सुलिचौर–थबाङ सडक खण्डक कालोपत्रेको सिलान्यास

सुलिचौर–थबाङ सडक खण्डक कालोपत्रेको सिलान्यास
चन्द्र रोकामगर
सुलिचौर, पुष १५ गते ।


This image has an empty alt attribute; its file name is s2-1.jpg

रोल्पा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल र ओली निकटका मन्त्रीहरुले आज सुलिचौर–थबाङ सडक खण्डको सिलान्यास गर्नुभएको छ । सडक कालोपत्रेपछि स्थानीयबासीहरुलाई यात्रामा सहज बन्ने भएको छ ।

This image has an empty alt attribute; its file name is s1-2.jpg

यस कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश मुख्य मन्त्री शङ्कर पोख्रोलले समपूरक अनुदानका रुपमा यो आयोजना अगाडि बढाइएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । यसै क्षेत्रका लागि रु ६ करोड लागतमा अर्को आयोजनाको समेत आयोजना तयार भैरहेको जानकारी गराउनुभयो । यस सडक खण्डअन्तर्गत पुल निर्माण ,पहिरो नियन्त्रण तथा सडक सुरक्षाजस्ता आयोजना पनि समावेश गरिएको बताउनुभयो । राज्य व्यवस्था परिवर्तनको क्रान्ति यस जिल्लाबाट नै सुरुवात भएकोले पनि आगामी दिनमा यस जिल्लालाई विकासको दृष्टिकोणले नमूना जिल्ला बनाउने उहाँले उद्घोष गर्नुभयो । सुलिचौर बजारदेखि पोबाङ हुँदै थबाङसम्मको सडक सडक विगतदेखि नै व्यवस्थित नहुँदा स्थानीयबासीहरुले यात्रामा धेरै कठिन भोग्नु पर्ने बाध्यता थियो अब कालोपत्रे पश्चात् यात्रामा सहज बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
साथै विशिष्ट अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सी.ले विकासको पहिलो आधार सडक भएकोले प्रदेश सरकारले सडकलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । यस जिल्लामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुको वजेटबाट सडक विस्तार कार्य पूरा भएकोले ति सडकहरुलाई सडकको स्तर उन्नतिबाट स्थानीय उत्पादितलाई निर्यातमा सहज बन्ने विश्वास व्यक्त गर्नुभयो । थबाङ–सुलिचौरसम्मको सडक कालोपत्रे पश्चात् नियमित यातायात सञ्चालनले आन्तरिक तथा बाह्य व्यापारमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै अर्का विशिष्ट अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले सडकको कालोपत्रेमा वजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले स्थानीयलाई विकास निर्माणको काममा अवरोध नगरी सहयोग गर्न आग्रह गर्नुभयो । साथै रोल्पाको पूर्वी क्षेत्रमात्र नभई पश्चिमको शहीद मार्गलाई पनि स्तरोउन्नति गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ । प्रदेशसबासीहरुलाई सडकको पहुँच पु¥याउन विशेष ध्यान दिएर प्रदेश सरकार अगाडि बढेको उहाँले बताउनुभयो । भौगोलिक दृष्टिकोणले पनि विविधता कायम भएको लुम्बिनी प्रदेशको सबै जिल्लालाई सडक पु¥याई प्रदेशबासीहरुलाई आन्तरिक तथा बाह्य व्यापारीमा पहुँच पु¥याउने मन्त्री चौधरीले उद्घोष गर्नुभयो । प्रदेशबासीहरु आयात प्रणालीलमा निर्भरताले उत्पादन र अर्थतन्त्रमा प्रभाव परेको हुँदा अब उत्पादन र अर्थतन्त्रमा पहुँचको निम्ति निर्यातलाई पनि विशेष जोड दिनुपर्ने उहाँको धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी यस कार्यक्रममा अतिथिहरु लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का, रुन्टिगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा, सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर, केपि ओली निकटको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दसय कुमार दसौदीको आतिथ्यता थियो । प्यूठान, सल्यान, रुकुम र रोल्पालाई जोड्ने उक्त सडक खण्ड कालोपत्रे गर्न थालिएपछि स्थानीय पनि उत्साहित भएका छन् । २०७९ जेठ २६ मा निर्माण समपन्न हुने गरी १५.५३ किलोमिटर सडकको कालोपत्रे कार्य सुरुवात भएको छ । रु ३४ करोडको लागत अनुमान अनुमानित योजना कन्काई बिल्डर्सले रु २१ करोड ६३ लाखको लागतमा कालोपत्रे गर्ने गरी सम्झौता गरेको छ । सुनछहरी गाउँपालिका अध्यक्ष आस बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरु, स्थानीबासीहरु उपस्थिति थियो ।

You may also like