माघे मेला तथा महोत्सवको उद्घाटन अन्नत लगायतका नेता रोल्पा आउँदै

मानसिंह बि.क
लिबाङ– रोल्पा

माघ १ गते
जेलबाङका भुवन बुढामगर बुवा आमाको घर उद्घाटन एवं आदिबासी जनजातिको महान चाड माघे सकरातीको अवसरमा जिल्लामा आयोजित माघे मेला तथा महोत्वसको उद्घाटनको निम्ति राष्ट्रिय नेताहरु फेरी रोल्पामा आउनु हुने भएको छ । माघ २ गते रोल्पाको विभिन्न गाउँमा आउने कार्यक्रम तय भएको छ ।
विजयी पश्चात जेलबाङमा पुगेका प्रतिनिधि सभा सदस्य वर्षमान पुनमगर ‘अनन्त’ले शहीदका बुवा मंगले बुढाको घर निर्माण गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सो घरको पनि शिलेन्यास गर्ने र विभिन्न मेला तथा महोत्सवको उद्घाटनको लागि आउनुभएको हो । माघ २ गते उपप्रधान तथा दाङ २ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा, प्रतिनिधि सभाका सदस्य वर्षमान पुनमगर ‘अन्नत’, निवर्तमान सभामुख ओनसरी घर्तीमगर लगायतको एक टोली आउने भएको छ । यसैगरी कार्यक्रममा प्रदेश सभा सासंद कुलप्रसाद के.सी. ‘सोनाम’, दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ लगातय अन्य नेताहरु पनि सहभागी हुने भएका छन् ।
नेपाल बहुजाति देश भएकाले पनि विभिन्न जातिमा आधारित चाड पर्व मनाउने विशेषता नै हो । सोही अनुरुप आदिबासी जानजातिको महान चाडको अवसरमा जिल्लामा विभिन्न यूवा क्लवको पहलमा माघे मेला तथा महोत्वसको आयोजना गरिएको छ । सोही दिनमै स्टार यूवा क्लव सुनछहरी गाउँपालिका ७ जेल्बाङमा आयोजित माघे मेला तथा महोत्वस, टिटि यूवा क्लव सुनछहरी गाउँपालिका भित्री गाम, माडीचौरमा सम्पन्न माघे मेला तथा खेलकुद महोत्सवका एकै दिन उद्घाटन गर्नुभएको छ । रोल्पाको सिर्प जुतुङ खोलामा आयोजित कार्यक्रममा समेत सहभागि हुने प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगरले जाकारी दिनुभयो । सो टोली हिलिबाट जेलबाङ, गाम, जुतुङखोला हुँदै माडीचौरसम्म पुग्ने समेत बताइएको छ ।
माघे सकराती पर्वलाई अन्य समुदायले पनि विशेष पर्वको रुपमा मनाउने विकास भएको छ । जुन भावनाको विकास समाजमा सामाजिक सद्भाव बढाउने माध्यमको रुपमा लिनेको गरेको पाइन्छ । माघे मेला तथा महोत्वसको अवसरमा फुटबल, भलिबल लगायत साँकृतिक प्रतियोगिता आयोजना गरिएको छ । महोत्सवमा आयोजित कार्यक्रममा जिल्ला भित्र लगायतका जिल्ला बाहिरका प्रतियोगिहरुको सहभागी हुने आयोजकले बताएका छन् । जिल्लामा परम्परागत रुपमा माघे पर्वलाई सामान्य पर्वको रुपमा मनाउने प्रचलन थियो । तर समय बित्दै जाँदा माघे सकराती पर्वलाई मेला तथा महोत्वस रुपमा मनाउने विकास भएको छ । त्यसैले जिल्लामा औपचारिक रुपमा माघे सकराती अवसरमा आयोपजत माघे मेला तथा महोत्वसमा हार्दिक निमन्त्रणा समेत गरेको छन् । रोल्पा साँस्कृतिक धरोहरको रुपमा रहेको जिल्लामा शिक्षा, साँस्कृति, आर्थिक लगायतका क्षेत्रमा विकास गर्नुपर्ने धारणा जिल्लाबासीले व्यक्त गरेको छन् । जिल्लामा माघे सकरातीको अवसरमा आयोजित माघे मेला तथा महोत्सव भव्यताका साथ सम्पन्नको निम्ति व्यापक तयारी गरी रहेको आयोजकले बताएका छन् । साथै जिल्लामा आयोजित महोत्सवले रोल्पा जिल्ला र आफ्नो गाउँको विकासमा नेताहरुले सकत्मक भूमिका निर्वाह गरिदिनेमा आशा व्यक्त गरेका छन् ।

You may also like