रोल्पामा बाम गठबन्धनको चुनावी कमाण्डर गोकुल घर्तीमगर

असोज ९ गते
आगामी मंसिर १० गते सम्पन्न हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि रोल्पामा बाम गठबन्धनको उमेद्वारलाई विजयी गराउनको लागि नेकपा एमालेका पोलिट व्यूरो सदस्य गोकुल घर्तीमगर चुनावी कमाण्डर भएका छन् ।
रोल्पामा संयुक्त उमेदवार मनोनयन–पत्र दर्ता गरेपछि भएको आमसभा पश्चात विधिवत रुपमा चुनाव परिचालनका लागि बैठक बसेर चुनाव परिचालन समितिको कमाण्डर नेकपा एमालेका पोलिट व्युरो सदस्य गोकुल प्रसाद घर्तीमगरलाई चयन गरेको हो । नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य एव प्रतिनिधी सभा सदस्यका उमेद्वार वर्षमान पुनमगर ‘अनन्त’ को प्रमुख अतिथ्यतामा बैठक बसेर कमाण्डर छनौट गरेको ने.क.पा.(माओवादी केन्द्र) रोल्पा जिल्ला इन्चार्ज एवं प्रदेश सभा सदस्यपदका उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले बताउनुभयो ।
बैठक बसेर बाम गठबन्धनको संयुक्त घोषणा–पत्र तयारी गर्नका लागि गोकुल प्रसाद घर्तीमगरको संयोकत्वमा नेकपा एमालेका अध्यक्ष हरीप्रसाद घर्तीमगर, नेकपा –माओवादी केन्द्र) रोल्पाका संयोजक सुरेन्द्र थापा घर्तीमगर, माओवादी केन्द्रका नेताहरु राजबहादुर बुढामगर, तुलाराम खड्का, सिता आचार्य, नेकपा एमालेका नेताहरु शान्तकुमार वली, पर्सुराम घर्तीमगर, प्रेम घर्तीमगरलाई सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।
साथै चुनावी प्रचार–प्रचार समितिको परिचलान समितिको प्रमुखमा पनि गोकुल घर्तीलाई नै चयन गरेको संयुक्त बाम गठबन्धनले बताएको छ । साथै चुनावी कार्यक्रम पनि रोल्पा जिल्लाको सबै स्थानमा गर्ने जनाएको छ । समितिले प्रतिनिधी सभा सदस्यका उमेद्वारका वर्षमान पुनमगर र निर्वाचन क्षेत्र नं.१ का उमेदवार कुलप्रसाद केसी ‘सोनाम’ र २ का उमेदवार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’लाई विजयी गराउनको लागि व्यापक तयारी गर्ने निर्णय समेत गरेको छ ।

You may also like