रा.प्र.पा. र नेपाली काँग्रेस पार्टीका २५ जना कार्यकर्ताले पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश
चन्द्र रोकामगर
कार्तिक १९ गते (सुलिचौर) रोल्पा

रोल्पाको सुनिल स्मृति गाउँपालिकामा रा.प्र.पा. र नेपाली काँग्रेस पार्टीका २५ जना सक्रिय कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आज पार्टी प्रवेश वाग्मा÷धनचौरमा सम्पन्न भएको छ । यस जिल्लामा विभिन्न पार्टीका सक्रिय कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पार्टी प्रवेशको लहर बढेको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटी सदस्य, पार्टीकाे प्रदेश सभाको ‘क’ क्षेत्रको पार्टी इञ्चार्ज सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, पार्टीको गाउँपालिका कमिटी अध्यक्ष मणिराम बुढाथोकीले राप्रपा र नेपाली काँग्रेस पार्टीका २५ जना सक्रिय कार्यकर्ताहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको थियो ।

रा.प्र.पा.बाट सुर्य बहादुर रोका मगरको नेतृत्वमा १५ सक्रिय कार्यकर्ता र नेपाली काँग्रेसबाट बिन्दु रोका क्षेत्रीको नेतृत्वमा १० जना सक्रिय कार्यकर्ताहरुले पार्टी परित्याग गरी पार्टी गर्नुभएको छ । २०४७÷२०४८ सालदेखि रा.प्र.पा.मा सक्रिय कार्यकर्ताहरु सुर्य बहादुर रोका मगर, चोक बहादुर रोका मगर, लाल बहादुर रोका मगर, चक्र बहादुर रोका मगर, ताइलाल रोका मगर, हुमे रोका मगर, घनश्याम रोका, दिल बहादुर बुढाथोकी, कृष्ण बहादुर बुढाथोकी, केम बहादुर बुढाथोकी, तेज बहादुर वली, मन बहादुर बुढाथोकी, गोविन्द रोका, युवराज रोका मगर, टोप बहादुर रोका मगरले पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको हो ।
त्यसैगरी नेपाली काँग्रेस पार्टीको सक्रिय कार्यकर्ता बिन्दु रोका क्षेत्री, थाने पाण्डे, रण बहादुर रोका, भोपाल रोका, पुस्कर रोका, रोषनी रोका, जुना रोका, दिला महरा, जित बहादुर रोका र खिम बहादुर रोकाले पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पार्टी प्रवेश गर्नुभएको छ । पार्टी परित्याग गरी दर्जनौ व्यक्तिहरु नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नु भएकोमा नव आगन्तुक पार्टी प्रवेशहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनिल स्मृति गाउँपालिका कमिटी अध्यक्ष मणिराम बुढाथोकीले स्वागत गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ता सहित शुभेच्छुकहरुको सहभागिता थियो । गाउँपालिका कमिटी सदस्य ओविलाल बस्नेतको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रमको सञ्चालन ४ नं. वडा कमिटी सचिव मेघ बहादुर बुढाथोकीले गर्नुभएको थियो ।