रोल्पामा २०५ जनामा कोरोना संक्रमित पुष्टि, एकजनालाई हेलीबाट काठमाण्डौ लगियो


राेल्पा समाचारदाता
बैशाख २८

This image has an empty alt attribute; its file name is korana-28-sajha-1024x724.jpg


कोरोनाको दोस्रो चरणको लहर नेपालमा तीव्र रुपमा फैलिएको बेला रोल्पा जिल्लामा २०५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारी अनुसार बैशाख २८ गतेसम्ममा २०५ जनामा पुष्टि भएको जनाइएको हो ।
मंगलवारसम्मको रिपोर्ट अनुसार ४७१ जनाको पी.सी.आर. परिक्षण गर्दा १२४ जनामा संक्रिमत पुष्टि भएको हो । यस्तै २११ जनामा एन्टीजेन्ट परिक्षण गर्दा ९२ जनामा संक्रिमत पुष्टि भए संगै रोल्पा जिल्लामा २०५ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले बताएको छ । संक्रमितहरु १८३ जना होम आइसोलेशनमै रहेका छन् भने जिल्ला अस्पताल रेउघामा १७ जना र रोल्पा जिल्लाका विभिन्न आइसोलेशनमा ५ गरी २१ जना उपचारमा रहे पनि ति संक्रमितहरुको अवस्था समान्य एवं सुधार उन्मुख रहेको प्रशासन कार्यालय रोल्पाले बताएको छ । जिल्लामा ७६ बेड संख्या रहेको छ । रोल्पा जिल्लामा अक्सीजनको संख्या ८ र १८ वटा एम्बुलेन्स जिल्ला भित्र रहेको बताइएको छ ।
रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले रोल्पा जिल्लामा आइतबार नै एक जना विरामीलाई हिलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौँ लगिएको बताउँदै विरामी भए पनि एन्टीजेन किट नभएकोले चेक भन्दा उपचारमै ध्यान दिनु पर्ने बताउनुभयो ।

You may also like