सिंहदरबारको अधिकार मिडियालाई गाउँ–गाउँ आएनः अध्यक्ष आचार्य

रेशम बि.क.
लिबाङ रोल्पा
देशमा संघीय संरचनामा सिहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको बेला आम मिडियाहरुहको अधिकारहरु सिंहदबारमा नै सीमित भएकोले मिडियाको सबै कार्य तथा अधिकारहरु पनि गाउँ–गाउँसम्म नै पु¥याउनु पर्ने नेपाल पत्रकार महासंघको आधिकारिक धारणा भएको नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले व्यक्त गर्नुभयो । उहाँले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको सयोजनमा प्रेस काउन्सिल नेपालको आयोजनामा आईतबार लिबाङमा आयोजित पत्रकारिता आचार संहिता जागरण अभियान अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभयो ।
अन्तरिक्रिाय कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले भन्नु भयो–‘पत्रकारिता आचार संहिता नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको संयुक्त जारी आचार संहितालाई पालना गर्नुपर्ने आम पत्रकार र सञ्चारमाध्यमहरुको दायित्व हो ।’ उहाँले नेपाल पत्रकारिताको सन्दर्भमा गुणात्मक पत्रकार उत्पादन गर्नुभन्दा पनि संङ्ख्यात्मक पत्रकार उत्पादनको विकास भएको अब मिडि हाउसले गुणात्मक पत्रकार उत्पादन गर्न विभिन्न किसिमका तालिमहरुको आयोजना गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । नेपाल पत्रकार महासंघले देशव्यापी रुपमा नै पनि गुणात्मक पत्रकार उत्पादन गर्न प्रशिक्षण उप समिति निर्माण गरी अभियान सञ्चालन गर्ने तयारीमा रहेको अध्यक्ष आचार्यले कार्यक्रममा बताउनुभयो । नेपाल पत्रकार महासंघले देशभरिमा सञ्चालमा आएका भिडियाहरुले के–केस्ता समाचारहरु प्रसारण तथा प्रकाशन गरी रहेका छन् भनि अनुगमनलाई प्रभावकारीमा अगाडी बढाउने योजनामा रहेको समेत उहाँले बताउनुभयो । व्यक्तिको लगानीमा सञ्चारमाध्यमहरु सञ्चालन भएपनि ति सञ्चारमाध्यमहरु व्यक्तिको नभई सामाजिक उत्तरदायित्वमा सञ्चालन भएको उहाँले बताउनुभयो । राष्ट्र र जनताको हित हुन्छ भने कुनै व्यक्ति अहित भएपनि त्यस्ता समाचारहरु प्रसारण तथा प्रकाशन गर्नुपर्ने दायित्व आम सञ्चारमाध्यमहरुको भएको अध्यक्षले विचार व्यक्त गर्नुभयो । राज्यको तीन अङ्गहरुको निगरानी र मूल्याङ्कन गर्ने निकाय नेपाल पत्रकार महासंघ भएकाले पनि जनताले संस्थाले संस्था प्रति धेरै अपेक्षालाई आम पत्रकारहरुले पूरा गर्नुपर्नु पर्ने दायित्व रहेको अध्यक्ष आचार्यले बताउनुभयो । नेपालको संविधान कार्यान्वयको क्रममा प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण वातावरण, निश्पेक्ष, स्वतन्त्रपूर्वक सम्पन्न गर्न आम सञ्चारमाध्यम र आम पत्रकारहरुको भूमिका अपरिहार्यता रहेको हुनाले त्यही अनुरुपको भूमिका निर्वाह गर्न आम सञ्चारमाध्य र पत्रकारहरुलाई कार्यक्रममा उहाँले विशेष अनुरोध गर्नुभयो । सरकारी तथा गैर सकारी संघ संस्थाहरुको समन्वय तथा साझेदारीमा नागरिकको अधिकार सुनिश्चित गर्ने नेपाल पत्रकार महासंघ निरन्तर पहलकर्ता भएको बताउनुभयो ।
प्रमुख अतिथि आचार्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्षको कार्य कक्षा समेत उद्घाटन गर्नुभयो । निर्माधिन अवस्थामा रहेको जिल्ला शाखा रोल्पाको भवन सम्पन्न गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले निरन्तर सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
त्यसै गरी कार्यक्रममा विशेष अतिथि एवम् प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख आशबहादुर बुढामगर, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य तथा ५ नं प्रदेश संयोजक वसन्त गिरी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थाक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेमबहादुर बुढामगर, नेपाली काँग्रेस रोल्पाका प्रतिनिधी किशोर आचार्य, नेकपा (एमाले) रोल्पा जिल्ला सचिवालय सदस्य नेपबहादुर वली, नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य सीता आचार्य, जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी लिलु गिरी, वकरापका ५ नं प्रदेश सदस्य तथा रिपोर्टस क्लव जिल्ला शाखा रोल्पाका अध्यक्ष सन्तोष शर्मा, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका उपाध्यक्ष विश्वकुमार चन्द, विभिन्न राजनीतिक दल निकटका पत्रकार संघ संस्थाको तर्फबाट प्रेस युनियन जिल्ला शाखा रोल्पाका अध्यक्ष कविता उपाध्यय, गरै सरकारी संस्था महासंघ रोल्पाका कार्य वाहक अध्यक्ष अर्जुन डी.सी, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सभापति नौलसिंह पुनमगर, वार एशोसियशन रोल्पाका अध्यक्ष टेकमप्रसाद घर्तीमगर, संयुक्त दलित जनअधिकार मञ्च रोल्पाका संयोजक कर्मलाल परियार, सामुदायिक रेडियो माडी आवाज सञ्चालक समितिका अध्यक्ष भरतबहादुर बुढामगर, समुदायिक रेडियो रोल्पाका स्टेशनम्यानेजर घनश्याम आचार्य, सनस्टार साप्ताहिक पत्रिकाका सम्पादक नविन लोचन मगर लगायतका अतिथिहरुले मनतव्य राख्नुभयो । अन्तरक्रिया कार्यक्रमको सहजिकरण प्रेस काउन्सिल नेपालका सदस्य तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सङ्गीता खड्काले गर्नुभएको थियो । कार्यक्रमा नेपाल पत्रकार महासंघको केन्द्रीय अधिवेशनबाट केन्दूीय अध्यक्षमा निर्वाचित हुनुभएका अध्यक्ष गोविन्द आचार्य र केन्द्रीय सदस्य वसन्त गिरीलाई दोसल्ला ओढाई सम्मान पत्रले महासंघ जिल्ला रोल्पाले सम्मान गरेको थियो ।
अन्तरक्रिया कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, गैर सकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, जिल्लामा सञ्चालित विभिन्न सञ्चारमाध्यममा कार्यरहत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा अध्यक्ष मानसिंह बि.क.को अध्यक्षतामा सञ्चालनभएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन सचिव जीवन डाँगीले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष दियस डाँगीले गर्नुभयो ।

You may also like