णयका बन्दि हुने हो रु अब त सोच्नु पर्ने बेला त आयो नि रु सहि र गलत छुट्याउन हिकमत गरी हाम्रा नेतालाई देश यस्तो बनाउनु पर्छ भनौ तर यस्तो बनाउँछौं भन्दैमा विश्वास नगरौं । हाम्रा बालबालिकाले पाउने शिक्षाले नै हाम्रो सन्तानको भविष्य निर्धारण गर्ने हो तर हामीले राजनीतिक आस्थाका भरमा शिक्षालाई आफ्नो र पराई भन्ने हिक्मत किन ग¥यौ रु हामीले विद्यालयमा ६ घण्टा राम्रोसँग अडिन नसक्ने तर गाउँघरमा सहयोग गरेको भरमा ऋणको तम्सुक लेखिदिएको भरमा, वन समूहको खाता पाता मिलाइदिएको भरमा सभा बैठकको माइन्युट निर्णय गरिदिएको भरमा हाम्रा नै राम्रा भन्दै बालबालिकाको भविश्य किन बर्बाद पार्दै छौं रु सोच्ने बेला आएको छ । हामीले कहिलै विद्यालयमा पुगेर आफ्ना बालबालिका कक्षा हेरेका छौं रु हाम्रा बच्चा कक्षामा खुसीले बस्न सकेका छन् वा छैनन् बुझेका छौं रु कुनै विद्यायल जेल सरह त भएका छैनन् । कतै हाम्रा शिक्षकका व्यवहार जेलर जस्तो त भएको छैन रु त्यही हाम्रो तम्सुक लेखिदिएको फाइदा विद्यालयबाट त ल्याउँदै छैन शिक्षकले रु हामीले मन पराएको शिक्षकले हाम्रा बालबालिकाको भविश्य अन्धकार बनाउँदै त छैन रु सोच्ने बेला भएको छ । नेताका गल्ती औल्याउन नसक्दा आज हामी जुन दुर्दशा भोग्दै छौं । त्यो भन्दा ठूला दुष्परीणाम हाम्रा बालबालिकाले भोग्नु पर्ने दिन आउँदै छ । कोभिड–१९ पछि विद्यालय जान नपाएका बालबालिकालाई वैकल्पिक शिक्षाको खोजी गर्दै गर्दा ठूलो दुर्घटना भयो । त्यही दुर्घटनाको परिणामले आज हाम्रा बालबालिका यौन हिंसाका सिकार भएका छन् । अनलाइन शिक्षाबाट घरमै बसी सिक्न निकै सजिलो भयो तर कति सिके मुल्याङ्कन नहुँदा मोबाइल दुरपयोग भयो । मोबाइल चलाउन नजानेका अभिभावकलाई अनलाइन शिक्षा के थाहा रु बच्चाको हातमा मोबाइल छ तर सिकाउने मान्छे छैन । चलाउन त प¥यो नी जसरी भएपनि रु यहि ग¥यो बच्चाले । फिलिम, गीत, फेसबुक, सबै सिक भन्यौं हामीले तर नतिजा खोजिनौं आज विद्यालय जान पाउँदा पनि बच्चालाई त्यहि मोबाइल नशाले किताब पढ्न ध्यान दिनै नसक्ने भैसकेको छ । ल्याउन जाने फाइदा नजाने मानसिक दुर्घटना नै हो मोबाइल प्रयोग । यी भुइ मान्छेका बालबालिका सँधै आकाशे मान्छेका मनोरञ्जनका साधन बन्नु पर्ने कस्तो विडम्बना रहेछ । यही विडम्बना हो हाम्रो देशको । हामी शिक्षक दिन प्रतिदिन नकारात्मक सोचतिर गइरहेका छौं । यहि नकारात्मकतातिर विद्यालयलाई डो¥याइरहेका छौं । हामी जति धेरै मोबाइल प्रयोग गर्छौं उति धेरै आफ्ना सृजनात्मकता गुमाइरहेका छौं । त्यहि गुमाइमा बालबालिका डो¥याइरहेका छौं । हामीले कक्षा कोठामा उहि काल्पनिक चलचित्रको बखान गर्छौ तर आफ्नो जीवनको चलचित्र बिर्सिरहेका छौं । आफ्नो सृजनात्मकतालाई तिखार्न मोबाइल, इन्टरनेटको आवश्यक छ । त्यो हाम्रो सृजना हाम्रो विद्यालय शिक्षाले दिन्छ । कक्षा १० सम्मका बालबालिकालाई मोबाइलको कुनै जरुरी छैन र यी बालबालिकालाई गतिलो शिक्षक हुने हो भने हाम्रा सरकारी पाठ्य पुस्तक नै प्रशस्त ज्ञानका स्रोत हुन् । जतिपनि ज्ञान दिन सकिन्छ । थप ज्ञानको लागि अनलाइन र नेटइन्टरनेट हुन् तर पाठ्य पुस्तकको ज्ञान विनाको अनलाइन शिक्षा वौद्धिकता विनाको प्रविधि जीवनका खतरनाक विष हुन् । यही भएको छ अहिलेको शिक्षा ।
हामी जनताले हाम्रो नेतालाई चुनावमा गरेको बाचा कस्ता थिए । पूरा भएका छन् कि छैनन् सोधेका छौं रु उहाँहरुलाई चुनावमा भोट माग्न आउँदा यस्तो हुनुपर्छ हाम्रो गाउँ भनेका छौं रु हामीलाई यस्तो शिक्षा चाहिन्छ भनेको छौं रु हामीले सामान्य स्वास्थ्य उपचार निःशुल्क हुनुपर्छ भनेका छौं रु यदि छैनौं भने केका गुनासो रु अनि हाम्रा बच्चालाई यस्तो शिक्षा चाहिन्छ, यस्तो संस्कार दिनुहोस् भनेर शिक्षकलाई भन्न सकेका छौं रु १० वर्ष पढेर व्यवहारिक हुन नसकेका बच्चाको चिन्ता गर्न सकेका छौं रु हामीले नेतालाई बिगार्यौ जे भन्छन् त्यही मान्यौं । हामीले शिक्षकलाई बर्बाद मात्र गरेनौं ध्वस्त बनायौं कक्षामा गएको नगएको पत्तो नपाउनाले । कसैलाई यो लेखले आक्रोसीत बनाउला तर अल्पसंख्याक शिक्षक राम्रो हुनुहुन्छ । सामुदायिक विद्यालयमा पढाउने बहुसंख्याक शिक्षकका कारणले शिक्षा ओरालो लागको छ । हामीलाई आफ्नो पेशा भन्दा बजारका राजनीतिक प्यारो छ । हामीलाई यथार्थ जनजीवन भन्दा फेसबुके जीवन प्यारो छ । हातमा पाठ्यपुस्तक छ तर मन मनमा विदेशी संस्कारका कुन्ठाले जलाउँदै छ । त्यही शिक्षा दिन हामी लालयीत छौं । हाम्रो माटोले के खोजेको छ रु हाम्रो उत्पादन के हो रु हाम्रो बजारले केको माग गर्छ त्यता भन्दा हामी विदेशले के माग छ । त्यस्तो शिक्षामा जोड दिँदा हाम्रा देशको हबीगत यो हुन बाध्य भएको छ । विना आधार विद्यालय खोल्न अभिभावकलाई उचाली रहेका छौंं । यहाँ हामी शिक्षकले न भने जस्तो विद्यार्थी बनाएका छौं । दक्ष जनशक्तिबाट शिक्षा दिन सकिन्छ तर हामी कक्षा थप गर्न र विद्यालय खोल्न तछाड मछाड गर्दैछौं । आजको आवश्यकता के हो रु पाठ्यपुस्तकले दिन खोजेको ज्ञान के हो रु पाठ्यापुस्तकले दिन खोजेको ज्ञान के र कति हो त्यसको ख्याल नगरी खोलिएका प्रस्तावित विद्यालयले वास्तावमा गाउँ–गाउँमा अपराधिकरण बढाउँदै लगेको छ । अभिभावकलाई राम्रो शिक्षक छान्ने ज्ञान नभएर हो वा यस्तै चाहेको हो । विद्यालयमा १० वर्षसम्म एउटै विद्यालयमा बस्नुपर्ने अधिकार शिक्षकलाई कसले दियो रु यो खराब पक्ष हो । विद्यालयका लागि एउटै विद्यालयमा लामो समय बस्नुपर्ने सरुवाको नीति नहुनाले विद्यालय शिक्षा बिग्रीयो भने पटक÷पटक एउटै नेतालाई जिताउँदा देश बिग्रीयो । हाम्रो नेपाल बिगार्ने कुनै विदेशी शक्ति होइन । हामी जनताको नै हौं ।

You may also like