नेपाल पत्रकार महासंघका अध्यक्ष आचार्य रोल्पा आउने

रोल्पा समाचारदाता
कात्तिक ९ रोल्पा
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द आचार्य रोल्पामा आउनु हुने भएको छ । प्रेस कान्सिल नेपालका सदस्य एवं पत्रकार महासंघका निर्वतमान सचिब संगीता खड्का, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जि.एम. केन्द्रीय सदस्य बसन्त गिरी लगायतको १२ गते रोल्पामा आउने कार्यक्रम रहेको छ ।
प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको समन्वयमा आगामी २०७४ साल मंसिर १० गते सम्पन्न हुने ‘प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा सञ्चार माध्यम र सञ्चारकर्मीको भूमिका तथा स्थानीय सञ्चार माध्यमको समस्या र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका सदस्य एवं पत्रकार महासंघका निर्वतमान सचिब संगीता खड्का आउनु हुने भएको हो । सो काउन्सिलले देश नै निर्वाचनमय बन्दै गएकोले आम सञ्चार माध्यम र मिडिया क्षेत्रले पनि सकरात्मक भूमिका निर्वाह गर्नुपर्ने लक्ष्य राखेर देशमा मिडिया जागरण अभियान लिएर हिडेको छ । साथै मिडियाह?ले आचार संहिताभित्र रहेर जनतालाई सत्य सूचना प्रशारण गर्नका लागि समेत प्रशिक्षित गर्ने छ । सा टोलीले धादिङ, नवलपरासी, प्यूठान, लगायतको जिल्लामा कार्यक्रम गर्ने लक्ष्य रहेको प्रेस काउन्सिलका सदस्य संगिता खड्काले बताउनुभयो ।
सो टोली आउने कार्यक्रमको व्यवस्थान एवं सहभागीह?लाई पत्रचार गरि सकिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोलपाका अध्यक्ष मानसिंह बिकले जानकारी दिनुभयो । रोल्पा जिल्लाका सम्पुर्ण रेडियोका अध्यक्ष एवं स्टेशन म्यानेजर, सम्पूर्ण पत्रिकाका प्रकाशक एवं सम्पादक लगायत रोल्पा जिल्लाबाट केन्द्रबाट समाचार सम्प्रेशन गर्ने सम्पूर्ण पत्रकारह?लाई समेत जानकारी गरि सकेको बताउनुभयो । सबै पत्रकार र निर्वाचनसंग सम्बन्धित क्षेत्रह?का लाई खवर गरि सकेको समेत बताउनुभयो ।

You may also like