लैंगिक हिंसा विरुद्धको अभियानको अवसरमा मा.वि. स्तरीय निबन्ध प्रतियोगिता

 

रोल्पा समाचारदाता

लिबाङ रोल्पा

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शुक्रबार लिबाङ रोल्पामा “समानताको पुस्ताः बलत्कार विरुद्ध ऐक्यवद्धता” भन्ने मूल नारा सहिति लैंगिक हिंसा र यसले बालबालिकामा परेको असर विषयक मा.वि.स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । बालबालिहरुलाई लैंगिक हिंसा र यसको असर विषयमा थप ज्ञान अभिवृद्धि भएको छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समिति रोल्पा नगरपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रमहरु तय गरेर अभियान मनाउने योजना अनुसार शुक्रबार लैंगिक हिंसा र यसले बालबालिकामा परेको असर विषयक निबन्ध प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो । रोल्पा नगरपापिलकाका ८ ओटा माध्यमिक विद्यालयकाम १६ जना विद्यार्थीहरुको निबन्ध प्रतियोगितामा सहभागि भएको महिला तथा बालबालिका कार्यालय शाखा प्रमुख प्रमिला घर्तीमगरले बताउनुभयो । घर्तीमगरका अनुसार प्रथम वागेश्वरी माध्यमिक विद्यालय रोल्पा नगरपालिका लिवन रोल्पाको छात्रा सक्सन बुढामगर, द्वितीय होलिभिजन आवसीय माध्यमिक विद्यालय रोल्पा नगरपालिका लिबाङ रोल्पाको छात्र अर्चित बाबु मर्सिफुल, तृतीय बाल उद्य माध्यमिक विद्यालय रोल्पा नगरपालिका माडीचौर रोल्पाको छात्रा अस्मिता घर्तीमगर, सानत्वना इन्द्रेश्वरी माध्यमिक विद्यालय रोल्पा नगरपालिका खेवासे रोल्पाको छात्रा सीता पुन विजय भएको शाखा प्रमुख घर्तीमगरले जानकारी दिनुभयो । प्रतियोगितामा विजय प्रतिस्पर्धाहरुलाई लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन २४ गते पुरस्कार प्रदान गर्ने उहाँले बताउनुभयो । रोल्पा नगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र पराजुली, प्रधानाध्यापक विना मल्ल र पत्रकार नविन लोचन मगर प्रतियोगिताको निर्णायक मण्डलमा रहनुभएको थियो । प्रतियोगिता रोल्पा रोल्पा नगरपालिका महिला तथा बालबालिका शाखा कार्यालयको अयोजना र सेभ द् चिल्डे«न र मानव अधिकार सेचतन केन्द्र (हुरेक) रोल्पाको सहयोगमा सम्पन्न भएको हो ।

You may also like