नेपाली कांग्रेस पार्टी रुन्टीगढी गाउँपालिका रोल्पाद्वारा विजयदशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान

नेपाली कांग्रेस पार्टी रुन्टीगढी गाउँपालिका रोल्पाद्वारा विजयदशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान

This image has an empty alt attribute; its file name is का‌ग्रेस-क.jpg


२२ असोज, रोल्पा ।
नेपाली काँग्रेस पार्टी रुन्टीगढी गाउँपालिकाको विजयादशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम होलेरीमा आज होलेरीमा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथीमा पुर्व सिंचाई राज्यमन्त्री तथा नेपाली कांग्रेस पार्टी रोल्पा जिल्ला सभापति अमर पुनले विजयादशमी तथा दिपावलीको शुभकामना व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका पार्टी रुन्टीगढी गाउँपालिकाका नव निर्वाचित पदाधिकारीहरुलाई कार्यकालको शुभकामना सहित सफल कार्यकालको शुभकामना उहाँले प्रदान गर्नुभयो । उहाँले नेपाली कांग्रेसका कार्यकर्ताहरुले पनि सही र सत्य कुरालाई जहिले पनि अनुसरण गर्दै जनताको सेवा गर्नको लागी आग्रह गर्नुभएको छ ।

This image has an empty alt attribute; its file name is काग्रेस-ख.jpg

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथिमा पुर्व सांसद लेखनाथ आर्चाय, नेपाली कांग्रेस पार्टी रोल्पा जिल्ला उप सभापति किशोर कुमर आचार्य,, अतिथिहरू नेपाली कांग्रेसका पार्टी राप्ती अञ्चल समन्वय समितीका टेक बहादुर बस्नेत, नेकपा (एमाले) रोल्पा जिल्लाका अध्यक्ष बालाराम बुढा लगायत लगायतको आतिथ्यता थियो । कार्यक्रममा पार्टीका विभिन्न भातृसंघका प्रमुख तथा प्रतिनिधीहरू, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू पार्टीका आस्थावान कार्यकर्ताहरू र सञ्चारकर्मीहरुको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको आयोजकले बताएको छ । नेपाली कांग्रेस पार्टी रुन्टीगढी गाउँपालिका रोल्पाका सभापति जनक पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव नारायण लामिछानेले गर्नुभएको थियो भने स्वागत उप सभापति भुप बहादुर बोहराले गर्नुभएको थियो ।

You may also like