संविधान कार्यन्वयनमा नेपाली काँग्रेस प्रतिवद्घ छः वरिष्ठ नेता पौडेल

 

लिबाङ–रोल्पा

असोज ७ गते ,


संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संविधान कार्यन्वयमा नेपाली काँग्रेस पार्टी प्रतिवद्घ भएको वरिष्ठ नेता रामचन्द्र पौडेले बताउनुभयो । नेपाल प्रेस युनियन जिल्ला शाखा, रोल्पाले मंगल लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो–“संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको भावना मर्मको विरित कार्य वर्तमान सरकारले गर्दै आएको छ । संविधानको भावनाको विपरित कार्यहरु प्रति खबरारीको निम्ति पार्टीले देशभरि दोस्रो चरणको जनजागरण अभियान सञ्चालन गरेका हो ।” संविधानको रक्षाको जिम्मेवारी नेपाली काँग्रेस पार्टीको काँधमा आएको भन्दै पार्टीले अन्तिमसम्म नेतृत्वदायि भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । वर्तमान सरकारले दुई तिहाईको घमण्डमा संविधान र नेपाली जनताको भावना विपरित कार्य गर्दै आएको हुँदा त्यस्ता सरकारको गल्त कार्यको विरोधमा नेपाली जनता एक जुट बन्नुपर्ने वरिष्ठ नेता पौडले जोड दिनुभयो ।

पार्टीले प्रतिपक्षको भूमिकामा रहेपनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यन्वयमा वर्तमान सरकारलाई सहयोगी भूमिका निर्वाह गर्दछ तर संविधानको भावना मर्म विपरित कार्य प्रति पार्टीलाई मान्याय नुहुने वरिष्ठ नेता पौडेलले पत्रकार भेटघाट कार्यक्रममा उद्घोष गर्नुभयो । नेपालका कम्यूनिष्ट नाम मात्र भएकोले अब देशको विकास र समृद्धको जिम्मेवारी नेपाली काँग्रेस पार्टी पूरा गर्ने उहाँले बताउनुभयो । उहाँले संघीय लोकतान्त्रि मूल्य मान्यता अनुसार पार्टीलाई समाजवाद स्वीकार्य भएको बताउँदै संघीय लोकतान्त्रिक मूल्य मान्यता विपरित सामाजवाद पार्टीलाई स्वीकार्य नहुने विचार समेत व्यक्त गर्नुभयो । हत्या, हिंसा, अशान्तिले देश र जनताको हित ननर्गे भएकोले पार्टी शान्तिको पक्षमा रहेको समेत उहाँले बताउनुभयो । पार्टीको वरिष्ठ नेता पौडेले वर्तमान सरकारले संविधानको भावना र मर्म विपरित कार्य गर्दै गए नेपाली जनताले विकास र समृद्धको निम्ति नेपाली काँग्रेसको विकल्प खोजी गरिरहेको बताउनुभयो । कार्यक्रम नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष राजेश बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वर्तमान अध्यक्ष लोकन्द्र चन्दले गर्नुभएको थियो ।

You may also like