नेपाल मार्शल आर्ट्स हाप्किडो संघको केन्द्रीय महासचिवमा रोल्पाका सुवर्ण बि.सी मनोनित

नेपाल मार्शल आर्ट्स हाप्किडो संघको केन्द्रीय महासचिवमा रोल्पाका सुवर्ण बि.सी मनोनित
साउन १८ गते
लिबाङ–रोल्पा

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ केन्द्रीय महासचिवमा परिवर्तन गाउँपालिका–२ राङ्सी रोल्पा निबासी सुवर्ण बि.सि. ‘सम्भब’ मानोनित हुनुभएको छ ।
काठमाण्डौंमा हिजो (शनिबार) बसेको केन्द्रीय कार्य समितिको बैठकले केन्द्रीय महासचिव मा मनोनित गरेको केन्द्रिय अध्यक्ष काली बहदुर घर्तीमगरले जानकारी दिनुभयो । यस अघिका महासचिव पदबात बाहिरिपछि सुवर्ण बि.सी.लाई यस पदमा मनोनित गरिएको हो । उहाँलाई लामो समयदेखि संघको संस्थागत विकासमा कार्य क्षमताको आधारमा महासचिव पदमा केन्द्रीय कार्य समितिले मनोनित गरेको हो ।

You may also like