सशस्त्र प्रहरीद्वारा गरिएको सेवाले रोल्पाली नागरिक खुशी


रोल्पा समाचारदाता
रोल्पा ५ मंसिर

This image has an empty alt attribute; its file name is p1-1024x473.jpg
स्वास्थ्य चेक जाँचपछि खुशी हुँदै प्रसाद परियार


कोरोना भाइरसको संक्रमणबारे सचेतना जगाउनका लागि सशस्त्र प्रहरी नेपाल आश्रित गुल्म रोल्पाले लिबाङमा स्वास्थ्य जाँचसँगै सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रमबाट सर्वसाधारण नागरिकहरुले आफूले सहज रुपमा सेवा पाउँदो निकै खुशी भएको विचार व्यक्त गरेका छन् ।


विगतमा सुरक्षाको जिम्मेवारी मात्रै निर्वाह गर्दै आएको सुरक्षा निकायले पछिल्लो चरणमा जनतासँगको प्रत्यक्ष रुपमा सरोकार राख्ने विषयमा पनि काम गर्दै आईरहेको छ । कोरोना भाइरस (कोभिड १९) ले विश्वको जनजीवन नै अस्तव्यस्त बनाएको बेलामा रोल्पा जिल्ला पनि अछुतो रहन सकेको छैन । कोरोना विरुद्धको सचेतना अभियान सञ्चालन गर्दै सशस्त्र प्रहरी नेपाल आश्रित गुल्म रोल्पाले पनि जनताको जीवन सुरक्षाको लागि सचेतना अभियान सञ्चालन गर्ने गरेको हो । रोल्पाको लिबाङ पिपल चौतारामा सुरक्षा स्वास्थ्यको टोलीले जनतालाई चेकजाँच गर्दै गर्दा सर्वसाधारणहरु पछिल्लो चरणमा सार्वजनिक स्थलमा चेकजाँच नभएको बेला सेवा पाउँदा आफूहरु खुशी भएको रोल्पा नगरपालिका ६ कोटगाउँका प्रसाद परियारले बताउनुभयो । उहाँले भन्नुभयोः–“रोल्पा नगरपालिकामा आफ्नो कामले आएको थिए त्यसैमा यो चेक जाँच राखिएको रहेछ मैले पनि चेक गरे । राम्रो भयो” खुशी मुद्रामा भन्नुभयो ।
यस्तै रोल्पा नगरपालिका वडा नं. ३ का पवित्रा पुनमगरले पनि आफूले चेक जाँच गर्न पाउँदा खुशी लागेको बताउनुभयो । आजकाल गाउँ गाउँमा कोरोनालाई सामान्य रुपमा लिइ सबेदनशिलता नभएको बताउनुभयो । उहाँले आगामी दिनमा अझै गाउँमा भयाबह हुने कुरामा समेत आफहरु सचेत रहनुपर्ने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is p-2-1024x473.jpg


स्वास्थ्य चेकजाँच एवं सचेतना कार्यक्रम जनताको जीवन रक्षाको लागि सञ्चालन गरिएको सशस्त्र प्रहरी नेपाल आश्रित गुल्मका प्रहरी नायव उपरिक्षक हाेमनाथ भट्टराइले बताउनुभयो । उहाँले सचेतना कार्यक्रम सशस्त्र प्रहरी नेपाल लुम्बिनी प्रदेश कार्यालयको नीति अनुसार कार्य गरिएको बताउनुभयो । उहाँले कोरोनाबारेमा स्वास्थ्य चेकजाँच, स्वास्थ्य परामर्श, माक्स वितरण, सेनिटाइजर लगायतको कार्यक्रम गरिएको प्रहरी नायव उपरीक्षक हाेमनाथ भट्टराइले बताउनुभयो । उहाँका अनुसार ३१७ जनालाई माक्स वितरण र स्वास्थ्य परामर्श दिइएको बताउनुभयो ।
यसरी विगतमा सुरक्षाको जिम्मेवारी मात्रै लिने प्रहरी सँस्थाले हाल जनचेतना अभिबृद्धी गर्ने कार्यक्रम कार्यमा लाग्नुले निकै जनता र प्रहरीबीचमा समन्धलाई प्रघात बनाएको छ । विगतमा पनि सुरक्षा निकायले जनतको जीवनको रक्षाका लागि खेलको भूमिका अतुलनीय छ । आगामी दिनमा अझै रोल्पा जिल्लामा पनि सचेतनाको कार्यक्रम गर्ने भएमा नागरिले सेवा पाउने थिए ।

You may also like