राष्ट्रिय मिडिया सम्मेलनबाट नयाँ सन्देश दिनेछौंः गाउँपालिका आध्ययक्ष बालाराम बुढामगर

बालाराम बुढामगर

अध्यक्ष

रुन्टीगढी गाउँपालिका कार्यालय रोल्पा

रुन्टीगढी गाउँपालिका कार्यालय रोल्पाको आयोजनामा र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको सह–आयोजनामा २०७६ फागुन १ र २ गते होलेरी राष्ट्रिय मिडिया सम्मेलन सम्पन्न हुँदै छ । आयोजकले सम्मेलनमा राष्ट्रिय र स्थानीय मिडियाका प्रमुखहरुलाई आमन्त्रणा गरी सकेको छ । भने यतिबेला आयोजक सम्मेलनको तयारीमा जुटेको छ । गाउँपालिकामा उक्त सम्मेलन आयोजनाको उद्वेश्य, वजेट, उपलब्धि, तयारी, विकासमा सम्मेलनको प्रभाव, गाउँपालिकामा विकासको अवस्था सहितका अन्य सम्बन्धित विषयवस्तुमा गाउँपालिका अध्यक्ष बालाराम बुढामगरसँग रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
१. हजुरलाई पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
धन्यवाद ।
२. सम्मेलनको तयारीको विषयमा बताइदिनुहोस्, अध्यक्ष ज्यू ।
रुन्टीगढी गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत स्वीकृत कार्यक्रम ‘राष्ट्रिय मिडिया सम्मेलन’को समय नजिकिदै गर्दा यसको तयारी तीव्रका साथ भइरहेको छ । यस गाउँपालिका सम्मेलनको मूल आयोजक समितिको भूमिका निर्वाह गर्दै आएको छ । भने नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा सह आयोजकको जिम्मेवारी निर्वाह गरी रहेको छ । गाउँपालिकाका विभिन्न सरोकारवाला निकायहरुको सहभागितामा विभिन्न उप समितिहरु गठन भएका छन् । सोही अनुसार सम्मेलन तयारी सम्बन्धि विभिन्न उप समितिहरुले सक्रियका साथ यसको तयारीमा जुटेका अवस्था छ । । यस गाउँपालिमा सम्पन्न हुनु लागेको ‘राष्ट्रिय मिडिया सम्मेलन’ नितान्त नयाँ कार्यक्रम हो ।
३. कुन–कुन उद्वेश्य सहित यो सम्मेलन आयोजना हुँदै छ ?
यस गाउँपालिकाद्वारा आयोजित ‘राष्ट्रिय मिडिया सम्मेलन’ मा संघीय सरकार, प्रदेश सरकार, मिडियामा आवद्व पत्रकार, सहितका अन्य सरकारवाला निकायहरुको आतिथ्यताका लागि निमन्त्रणा भएको छ । “कृषि, पर्यटन र भौतिक पूर्वाधार” गाउँपालिकाबासीको समृद्ध हो भन्ने मूल नारा सहित यस गाउँपालिकाले पारित गरेको छ । स्वाभाविकै रुपमा यस गाउँपालिकामा महा प्रभुको जन्म ठाउँ रुन्टी र गढी लेकमा तपस्या गरेको ठाउँ, शिव पार्वती गुफा, २०५२ साल फगुन महिनाको १ गतेका दिन तत्कालनी ने.क.पा (माओवादी) होलेरीको प्रहरी चौकी आक्रम गरी सशस्त्र युद्व शुरुवात गरेको सोही स्थानमा शान्ति स्मारक, गाउँपालिकाको विकास समृद्धका लागि प्रचार प्रसारकाको लक्ष्य सहित यो सम्मेलन आयोजना गरिएको हो ।
४. सम्मेलनको समयवधिमा कुन–कुन कार्यक्रम तय भएका छन् ?
२०७६ साल फागुन महिनाको १ गते संघीय सरकार नेपाल उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री माननीय वर्षमान पुनको प्रमुख आतिथ्यतामा विभिन्न मिडियामा आवद्व पत्रकार, जनप्रनितिधि सहित अन्य विभिन्न सरोकारवाला निकायहरु आतिथ्यतामा १ गते सम्मेलनको उद्घाटन सहित कृषि, पर्यटन सम्बन्धि विभिन्न समूहमा अन्तरक्रिय गरी २ गते सम्मेलनको घोषणा पत्र जारी गर्दै समापनको तयारी गरेका छौं ।
५. गाउँपालिकाको विकास, समृद्धको निम्ति सम्मेलन आयोजना गर्दै हजुरको कार्यकाललाई कसरी निन्याल्नुभएको छ ?
आर्थिक वर्ष २०७६÷२०७७ को मध्यभागमा छौं । भने पाँच वर्षको कार्यकालको जिम्मेवारीको दृष्टिकोणले यति बेला मध्य भागमा आई पुगेका छौं । निर्वाचनको समयमा जनताका अगाडि प्रतिवद्वता गरेका प्रतिवद्वताहरु अहिले हामी कार्यन्वयनको चरणमा छौं । सोही अनुसार गत आर्थिक वर्ष २०७५÷२०७६ मा ‘रुन्टीगढी विकास सम्मेलन र राष्ट्रिय अक्षर’ महोत्सवमा देशभरिका विज्ञ र साहित्यकारहरुको सहभागितामा सम्पन्न ग¥यौं । ति ‘रुन्टीगढी विकास सम्मेलन’बाट १० बुदे घोषणा पत्र जारी समेत भएको थियो । ति बुदाहरु कार्यन्वयन भई सकेका छन् । भने केही बुदाहरु कार्यन्वयनको चरणमा छन् । ति महोत्सव आयोजना गर्नुको उद्वेश्य भनेको महा प्रभुको जन्म ठाउँ रुन्टी, उहाँले तपस्या गरेको ठाउँ गढी लेक, कृषि, पर्यटन, भौतिक पूर्वाधारलाई जोडेर यस गाउँपालिकाबासीको विकास समृद्धमा संघीय सरकार र प्रदेश सरकारको ध्यानका लागि आयोजना गरिएको थियो । सोही अनुसार संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बाहेक थप विशेष प्राथमिकता दिएर वजेटको व्यवस्था भएको छ । यस गाउँपालिकाबाट गाउँपालिकाबासीलाई सेवा प्रवाह, सुशासन, पार्दशितामा सफल भएको यस पत्रिका मार्फत जानकारी गराउन चाहन्छु ।
६. यस सम्मेलनले यस गाउँपालिकाबासीको विकास समृद्धमा कस्तो प्रभाव पार्छ ?
स्वाभाविक रुपमा ‘राष्ट्रिय मिडिया सम्मेलन’ले यस गाउँपालिका र गाउँपालिकाबासीहरुको विकास र समृद्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यस गाउँपालिकामा महा प्रभुको जन्म स्थान, उहाँले तपस्या गरेको गढी, शिव पार्वती गुफा, युद्व पर्यटन, कृषि सहित अन्य विभिन्न महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार प्रर्वद्वनमा टेवा पु¥याउँछ भन्ने कुरामा म विश्वष्ट छु । यस्ता राष्ट्रिय स्तरका विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरुको सहभागिताले हामीलाई यस गाउँपालिकाको विकास समृद्धका लागि दिइने सल्लाह सुझावले पनि यस गाउँपालिको विकास समृद्धको एक मार्ग निर्देशक बन्ने छ । हामीलाई एक प्रकारको सिकाई पनि छ । त्यसैले यस सम्मेलनले पनि यस गाउँपालिकाबासीहरुको विकास समृद्धमा सकरात्मक प्रभाव पर्दछ ।
७. यो सम्मेलनमा कति रकम खर्च हुँदै छ ?
यस गाउँपालिकाले आर्थिक वर्ष २०७६÷२०७७ को नीति तथा कार्यक्रममा ‘राष्ट्रिय मिडिया सम्मेलन’ का लागि रु ५ लाख विनियोजन भएको छ । सोही रकममा सम्मेलन सम्पन गर्ने गरी यस गाउँपालिकाले गरेको छ ।
८. गाउँपालिकामा विकास अवस्था कस्तो छ ?
यस गाउँपालिकाको भौतिक विकासको दृष्टिकोणबाट सबै वडाहरुमा सडक सञ्जाल पुगेको छ । ति सडकहरुलाई स्तर उन्नतीसँगै व्यवस्थित गर्नुपर्ने कार्य बाँकी छ । साथै शिक्षा, स्वास्थ्यका आधारभूत केन्द्रहरु पनि छन् । समग्रमा रुपमा गाउँपालिकाबासीहरुको आवश्यकहरु थुप्रै छन् । तर, गाउँपालिकाबासीहरुसँग जोडिएक आधार आवश्यकताहरु पूरा भएका छन् । आगामी दिनमा गाउँपालिकाबासीहरुको आवश्यकताहरुलाई प्राथमिकिकरण गर्दै अगाडि बढ्नेछ । त्यसैले गाउँपालिकाबाट सेवा प्रवाह, सुशासन, पार्दशिताका कुरामा गाउँपालिकाले सफलता प्राप्त गरेको छ । गाउँपालिकाले निर्वाह गर्ने जिम्मेवारीह सक्रिय रुपमा गर्दै आएको कुरा जानकारी गराउँछु ।
८. गाउँपालिकाको विकास समृद्धमा प्रतिपक्ष दल नेपाली काँग्रेस पार्टी सहित अन्य राजनीतिक दलहरुको सहयोगी अवस्था कस्तो छ ?
संघीय सरकार र प्रदेश सरकारमा नेपाली काँग्रेस पार्टी प्रतिपक्षको भूमिका रहे पनि यस गाउँपालिकाको सन्र्दभमा नेपाली काँग्रेस पार्टी पाटी स्थानीय सरकारमा सहभागि भई महत्वपूर्ण जिम्मेवारी भूमिका निर्वाह गरी अवस्था छ । स्थानीयतहको निर्वाचनको समयमा गाउँपालिकाबासीहरुको मत अनुसार नेपाली काँग्रेस पार्टीको उम्मेद्वाहरुले तीन वडामा विजय भएको, पूर्व नेकपा माओवादी केन्द्रको उम्मेदवारहरुले ४ वडामा विजय भएको, पूर्व ने.क.पा (एमाले) पार्टीको उम्मेद्वारहरुले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष अध्यक्ष सहित २ वडामा विजय भएको अवस्था हो । हामी निर्वाचनबाट निर्वाचित भई गाउँपालिकाको जिम्मेवारी भूमिका निर्वाह गर्दै गर्दा साझा बुझाई सहित अगाडि बढेका छौं । कार्यपालिकामा केही विषयवस्तु बाहेक अन्य सबै विषयवस्तुमा सर्वसम्मत पारित भएका छन् । गाउँपालिकाबासीहरुको विकास समृद्धको कुरामा यस गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलहरु एक्यावद्वता सहित अगाडि बढेका छौं ।
९. आगामी दिनमा कुन–कुन ऐजण्डाहरुलाई प्राथमिकता सहित अगाडि बढ्ने योजानमा हुनुहन्छ ?
गाउँपालिकाले आर्थिक वर्ष २०७६÷२०७७ मा नीति तथा कार्यक्रमभन्दा पहिले मैले अध्यक्षसँग अभिभावक कार्यक्रम सञ्चालन भएको थियो । सोही अनुसार होलेरीमा गाउँपालिकाको ५ नं. वडादेखि ९ नं. वडाका पूर्व पञ्चायतकालमा प्रधान पञ्च भएकादेखि लिएर बहुदल पश्चात् गाउँ विकास समिति अध्यक्षहरुसँग अन्तरक्रिया सम्पन्न भयो । भने गाउँपालिकाको गुर्नेटामा १ नं. वडादेखि ४ नं. वडाका सोही कार्यक्रम सम्पन्न भएको थियो । उहाँहरुको सल्लाह अनुसार ठूला गौरवका योजनाहरुको सन्र्दभमा गाउँपालिकाले नीति तथा कार्यक्रम स्वीकृति गरी सकेपनि यहाँका राजनीतिका दलहरु, सञ्चारमाध्यहरु सहितका गाउँपालिकाको विकास समद्धमा चिन्तन मनन गर्ने विभिन्न सरोरकारवाला व्यक्तिहरुसँग अन्तक्रिया तथा छलफल गरी सकेको छु । उहाँहरुको सल्लाह सुझाव अनुसार गाउँपालिकाबासीहरुको विकास समृद्धको लागि १२ बुदे घोषणा पत्र समेत जारी भएको छ । गाउँपालिकाबासीलाई सेवा प्रवाह, सुशासन र पार्दशिताको, विकास समृद्धमा उहाँहरुको सल्लाह सुझाव अनुसार नै गाउँपालिका अगाडि अगाडि बढेको छ । साथै गाउँपालिकाबासीहरुको आवश्यकताहरुलाई प्राथमिकिकरण गर्दै जनताको समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्ने कुरा म यस पत्रिका मार्फत जानकारी गराउँछु ।
१०. विकास समृद्धका कार्यहरु गाउँपालिकाले थुप्रै गर्दै गर्दा पनि आम जनमाससम्म किन पुग्न सकेको छैन ?
हो, यस गाउँपालिकाले गाउँपालिकाबासीहरुको विकास समृद्धको निम्ति नीति तथा कार्यक्रमहरु सहित अन्य उदाहरणीय कार्यहरु गर्दै आएको छ । ति कार्यहरु आम जनमाससम्म कुनै न कुनै माध्यमबाट त पुगेकै छ । तर, आम जनमाससम्म पुग्नु पर्ने हो, त्यो हुन सकेको वास्तविकता हो । आगामी दिनमा गाउँपालिकाले गरेको राम्रा, जनहितका कार्यहरुलाई जनतसम्म पु¥याउने प्रयत्न गाउँपालिकाले गर्नेछ ।
११. नीतिगत रुपमा गाउँपालिकामा कार्य सम्पादनमा कस्तो समस्या छन् ?
नेपामा पहिलो पटक संघीय संरचनाको अभ्यास भई रहँदा यहाँ ३ तहका सरकार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संविधान अनुसार आ–आफ्नो भूमिका निर्वाह गरी रहेको छन् । सोही अनुसार स्थानीय सरकारहरुले संविधानमा व्यवस्था भए अनुसारका अधिकारहरु प्रयोग गर्दै सक्रिय भूमिका निर्वाह गरी रहेका छौं । संघी सरकार र प्रदेश सरकारबाट केही कानुन बन्न बाँकी छन्, जसले स्थानीय सरकारहरुलाई कार्य सम्पादनमा केही जटिलता सिर्जना भएका छन् । तर, स्थानीयतहरुले स्थानीयततह सञ्चालन ऐन बमोजिम सक्रिय भूमिका निर्वाह गरी रहेका छौं ।
१२. गाउँपालिकामा बाल बिबाह सहित अन्य समाजिक विकृतिहरुको अवस्था कस्तो छ ?
हो, वास्वतमा बाल बिबाह सहित अन्य सामाजिक विकृति विसंगतिहरुबाट यस गाउँपालिका पनि अछुतो छैन । तर, यस गाउँपालिकाले बाल बिबाह सहित अन्य सामाजिक विकृति विसंगतिहरुको अन्त्यका लागि कार्य विधि निर्माण गरी अगाडि बढेको छ । भने बाल बिबाह सहित अन्य सामाजिक विकृति विसंगतिहरुको अन्त्यका लागि वडा कार्यालयहरुले पनि सक्रिय रुपमा अगाडि बढेको अवस्था छ । आगामी दिनमा पनि गाउँपालिकाले यस्ता सामाजिक विकृति विसंगतिहरुको अन्त्यका लागि विभिन्न सरोकारवाला निकायहरुसँग सहकार्य समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्व छ ।
१३. भ्रमण वर्ष स्न २०२० को शुरुवातसँगै यस गाउँपालिकामा पर्यटकहरुको आगमनको अवस्था कस्तो छ ?
हो, यस गाउँपालिका धार्मिक, युुद्व पर्यटन, प्राकृति सौन्दर्यताले भरिपूर्ण भएको गाउँपालिकमा पर्यटनको प्रचुर सम्भावना बोकेको गाउँपापिलका हो । यस गाउँपापिलकामा महा प्रभुको जन्म ठाउँ रुन्टी, उहाँले तपस्या गरेको ठाउँ गढी लेक, युद्व पर्यटन, कृषि, प्राकृतिक सौन्र्दयता भएको गाउँपालका हो । यस गाउँपालिका छिमेकी जिल्ला दाङ जिल्लासँग जोडिएको हुँदा दाङबाट होलेरीसम्म कालोपत्रे सडकको भएकोले यात्रामा सहजता छ । जसले पनि आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ सहजै आउन सक्ने वातवारण छ । होलेरी बजारमा विभिन्न होटेलहरु, बैंकिङ सुविधा, प्रत्येक वडाहरुसम्म पुग्न पनि सडक सञ्जालको त पहुँच जस्ता सेवा सुविधाहरुले पनि बाह्य तथा आन्तरिक पर्यटकहरु यस गाउँपालिकामा आउने क्रम विगतदेखि नै निरन्तरता छ । जसरी संघीय सरकारको नीति अनुसार देशैभरि भ्रणम वर्ष स्न २०२० को उल्लामै वातावरणमा उद्घाटन भएको छ । यस भ्रमण वर्षको शुरुवातले थप यस गाउँपालिकामा पर्यटक भित्र्यिाउनमा थप सहयोग पुग्ने अपेक्षा छ । हालसम्म यस गाउँपालिकामा कति जना बाह्य तथा आन्तरिक पर्यटकहरु भित्र्यिाएको तथ्याङ राखिएको अवस्था छैन । तर, अब यस गाउँपालिकामा कति बाह्य तथा आन्तरिक पर्यटक भित्रिएको विवरण संकलन कार्यलाई व्यवस्थित गाउँपालिकाले गर्दछ । यस भ्रमणको शुरुवात हुुनुभन्दा पहिलेदेखि यस गाउँपालिकामा रहेको धार्मिक, युद्व, प्राकृति सौन्र्दयताको प्रचार–प्रसार व्यापक रुपमा हुँदै आएको छ । साथै गाउँपालिकाले भ्रमण वर्षको शुरुवातसँगै धार्मिक, युद्व पर्यटन, प्राकृतिक सौन्र्दयता जस्ता पर्यटीयक क्षेत्रहरुको प्रचार–प्रसारलाई विशेष प्राथमिकतामा राखेको छ ।
१४. सम्मेलनको जनगुनासो पनि बढेको सन्र्दभमा यस गुनासोप्रति हजुरको धारणा के छ ?
नेपाली उखान अनुसार ‘जुन अग्लो रुख छ, त्यही हावाले हान्छ’ भने जस्तै काम गर्दै जादा त्यस कामको क्रिया प्रतिक्रिया आउनु स्वभाविककै हो । तर, गाउँपालिकाले गत आर्थिक वर्षमा ‘रुन्टीगढी विकास सम्मेलन र राष्ट्रिय अक्षर महोत्सव’ सम्पन्न पश्चात् हाम्रा शुभचिन्तकहरुको सल्लाह÷सुझाव र गुनासा आएका थिए । ति सल्लाह÷सुझाव र गुनासाहरुलाई आत्म साथ गर्दै यस आर्थिक वर्षमा आयोजित ‘राष्ट्रिय मिडिया सम्मेलन’को मूल आयोजक समिति गाउँपालिका रहेका छ । भने व्यवस्थापन अन्य सरोकारवाला निकायहरुले गर्दै हुनुहुन्छ । विगतमा महोत्वसको व्यवस्थापन पक्षमा केही गुनासा आएका थिए । तर, यो सम्मेलनमा त्यस्तो गुनासा आउँदैन । ति महोत्वस र आयोजित सम्मेलनले यस गाउँपालिकाबासीहरुको विकास समृद्धमा तत्काल र दीर्घकालीन रुपमा थप सहयोग पु¥याउने माध्यका हुन् । बुझाईको कमीले धेरै गुनासाहरु आउने कुरा स्वाभाविक नै हो । तर, ति विषयवस्तुमा स्पष्ट बनाए पक्कै पनि त्यस्ता खालका गुनासाहरु आउँदैन ।
१५. समृद्धको एक आधार कृषि भनि रहँदा कृषिकहरुले उत्पादन तरकारिलको बजारिकरणको अवस्था कस्तो छ ?
हो, हजुरले भने जस्तै यहाँ केही समस्या छन् । ति समस्या समाधानको निम्ति गाउँपालिकाले नजिकबाट नियालि रहेको छ । यस गाउँपालिकाको वडाहरुमा तरकारी संकलन केन्द्रहरु स्थापना भएका छन् । हाट बजार सञ्चालन पश्चात् कृषकबाट उत्पादित तरकारीकोे बजारिकरणको तयारी सहित हाट बजार सञ्चालन सम्बन्धि कार्य विधि पारित भएको छ ।
१६. सम्मेलनको भव्य तयारी भई रहेको अवस्थामा गाउँपालिकाका राजनीतिक दल, वुद्विजीवि, गाउँपालिकाबासीहरु सहितका अन्य सरोकारवाला निकायहरुलाई हजुरले के भन्नु हुन्छ ?
यस गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गरी ‘राष्ट्रिय मिडिया सम्मेलन’को गाउँपालिकाबाट स्वीकृत भई कार्यन्वयनको चरणमा रहेको बेला स्वाभाविकै रुपमा कृषि, पर्यटन, भौतिक पूर्वाधारबाट गाउँपालिकाबासीको विकास समृद्ध ल्याउन सकिन्छ भन्ने निस्कर्षमा गाउँपालिका पुगेको छ । यस गाउँपालिकाको आयोजनामा २०७६ साल फागुन महिनाको १ गते र २ गतेका दिनमा होलेरीमा आयोजित ‘राष्ट्रिय मिडिया सम्मेलन’बाट गाउँपालिकाबासीको विकास समृद्धका लागि नयाँ सन्देश प्रवाह गर्न सक्छौं । यस सम्मेलनले यस गाउँपालिकाबासीको विकास समृद्धमा थप सहयोग पुग्ने कुरामा विश्वष्ट छु । सोही अनुसार यस गाउँपालिकाका राजनीतिक दल, वुद्धिजीवि, गाउँपालिकाबासीहरु सहित अन्य विभिन्न सरोकारवाला निकायहरुलाई बुझिदिनका लागि म हार्दिक अनुरोध गर्दछु । साथै २०७७ साल वैशाख महिनामा कृषिमा आधारित ‘जडिवुटी तथा कृषि महोत्सव’ गाउँपालिकाले आयोजना गरेको जनाकारी गराउँछु ।
१७. गाउँपालिकाबासीको विकास समृद्धमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरी रहँदा कस्ता चुनौतीहरु भोग्नु परेको छ ?
हामी निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गरेको पनि आर्थिक वर्षको दृष्टिकोणले ३ आर्थिक वर्षमा प्रवेश गरेका छौं । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम तय गरी कार्यन्वयनको चरणमा रहँदा केही न केही समस्याहरु त छन् । २०५१ सालको मध्यवती निर्वाचन पश्चात् पूर्व ने.क.पा (एमाले) पार्टीको नेतृत्वमा बनको सरकारले आफ्नो गाउँ आफै बनाऔं कार्यक्रम तय ग¥यो । त्यो कार्यक्रम कार्यन्वयनका लागि साविकको प्रत्येक गाउँ विकास समितिमा रु ३ लाख रकम पठाउँदा हामीले उक्त रकमलाई पनि धेरै रकम आएको लाग्थ्यो । तर, अहिले प्रत्येक वडाको सबै वजेटलाई हेर्दा करीव ३ करोडको सेरोफेरोमा विनियोजन भएको छ । एउटा वडामा करोडौं वजेट विनियोजन भएपनि समयको आवश्यकता अनुसार कमी नै देखिन्छ । त्यसैले जनताहरुको समय परिस्थिति पनि बढ्दो क्रममा छन् । वजेट प्रयाप्त नहुँदा जनताको मागहरु समयमा सम्बोधनमा प्रभाव परेको छ । तर, एकात्मक राज्य प्रणालिभन्दा संघीय राज्य प्रणालिमा सेवा सुविधा र विकासको अनुभूति गरेको अवस्था छ । संघीय सरकार र प्रदेश सरकारबाट केही कानुनहरु निर्माण नुहँदा गाउँपालिकालाई केही जटिल्ताहरु त छन् । तर, ति विभिन्न समस्याको बीचबाट पनि गाउँपालिकाले स्थानीयतह सञ्चालन ऐनमा रही गाउँपालिकाबासीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
१८. अन्तमा केही कुरा छुटेका छन्, कि ?
अन्तमा यस पत्रिका मार्फत गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको सह–आयोजनामा आयोजित ‘राष्ट्रिय मिडिया सम्मेलन’को तयारी, उद्वे्श्य, सम्मेलनले गाउँपालिकाको विकास समृद्धमा पर्ने प्रभाव, गाउँपालिकामा विकासको अवस्था, समस्या सहितका अन्य विभिन्न विषयवस्तुमा आफ्नो धारणा पाठक वर्गसम्म पु¥याउने अवसर दिनुभएकोमा विशेष गरी हजुर र यस पत्रिकाको सम्पूर्ण टिमलाई गाउँपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु । यस गाउँपालिकाले आयोजना गरेको ‘राष्ट्रिय मिडिया सम्मेलन’ सहभागिता हुनुहुने सम्पूर्ण आमन्त्रित अतिथिहरुलाई स्वागतको निम्ति आटुर छ । म सम्पूर्ण आमन्त्रित अतिथिहरुलाई आतिथ्यताका लागि म हार्दिक अनुरोध गर्दछु । साथै सम्मेलन भव्य सभ्य रुपमा सम्पन्नका लागि यस गाउँपालिकाका राजनीतिक दल, वुद्धिजीवि, गाउँपालिकाबासीहरु सहित अन्य विभिन्न सरोकारवाला निकायहरुलाई आ–आफ्नो ठाउँबाट सहयोगीको लागि समेत अनुरोध गर्दछु ।

You may also like