पशु विज्ञानमा सुनछहरी गाउँपालिकाका ३५ जना विद्यार्थी भर्ना

पशु विज्ञानमा सुनछहरी गाउँपालिकाका ३५ जना विद्यार्थी भर्ना
जुनिश कुमार बिष्ट
मंसिर ५ गते (जेल्बाङ–रोल्पा)

This image has an empty alt attribute; its file name is वज्ञ.jpg


रोल्पा, सुनछहरी गाउँपालिका–७ जेल्बाङ स्थित रोल्बाङ माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी) द्वारा मान्यता प्राप्त विद्यालय तहको प्राविधिक शिक्षा अन्तर्गत पशु विज्ञानको पढाई आइतबारदेखि सञ्चालन हुँदै छ । ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई पशु विज्ञानको अध्ययनमा थप सहज बन्ने भएको छ ।

This image has an empty alt attribute; its file name is वङ.jpg

यस विषयको अध्ययनका लागि ४० जना विद्यार्थीको कोटा प्राप्त अनुसार पहिलो वर्ष अध्ययनमा प्यूठान जिल्लाबाट ३ जना, थबाङ गाउँपालिकाबाट २ जना र बाँकी ३५ जना विद्यार्थी सुनछहरी गाउँपालिकाबाट नै अध्ययनका लागि भर्ना भएको विद्यालयको प्रधानाध्यापक लोकनाथ पन्थीले बताउनुभयो । यस विद्यालयमा पशु विज्ञानको पढाई सञ्चालन नभएको यस गाउँपालिकाका धेरै विद्यार्थी अध्ययनका लागि गाउँपालिका बाहिर जानुपर्ने बाध्यता थियो । तर, पशु विज्ञानको पढाई सञ्चालन हुँदा यस गाउँपालिकाको विद्यार्थीहरु आफ्नै गाउँमा अध्ययनको वातावरण सिर्जना भएको उहाँको भनाइ छ । यस विषयको अध्ययनका लागि मुख्य प्रशिक्षक एक जना र सहायक प्रशिक्षक दुई जना गरि तीन जना प्रशिक्षकहरु छनोट भइसकेको उहाँले बताउनुभयो । प्राविधिक शिक्षा पढाईको लागि विद्यालय भवन निर्माधिन रहेकोले तत्कालको लागि पठनपाठन विद्यालय भवनमा पढाई सञ्चालन गर्न लागेको विद्यालयको प्रधानाध्यापक पन्थीले जानकारी दिनुभयो ।

त्यस्तै, पशु विज्ञानको अध्ययनका तयारीमा रहेकी जेलबाङ्की रामसरी पुनमगर अहिले आफ्नै गाउँमा प्राविधिक तहको पढाइ सुरु हुने भएपछि गाउँमै पढन लागेको बताउनुभयो । उहाँले आफ्नै गाउँमा प्राविधिक तहको सञ्चालनले विशेष गरी आर्थिक भार घटेको धारणा व्यक्त गर्नुभयो । विद्यार्थीहरुले प्राविधिक शिक्षा अध्ययनको लागि गाउँ बाहिर वा जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । अब गाउँमै प्राविधिक शिक्षाको पढाइ हुने भएपछि आफू अत्यन्तै खुसी भएको जेलबाङका समाजसेवी रामसुर पुनमगरले बताउनुभयो । गाउँपालिकामा पहिलो पटक प्राविधिक तहको पढाई सञ्चालन गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताउनुभयो । अबको योजाना प्राविधिक शिक्षा मार्फत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादनतिर जोड दिने उहाँको भनाइ छ ।

You may also like