सुनिलस्मृति गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जेदबहादुर विष्टको निधन गाउँपालिका र रोल्पा समाचार साप्ताहिकको तर्फबाट शोक व्यक्त

रोल्पा समाचारदाता
कात्तिक २३ गते
लिबाङ, रोल्पा
सुनिलस्मृति गाउँपालिका वडा नं. ३ मिझिङका वडा अध्यक्ष जेदबहादुर विष्टका निधन भएको छ । शनिबार विहान करिव १ बजेदेखि २ बजेको बिचमा निधन भएको हो ।
वडा अध्यक्ष केही समय यता प्रेशरको औषधी सेवन गर्दै आइरहेको र सोही कारणले नै निधन भएको हुन सक्ने पारिवारिक श्रोतले बताएको छ । सुनिलस्मृति गाउँपाकिालका कार्यपालिकाको बैठक बसेर औपचारिक रुपमै शोक व्यक्त गरेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले बताउनुभयो । साथै विष्टको पार्थिब शरिरलाई जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको थियो । विष्टहरुको आर्य स्थान घाय थान नजिकै दाससँस्कार गरिएको र शुद्धकार्य ५ गते विहिबारका दिन हुने सुनिलस्मृति गाउँपालिका वडा नं. ४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ ।
रोल्पा समाचार साप्ताहिकका प्रकाशक एवं सम्पादक मानसिंह विश्वकर्माले वडा अध्यक्ष जेदबहादुर विष्ट रोल्पा समाचार साप्ताहिकको सहयोगीको रुपमा निरन्तर रहदैँ आएको र जहिले पनि सामाचारको भलो चहादै सहयोगी भूमिका निर्वाह गरेको स्मरण गर्दै विष्टको निधनले दुखित बनाएको प्रतिक्रिया दिदँै भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छः–“हाम्रो पत्रिको विगतदेखि नै सहयोगीको भूमिका निर्वाह गर्दै सल्लाह, सुझाव दिनु हुन्थ्यो, उहाँको निधनले पत्रिकार परिवार स्तब्ध भएको छ । उहाँको सहयोग सधै सम्झि रहनेछाँै, शोकको यस घडिमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।
आज दिनभरी सुनिलस्मृति गाउँपालिकाभरी राष्ट्रिय झण्डा बुझाउने सकारी कार्यालय , विद्यालय बन्द गरिने निर्णय समेत गरिएको महराले जानकारी दिनुभयो । यस भन्दा अगाडि थबाङ गाउँपालिका वडा नं.१ का फर्कबहादुर रोकामगरको निधन भएको छ । त्यसमा अब आगामी मंसिर १४ गते निर्वाचन हुँदैछ ।

You may also like