सौर्य लिफिन्टिङको मर्मत नहुँदा १५ घरपरिवार हिउँदे बालीबाट बञ्चित

सौर्य लिफिन्टिङको मर्मत नहुँदा १५ घरपरिवार हिउँदे बालीबाट बञ्चित
मंसिर ५ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is j2-1-1024x768.jpg

रोल्पा, रोल्पा नगरपालिका–७ रम्जा गाउँमा जडान भएको सौर्य लिफिटिङ मर्मत नहुँदा १५ घरधुरीका परिवारहरु हिउँदे बाली गहुँ सहित अन्य बाली लगाउनबाट बञ्चित भएका छन् । लिफिटिङ मर्मत कार्य समयमा भएनन भने यस क्षेत्रका किसानहरुलाई खाद्यन्न समस्या पर्ने भएको छ ।
यस गाउँका कृषिकहरुले गत वर्ष लिफिटिङबाट सिंचाई गरी हिउँदे बाली उत्पादन गरेको सुनगाभा कृषक समूहकी अध्यक्ष रति बि.क.ले बताउनुभयो । केहि समय अगाडिसम्म पनि लिफिटिङले राम्ररी काम गरेको थियो । तर, हिउँदे बाली रोप्ने समयमा यो लिफिटिङले पनि काम गर्न छाडेपछि यस लिफिटिङबाट लाभान्वित १५ घरधुरी कृषकहरु हिउँदे बाली समयमा रोप्नबाट बञ्चित भएको जानकारी दिनुभयो । लिफिटिङ र्ममतका लागि विभिन्न निकायहरुमा समन्वय गर्दै आएपनि अहिलेसम्म लिफिटिङ मर्मत नभएको गुनासो उहाँले व्यक्त गर्नुभयो । समयमा लिफिटिङ मर्मतका लागि दक्ष जनशक्तिको खोजी कार्य निरन्तरता कृषक समूहले दिँदै आएको छ भने विद्युतीय मोटर करीव ९० हजारसम्म खरिद गर्न सकिने प्रविधिकहरुको सल्लाह अनुसार प्रधानमन्त्री मैक जोन कार्यक्रम जिल्ला कार्यालय रोल्पा, वडा कार्यालयहरुमा समेत निरन्तर पहल गर्दै आएको अध्यक्ष बि.क.ले बताउनुभयो । यो आयोजनाबाट प्रयाप्त सिंचाईको व्यवस्था हुँदा हिउँदे बाली गहुँ, तरकारी सहित अन्य हिउँदे बलीको खेती राम्रो हुँदा यस गाउँको दैनिक जीवनयापनमा सहज बनेको उहाँले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is j2-1-1024x768.jpg

यो लिफिटिङ सञ्चालका लागि सुरुवामा विद्युत नहुँदा सौर्य लिफिटिङ यस गाउँमा सञ्चालन गरिएको थियो । यो आयोजना करीव रु २२ लाखको लागनीमा सम्पन्न भएको थियो । आयोजना सम्पन्न पश्चात् लाभान्वित कृषकहरुमा हर्षित भएका थिए । तर, आयोजना सञ्चालन भएको केही समयमै लिफिटिङले काम गर्न छाडेपछि ति किसानहरु चिन्तित बनेको छन् । यस गाउँका कृषकहरुको खाद्यन्नको प्रमुख स्रोत भनेको नै मकै र गुहँ नै हो । तर, हिउँदे बाली गहँु समयमा नै रोप्न नपाउँदा खाद्यन्नको थप समस्या उत्पन्न हुने चिन्ता ति कृषकहरुमा बढेको छ । यस गाउँमा त लिफिटिङ योजना सञ्चालन भएपनि लिफिटिङले काम नगर्दा हिउँदे बाली रोप्नबाट बञ्चित भएका छन् । तर, यस जिल्लाको धेरै ठाउँमा सिंचाईको व्यवस्था नहँुदा आकाशे पानीको भरमा हिउँदे बाली रोप्न बाध्य छन् भने प्रयाप्त सिंचाईको व्यवस्था नहुँदा खेतबारी बाँझो राख्न धेरै कृषकहरु बाध्य छन् । कृषि प्रधान देशमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिए मात्र खाद्यन्नमा आत्म निर्भर बन्न वातावरण सिर्जना हुन सक्छ । त्यसैले यसतर्फ तीन तहको सरकारको ध्यान पुग्न आवश्यक छ ।

You may also like