रोल्पाको गुरुङ गाउँमा आएका पाहुनालाई काफले स्वागत गर्दै गाउँबासी

लिबाङ रोल्पा
जेष्ठ १६ गते
रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको आयोजनामा ७ दिने व्यावसायिक योजना निर्माण तालिमको उद्घाटन रोल्पा नगरपालिका वडा नं. ४ को गुरुङ गाउँमा तालिम शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समिति र नेपाल सरकार उद्योग विकास कार्यक्रमको सहकार्यमा सञ्चालन गरिएको हो ।


कार्यत्रममा प्रमुख अतिथि दीपेन्द्र कुमार पुनमगरले गणतन्त्र नेपाल निर्माणमा महान शहीदको योगदान बताउँदै त्यही योगदानले स्वतन्त्रता पूर्वक काम गरिरहेकोले शहीको शहीदका सपना पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले ठीक एक सय वर्ष अगाडि हामी स्वतन्त्रता नभए र हाल स्वतन्त्रता बनेको परिवर्तनमा हामी सबैको योगदान रहेको बताउनुभयो ।

उहाँले तालिमको बारेमा व्यावसायीक योजना अनुसार नै सञ्चालन गरेपछि मात्रै सफल हुने बताउँदै सफल व्यावसायी बनेमा मात्रै देश सम्बृद्ध हुने बताउनुभयो ।
उहाँले व्यावसायी सञ्चालन योजना निर्माण गरी आवश्यक भौतिक संरचना, पुजी, व्यावयासी सञ्चालन गरेपछि आफू पनि आत्मनिर्भर बन्ने बताउँदै व्यक्ति समृद्ध भएमा देश आफै समृद्ध हुने बताउनुभयो ।
कार्यक्रमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले समृद्धि रोल्पाको विकासका लागि योजना निर्माण गरी अगाडि बढ्ुनपर्ने बताउनुभयो । यसैगरी कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ रोल्पाका केन्द्रीय सदस्य किशोर कुमार आचार्यले यो कार्यक्रम नेपालका १५ वटा जिल्लामा सञ्चालन भएको जानकारी गराउँदै रोल्पा जिल्लामा पनि त्यसमा छनौट परेकोले सबैले ध्यान पूर्वक तालिममा सहभागि बन्नका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा गुरुङ गाउँ होमस्टेका अध्यक्ष हरीजङ गुरुङले रोल्पा जिल्लाको नमूना गुरुङ गाउँ निर्माणमा सबैले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै गुरुङ गाउँले स्वागत स्वरुप विभिन्न कार्य गरेको स्वागत सत्कार ग्रहण गरि दिनका लागि अनुरोध समेत गर्नुभयो । गुरुङ गाउँबासीले काफलले स्वागत गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खटकबहादु खत्री, कोष तथा लेखा नियन्त्रक कार्यालय रोल्पाका प्रमुख कोेष नियन्त्रक मातृका भट्टराई, सशस्त्र प्रहरी गुल्म रोल्पाका प्रमुख शुशिल सुवेदी, समाजसेवी एवं राजनीतिज्ञ कृष्णबहादुर घर्तीमगर, हरीप्रसाद घर्तीमगर, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाका प्रमुख कुलचन्द्र नेपाल, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, लेखापढी कानून व्यवसायी एसोसिएसन रोल्पाका श्रीकुमारी रोका मगर लगायतको आथ्यिता रहेको थियो ।
काक्रम रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष विश्वकुमार चन्दको अध्यतामा भएको कार्यक्रममा सञ्चालन महासचिव मिलन रोकामगरले गर्नुभएको थियो । धन्यवाद रोल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष केशव कुमार आचार्यले गर्नुभएको थियो ।

You may also like