गिट्टी कुटेर क्वारेन्टाइन समयको सदुपयोग गर्दै

गिट्टी कुटेर क्वारेन्टाइन समयको सदुपयोग गर्दै
१६ वैशाख, लिबाङ–रोल्पा


बाल मन्दिर आधारभूत विद्यालय रोल्पा नगरपालिका–४ को क्वारेन्टाइनमा बसेको व्यक्तिहरुले दैनिक गिट्टी कुटेर समयको सदुपयोग गरेको छ । यसबाट तिनीहरुले केही आम्दानी समेत बढेको छ ।
‘जन्मभूमि छोडी आम्दानीको लागि घर परिवार सहित सिन्धुली, काठमाण्डौं, भक्तपुर सहित अन्य ठाउँमा मजदुरीमा निस्किा थियौं । तर, नोबेल कोरोना भाइरसको कारण इट्टा भट्टामा धेरै दुःख पाइयौं,’ रोल्पा नगरपालिका–९ ह्वामा रोल्पा निबासी मञ्जर बुढामगरले भने ‘पहिलो पटक इट्टा भट्टामा मेरो श्रीमति अनि छोरा छोरी लिएर गएको थिएँ । कोरोनाको कारण कमाई त भएन करीव एक महिना इट्टा भट्टामा दुःखका दिनहरु बितायौं । लक डाउनको समय थप हुँदा दैनिक दिनहरु कष्ठकर बन्दै जाँदा उद्वार भई आफ्नो ठाउँमा आउन पाउनु नै हाम्रोको खुसीको कुरा हो ।’ ‘कोरोना भाइरसबाट बच्नका मेरो परिवार सहित अन्य साथिहरु गरी १८ जना बाल मन्दिर आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका छौं । क्वारेन्टाइनको समयवधिमा इमान्दारपूर्व बसी घर फर्किछौं,’बुढाले भने ‘हामी क्वारेन्टाइनको समय सदुपयोग गर्दै दिनभरि नै विद्यालयको प्राङ्गणमा गिट्टी कुटेर बसेका छौं । तर, हामीलाई विद्यालयको घेरबारभन्दा बाहिर हिडेको भन्ने आरोप आएको प्रीत म दुःखी छु । हामीलाई के चिजको अभाव छ, र ? बस्न, खाना पकाउने मानिसको व्यवस्था वडा कार्यालयबाट भएको हुँदा हामी बाहिर किन हिड्ने ? हामी प्रति विश्वास छैन लाग्दैन भने सबै बाटो बन्दका लागि म सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’ गिट्टी कुट्दा हामीलाई समयको पनि सदुपयोगसँगै केही भएपनि आम्दानीको स्रोत भएको छ । तर, हालसम्म गिट्टी कहाँ कसरी विक्रि गर्ने कुरामा बुढाले अनविज्ञता प्रकट गरे ।
त्यसैगरी रोल्पा नगरपालिका–४ निबासी ७० वर्षिय पूर्भा थापा उपचारको क्रममा काठमाडौंमा पुगको केही दिनपछि लक डाउनमा पर्दा धेरै दुःख कष्टका दिनहरु बिताउनु परेको दुःखको अनुभवहरु व्यक्ति गरिन् । थापालाई लक डाउनको म्याप थप हुँदा जँदा घर फर्किन पाउँदैन कि ? भन्ने प्रश्नले धेरै सताएको थियो । तर, लक डाउनको समयमै जिल्ला बाहिर रहेकाहरुको समस्यालाई संघीय सरकार उजौ, जलस्रोत तथा सिंचाई मन्त्री मानीय वर्षमान पुन ‘अनन्त’ सहितका अन्य सरोकारवाला निकायहरुले बसमा उद्वार गरी हामीलाई आफ्नो गाउँसम्म पु¥याउनु यो संकटको समयमा ठूलो कुरा केही नभएको धारणा व्यक्ति गरिन् । घर परिवारलाई पनि म क्वारेन्टाइनमा बसेको थाहा भएको हुँदा अब क्वारेन्टाइनको समयवधि पूरा भएपछि घर जाने थापाले बताइन । थापा विरामी भएपनि क्वारेन्टाइनको समयको सदुपयोगको लागि सक्दो गिट्टी कुटिरहेकी छिन् । ‘विभिन्न कामको शिलसिलमा र मजदुरीको शिलसिलामा काठमाण्डौं, भक्तपुर, ललितपुर, धादिङ, सिन्धुली, पोखरा, मनाङ, मुस्ताङ, चितवन सहित विभिन्न ठाउँबाट पैदल यात्राबाट आफ्नो घरसम्म पुग्न बाध्य भएका थिए । हामी बसबाट आफ्नो ठाउँसम्म आइपुग्न मेरो लागि यो बाहेक अरु केही खुसीको कुरा रहेयो र ? थापाले बताइन् । हामीलाई वडा कार्यालयले खाना, बस्न र खाना पकाउने मानिसको व्यवस्था गरिदिएको छ । हामी दिनभरि नै पूरा खाली भएको हुँदा गिट्टी कुटेर समय बिताइ रहेका छौं,’ थापाले भनिन् ‘हामी इमान्दर पूर्वक क्वारेन्टाइनमा बसेका छौं ।’ क्वारेन्टाइनमा बसेका हामीले खाली बस्नुभन्दा पनि खाली समयमा गिट्टी कुटेर समय बिताइरहेको अन्य व्यक्तिहरुको बताएका छन् ।

आफ्नो पसिना बगाएर केही भएपनि आम्दानी गरौला भनेर इट्टा भट्टा हिडेको धेरै जनाका सपना अधुरै रह्यो । तर, हामी यो संकटको समयमा अर्काको ठाउँमा दुःखका दिनहरु बिताउनुभन्दा त क्वारेन्टाइनमा बस्दा खुसी लागेको अनुभुवहरु पनि प्रकट गरेका थिए । क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको निगरानीको वडा कार्यालयबाट भएको वडा सदस्य चित्रबहादुर सेनले बताउनुभयो । क्वारेन्टाइनमा बसेकाहरुलाई गिट्टी कुट्ने व्यवस्थाले समय बिताउन सहज भएको सेनको धारणा थियो ।

You may also like